• १७ मङ्सिर २०८२, बुधबार

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

blog

काठमाडौँ, मङ्सिर १७ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५० पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ५७ पैसा र बिक्रीदर १६७ रुपियाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपियाँ ४३ पैसा र बिक्रीदर १९० रुपियाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ ३३ पैसा र बिक्रीदर १७९ रुपियाँ ०७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ९६ पैसा र बिक्रीदर ९४ रुपियाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ ४२ पैसा र बिक्रीदर १०२ रुपियाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ५६ पैसा र बिक्रीदर १११ रुपियाँ ०२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ३० पैसा र बिक्रीदर २० रुपियाँ ३८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २३ पैसा र बिक्रीदर ३८ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३९ रुपियाँ ५४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४८ पैसा र बिक्रीदर चार रुपियाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ०७ पैसा र बिक्रीदर ३९ रुपियाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ७२ पैसा र बिक्रीदर ३४ रुपियाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७७ पैसा र बिक्रीदर नौ रुपियाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ १७ पैसा र बिक्रीदर १५ रुपियाँ २३ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३० पैसा र बिक्रीदर २२ रुपियाँ ४० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४३ पैसा र बिक्रीदर १८ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपियाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपियाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपियाँ २८  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस