शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बुटवल, मङ्सिर १७ गते । साहित्यकार तथा वरिष्ठ समालोचक डा. नारायणप्रसाद पन्थ नवजागृति पुस्तकालय बुटवलद्वारा स्थापित कविरत्न माधवप्रसाद देवकोटा पुरस्कार–२०८२ बाट सम्मानित हुनुभएको छ । समालोचना तथा लुम्बिनी प्रदेशको नाट्य विधाको अन्वेषणमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गरी उहाँलाई यो पुरस्कार प्रदान गरिएको पुस्तकालयले जनाएको छ ।
उहाँलाई विश्व हिन्दु महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष बेनप्रसाद पौडेल क्षेत्री, मूल्याङ्कन समितिका संयोजक प्राडा हिरण्यलाल ज्ञवाली तथा पुस्तकालयका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले सम्मान तथा पुरस्कृत गर्नुभयो । स्व. माधवप्रसाद देवकोटाको १२३ औँ जन्मजयन्तीका अवसरमा सम्मानपत्र, दोसल्ला तथा नगदसहित उहाँलाई सम्मान गरिएको हो ।