रौतहटमा हजार दरका नेपाली रुपियाँका नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
१३९ मतदान स्थल रहेको डडेल्धुरामा नयाँ चार वटा मतदान स्थल थप्न सिफारिस गरिएको छ ।
सार्वजनिक सेवामा जनताको पहुँच वृद्धिका लागि रामपुर नगरपालिकाले पालिकाको सेवा वडामा पुगेर प्रवाह गरेको छ । ग्रामीण क्षेत्रका जनताको सहजताका लागि घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको हो ।
चोटका कारण सावित्रा भण्डारी (साम्बा)बिना खेलेको नेपालले इन्डोनेसियामा सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दोस्रो हार खेपेको छ ।
जिल्लामा लगाइएको केरा खेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) को सङ्क्रमण देखिएको हो ।
सप्तरीको राजविराजमा एआईको प्रयोगसम्बन्धी एक दिने तालिमको सुरुवात भएको छ ।
बिरुवा गाउँपालिकाले आयोजना गरेको सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुरुङचौकी माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने आलडाँडा पदयात्राका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । करबाकेली इको ट्रेकमा पर्ने आलडाँडा हुँदै घोडेपानी र पुनहिल पुग्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय वृद्धि हुन थालेको छ ।
पछिल्लो समय धनकुटामा पनि गोरु नारेर दाइँ गर्ने प्रचलन हराउँदै गएको छ । कृषिमा प्रविधि भित्रिएसँगै गोरु पाल्ने परम्परा हराउँदै जाँदा दाइँ हाल्ने परम्परा पनि हराउँदै जान थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।
धान्यपूर्णिमा मेलाको अवसरमा सल्यानको कालीमाटी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा दुई वटा मतदानस्थल थपिएका छन् ।
लोकप्रिय मनास्लु पदयात्रा मार्गअन्तर्गत मनाङतर्फ पर्ने लार्के फेदीदेखि लार्के पाससम्मको पर्यटकीय पदमार्ग मर्मत कार्य सम्पन्न भएको छ ।
सप्तरीको राजविराजमा बुधबारदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ । साहित्यिक संस्था साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर १५ दिने पुस्तक प्रदर्शनीको सुरुवात गरेको हो ।
बडीमालिका नगरपालिका आफ्नो ११औं स्थापना दिवस भव्य रूपमा मनाउँदै विभिन्न क्षेत्रका २२ जना व्यक्तित्वलाई सम्मानित गरेको छ ।