युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ ।
बर्दियाको बाँसगढी नगरपालिकामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गरिब तथा विपन्न वर्गका नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
रुसको मुद्रास्फीति दर यस वर्षको अन्त्यसम्म करिब ६ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । उक्त दर सरकार र केन्द्रीय बैङ्कले गरेको पूर्वानुमानभन्दा कम रहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताउनुभएको छ ।
अफ्रिकाको हवाई यात्रु आवागमन सन् २०४४ सम्म प्रति वर्ष औसत ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई ३४ ओैं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुधबार राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ ।
बाँकेमा चिसो बढ्दै जाँदा मौसमी फ्लु हुने बढ्दै गएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका –१० चुहामा सामुदायिक अस्पताल निर्माणको कार्य अलपत्र परेको छ । निर्माण कम्पनीका ठेकेदारले काम रोकेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो ।
बागलुङको बडिगाड गाउँपालिका –२ खर्बाङस्थित त्रिभुवन माध्यमिक विद्यालयले मंसिर २१ देखि २८ गतेसम्म श्रीमदभागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।
काठमाडौँको टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस आयोजना गरी यसबिचमा भएका विकास निर्माण र सामाजिक काम उत्साहजनक रहेको जनाएको छ ।
रौतहटमा हजार दरका नेपाली रुपियाँका नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
१३९ मतदान स्थल रहेको डडेल्धुरामा नयाँ चार वटा मतदान स्थल थप्न सिफारिस गरिएको छ ।