सन्तोषी रावल
बाजुरा, मङ्सिर १७ गते । बडीमालिका नगरपालिका आफ्नो ११औं स्थापना दिवस भव्य रूपमा मनाउँदै विभिन्न क्षेत्रका २२ जना व्यक्तित्वलाई सम्मानित गरेको छ । नगर कार्यपालिकाको बैठकले यस वर्षको नगर दिवसलाई विशेष बनाउने उद्देश्यसहित पेशा, सेवा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको योगदानका आधारमा व्यक्तिहरूलाई सार्वजनिक रूपमा सम्मानित गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, संस्कृति संरक्षण, प्रशासनीक सेवा, व्यवसाय, खेलकुद लगायत क्षेत्रमार्फत समाजमा सकारात्मक प्रभाव पार्दै आएका उत्कृष्ट व्यक्तिहरूलाई सम्मानित गरिएको हो ।
सम्मान हुनेहरुमा पत्रकार दयाराम पण्डित, डा. हिमाल कार्की, इन्जिनियर जंग थापा, करे रावल, शिक्षक धनबहादुर रावल, कला क्षेत्रका महेन्द्र दानी, सुना विक, बिस्ना विष्ट, रामबहादुर थापा, रामचन्द्र पाध्याय, विनोद सिंह, अगं ल्वार, पुने दानी, वडा सचिव अमर भण्डारीलगायत हुनुहुन्छ ।
यस्तै, नगरपालिकाका कर्मचारीहरू सुषिला रावल, तिलक न्यौपाने, शुसिला बुढ्थापा, भक्त बी.के., धनबहादुर रावल, जयबहादुर रावल, गणेश विष्ट, हिन्दुर बी.के. र चक्र रोकायालाई पनि यसै अवसरमा सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सामाजिक योगदानलाई प्रोत्साहन गर्दै आगामी वर्षहरूमा पनि यस्तै कार्यक्रम निरन्तरता दिने जनाएको छ ।