दाङमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते हुनुभएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो ।
दाङमा एक वर्षको अवधिमा १५६ वटा मानव अधिकारसम्बन्धी घटनाहरू भएका छन् । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा इन्सेक दाङका प्रतिनिधि जेएन सागरले प्रस्तुत गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रे दोभानको पक्की पुलको निर्माण आगामी वैशाखभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाले ३३ जना आकाङ्क्षीको नाम सिफारिस गरेको छ ।
दाङको लमहीमा निर्माण भइरहेको ट्रमा सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्ग छेउमै बन्न लागेको उक्त सेन्टर राप्ती उपत्यका तथा दाङ–देउखुरी क्षेत्रमा हुने सडक दुर्घटनाका घाइतेको उपचार सहज बनाउने उद्देश्यसहित निर्माण गर्न थालिएको हो ।
भोजपुरको षडानन्द नगरपालिका–१२ दुःखी डाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६५ पैसा र बिक्रीदर १४४ रुपियाँ २५ पैसा कायम भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन् ।
निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्यूaनीकरणलाई पनि कार्बन व्यापारमा समेट्ने गरी सरकारले कार्बन व्यापार नियमावली, २०८२ कार्यान्वयनमा ल्याएको छ । मङ्गलबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै नियमावली कार्यान्वयनमा आएको हो ।
निर्वाचन आयोगको अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधिले निर्वाचन क्षेत्रबाहिर रहेका अपाङ्ग भएका र ज्येष्ठ नागरिकलाई समेटेको छैन । आयोगले मङ्सिर १७ सार्वजनिक गरेको कार्यविधिमा यो विषय समावेश छैन ।
मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित क्यौलेठाना आधारभूत विद्यालयका छात्रछात्राले अध्ययनसँगै डोको र चकटी बुनेर आम्दानी लिन थालेका छन् । उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म १०८
माटो अनुसारको बाली छनोट गर्ने हो भने सिँचाइ सुविधा नभएका खेतबाट पनि प्रशस्त आम्दानी लिन सकिन्छ । मोरङको सुन्दरहरैँंचा नगरपालिका–७ र ८ का किसानलाई यतिबेला कन्दमूल
उत्तरी गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेत गाउँका बाटा जाडो मौसमको चिसो हावामा पनि अलि ठुलैै चाडपर्व आए जस्तै चहलपहलपूर्ण थिए । मङ्गलबार कुनै पर्व थिएन, न त मेलापात वा महोत्सव
बालबालिकाको संरक्षण तथा सशक्तिकरणका लागि विभिन्न खालका ऐन कानुनको निर्माण भए पनि कार्यान्वयनको अवस्था प्रभावकारी नभएको कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् ।
नेपाल कम्युनिष्ट पाडर्टी (एमाले) ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि घरदैलोमा पुगेर सो पार्टीका नेताहरुले निमन्त्रणा दिने कार्य सुरु गर्नुभएको छ ।