• २५ मङ्सिर २०८२, बिहिबार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, मङ्सिर २५ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६५ पैसा र बिक्रीदर १४४ रुपियाँ २५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६७ रुपियाँ १४ पैसा र बिक्रीदर १६७ रुपियाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपियाँ २० पैसा र बिक्रीदर १९२ रुपियाँ, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपियाँ ४४ पैसा र बिक्रीदर १७९ रुपियाँ १८ पैसा कायम गरिएको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ ४६ पैसा र बिक्रीदर ९५ रुपियाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपियाँ ७१ पैसा र बिक्रीदर १०४ रुपियाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ८२ पैसा र बिक्रीदर १११ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपियाँ ३४ पैसा र बिक्रीदर २० रुपियाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४२ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५१ पैसा र बिक्रीदर चार रुपियाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ११ पैसा र बिक्रीदर ३९ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ८८ पैसा र बिक्रीदर ३५ रुपियाँ ०३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७७ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा कायम भएको छ । यसैगरी स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३९ पैसा र बिक्रीदर १५ रुपियाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३८ पैसा र बिक्रीदर २२ रुपियाँ ४७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८ रुपियाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपियाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ १३ पैसा र बिक्रीदर ३७४ रुपियाँ ६९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । रासस