नेपालगञ्ज मेडिकल कलेज (एनजीएमसी) र सशस्त्र प्रहरी अस्पतालवीच सहुलियतमा सशस्त्र प्रहरीहरुको उपचार गर्ने सम्झौता भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल महिला संघको समन्वयमा भएको हो ।
जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आफ्ना खेलाडीहरु तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत हप्ता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।
देवलाल महर्जन र याङदी लामा शेर्पा बुद्धवीर लामा ११औं गीतिमय साँझको सफलताका लागि आयोजित ५ किलोमिटर शुभकामना दौडमा शनिबार पहिलो हुनुभएको छ । देवलाल पुरुष र याङदी महिलामा च्याम्पियन बन्नुभएको हो ।
झापा मेचीनगर १० धुलाबारी बजारमा महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने एक जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ का २० बर्षीय निरज राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जीविकोपार्जन सहज बनाउन तनहुँको भिमाद नगरपालिकाले अपाङ्गता भएकालाई माउ बाख्रा सहयोग गरेको छ । बाख्रा पाएपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै सञ्चालन गर्न युवाहरुलाई आग्रह गर्नुभएको छ ।
मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ताङ्वे र थासाङ गाउँपालिकाको छाक्ताङमा नेपाल टेलीकमको थ्रीजी मोबाइल नेटवर्क विस्तार भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –३ ताङ्वे र थासाङ गाउँपालिका –२ को छाक्ताङमा नेपाल टेलिकमको मिनिटावर स्थापना गरेर ताङ्वेमा थ्रीजी सेवा विस्तार गरिएको नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले बताउनुभयो । थासाङ गाउँपालिकाको छाक्ताङमा साउन पहिलो हप्ताबाट सेवा विस्तार हुने श्रेष्ठको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिर महिनाभित्रै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ ।
झापाको बिर्तामोडस्थित पश्चिम स्टेनका विभिन्न होटलबाट यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले नौजना युवतीलाई पक्राउ गरेको छ ।
सिरfहाको दक्षिणी र पूर्वी भेगमा पर्ने भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका भागवानपुर –१ मा श्री वालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापाना भएपछि भैंसी पालन गरेर किसानहरुले आम्दानी गर्न थालेका छन् ।
बागमती प्रदेशका सभामुख सानु श्रेष्ठले लोक संस्कृतिको संरक्षण र विकासमा बागमती प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ ।
गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
चैनपुर नगरपालिका–१० मा ट्र्याक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्र्याक्टर पल्टिएर ट्र्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।
नेपालको लुम्बिनी प्रदेशमा पर्ने पाल्पा जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाले भरिपूर्ण छ । यो जिल्ला काठमाडौँबाट ३०० किलोमिटर र पोखराबाट १२९ किलोमिटरको दूरीमा अवस्थित छ । २७.३४ डिग्रीदेखि २७.५७ डिग्री उत्तरी अक्षांश र ८३.१५ देखि ८४.२२ डिग्री पूर्वी देशान्तरमा यो जिल्ला फैलिएर रहेको छ । पाल्पाको सदरमुकाम तानसेन काठमाडौँ र ललितपुरपछिको तेस्रो तथा पहाडी जिल्लाका नगरपालिकामा पहिलो नगरपालिका हो । २००७ सालमा तानसेन नगरपालिका भएको थियो । यो नगरपालिकाको उत्तरतर्फ कालीगण्डकी करिडोर र दक्षिणतर्फ सिद्धार्थ राजमार्ग रहेको छ । धरातलको हिसाबले पाल्पालाई महाभारत शृङ्खला, भित्री मधेश, चुरे पर्वतमाला र बाहिरी मधेश गरी चार क्षेत्रमा विभाजन गर्न सकिन्छ । ज्यादै सुन्दर भूपरिदृश्यका रूपमा रहेको तानसेन सहरलाई ‘पहाडकी रानी’ भनेर पनि चिनिन्छ । श्रीनगर पहाडको फेदीमा रहेको तानसेन ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा जति महत्त्वपूर्ण र विविधतापूर्ण छ, भौगोलिक दृष्टिकोणले पनि उत्तिकै आकर्षक स्थलका रूपमा परिचित छ । पुरानो नेवार बस्ती, मठमन्दिर, व्यापार, परम्परागत धातुकला शिल्प र ढाका टोपीका लागि यो जिल्ला प्रसिद्ध छ । काठमाडौँ उपत्यका बाहिरका महत्त्वपूर्ण सम्पदा बस्तीहरूमध्ये तानसेन पनि एक हो ।