भित्ताहरूमा जीवन हुन्छ त ? प्रकाश सिग्देलको एउटा प्रश्न हो यो । कालीगण्डकीको मुहानको खोजीमा उकाली चढ्दा आएको यस प्रश्नको उत्तर थियो वा थिएन, त्यो पनि अर्को प्रश्न नै हो । जीवन नभए राजा जिग्मे परवल विष्टको घरवरिपरि रहेको पर्खालको के अर्थ ? त्यसलाई दायाँ पार्दै उक्लिँदै गर्दा पारिपट्टि देखिएका भेडाका लस्कर र तिनका वरपर रहेका मानिसको जिजीविषा के हो त ? यतिखेर भने त्यो प्रश्नको उत्तर भेटिएजस्तो लाग्यो ।
न्याय परिषद्ले योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई सेवाबाट बर्खास्त गरेको छ । आन्तरिक छानबिनपछि परिषद्ले शाहलाई सेवाबाट हटाउने निर्णय गरेको हो ।
नेपाली सिनेमा निर्माण हुन थालेको ५५ वर्ष भइसक्यो । राजा महेन्द्रले सरकारी ढुकुटीबाट चलचित्र ‘आमा’ बनाउनुभन्दा अघि निजी क्षेत्रको सुमनाञ्जली प्रोडक्सनबाट ‘माइतीघर’ बनाउने सबै तयारी भइसकेको थियो तर राजा र जनताको एउटै क्षेत्रमा प्रतिस्पर्धा हुने भयो भनेर माइतीघरको निर्माण पछि धकेलिएको तर्क गर्ने धेरै छन् । ‘आमा’ पञ्चायत व्यवस्थाको प्रचारप्रसार गर्ने उद्देश्यले राज्यले बनाएको प्रथम सिनेमा हो भने ‘माइतीघर’ निजी क्षेत्रले बनाएको पूर्णतः व्यावसायिक सिनेमा हो ।
हिउँदभरि चुपचाप बसेका निर्माण व्यवसायी र सरकारी कर्मचारी असार लागेपछि निकै व्यस्त छन् । असार मसान्तसम्म काम सक्ने र भुक्तानी लिन÷दिन चटारो निर्माण व्यवसायी र सरकारी कार्यालयलाई छ । त्यसैले हतार–हतार काम सक्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयका कर्मचारी लागेका छन् ।
बाजुराको बूढीगङ्गामा प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।
लहानस्थित ‘रामकुमार–उमाप्रसाद स्मारक अस्पताल’को नाम परिवर्तन भई ‘प्रादेशिक अस्पताल लहान’मा रूपान्तरण भएपछि उक्त अस्पतालले चर्चिएको जग्गाको स्वामित्व विवाद उत्कर्षमा पुगेको छ । सगरमाथा अञ्चलका पुराना सरकारी अस्पतालमध्ये उक्त अस्पताललाई प्रमुख मानिएको हो । लहानका स्थायी बासिन्दासमेत रहेका मुलुकका अग्रणी व्यापारिक घराना मुरारका तथा शारडा परिवारका अग्रजले ४० वर्षअगाडि जग्गा खरिद र भवन निर्माण गरी उक्त अस्पताल सरकारलाई हस्तान्तरण गरेका थिए ।
अमेरिकास्थित सान्फ्रान्सिस्कोको पहिलो अवतरण र बसाइ निकै यादगार रह्यो । डाउनटाउनमा आन्टी (सानुमुवा)कै घरमा एक हप्ता बसियो । म गएपछि आन्टीले काममा बिदा माग्नुभएको रहेछ । हेर्दा उहाँ खुसी नै देखिनुहुन्थ्यो । सँगै रहँदाबस्दा भलाकुसारीको क्रममा आन्टीले भन्नुहुन्थ्यो– पकाउने ग्यास सकिएला भन्ने पीर छैन । बिजुलीको मिटरबक्समा युनिट धेरै चढ्ला र बिल धेरै आउला भन्ने पीर छैन । ग्यासको सिलिन्डर भर्न लैजानका लागि मान्छे खोज्नुपर्दैन । ग्यासको सिलिन्डर किन्नका लागि पैसाको जोहो गर्नुपर्ने चिन्ता पनि छैन । धारामा पानी नआउला भन्ने चिन्ता पनि छैन । पानीको धारा कहाँबाट आउँछ, त्यो त थाहा छैन तर कहिल्यै पनि धारामा पानी सकिँदैन । यति कुरा भएपछि घर चलाउन आनन्द हुने रहेछ । यहाँभन्दा बढी के चाहियो र !
दार्चुलामा पछिल्लो समय स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पताल दार्चुलामा मात्रै एक वर्षको अवधिमा ३०५ जनामा स्क्रबटाइफसको सङ्क्रमण फेला परेका छन् । जिल्ला अस्पताल दार्चुलामा कार्यरत मेडिकल अधिकृत राजेश भट्टका अनुसार पछिल्लो केही महिनायता अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक÷दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिने गरेको छ । दार्चुलामा स्क्रबटाइफसको जोखिम बढ्दै गएको भट्टको भनाइ छ ।
विद्युत्त प्राधिकरण धादिङले हरेक शनिबारका लागि सूचना प्रकाशित गर्दै विद्युत्त मर्मतका लागि भन्दै लोडसेडिङ गर्ने गरेको छ । प्राधिकरणको हरेक शनिबारको लोडसेडिङको मारमा धादिङबासी पर्ने गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्ने तयारी भएको जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डसँग शुक्रबार मन्त्रालयमा भएको भेटमा श्रममन्त्री कुँवरले सोबारेमा जानकारी दिनुभएको हो ।
काठमाडौँमा हैजाका बिरामी बढ्न थालेका छन् । अघिल्लो दिन तीन जनामा पुष्टि भएको हैजा शुक्रबार थप चार जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।
प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।
निरन्तर परेको बर्षासँगै शनिबार पनि देशभर मनसुनी सक्रिय हुने भएको छ । मनसुनी वायुको सामान्य प्रभाव रहेकाकारण देशका पुर्वी क्षेत्रमा सामान्य बर्षा हुने छ ।
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गएको छ । भारत, चीन र जापानसहित विभिन्न देशबाट सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको हो ।
थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ । जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जिल्लामा २७ रोगी रहेका छन् ।