• १३ साउन २०८१, आइतबार

बूढीगङ्गामा एमालेकाे अग्रता कायमै

blog

बाजुरा, असार २५ गते । बाजुराको बूढीगङ्गामा प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । बूढीगङ्गा नगरपालिकाको वडा नम्बर १, २, ९ र १० को मतगणना हुँदा दुई पदमा एमालेको अग्रता रहेको छ । 

पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँको एक हजार ७३२ र कांग्रेसका रङ्गबहादुर खातीको एक हजार ६७ मत छ । त्यसैगरी उपप्रमुखमा पनि एमालेकी माया कुँवरको एक हजार ६८७ र  कांग्रेसकी  रीता शाहीको एक हजार ३० मत रहेको छ । 

बूढीगङ्गाको १, २, ९ र १० नं वडाको मत गणना सकिएको छ । यी चारवटै वडाको वडा अध्यक्ष पदमा एमाले विजयी भएको छ । वडा नं  १ रणबहादुर थापा  वडा नं १० मा दलबहादुर साउँद वडा नं २ मा पदम भण्डारी र वडा नं ९ को वडा अध्यक्षमा मीनबहादुर सिह एमालेबाट विजयी भएका छन् । 

Author

शेरबहादुर सार्की