• १९ पुस २०८१, शुक्रबार

देवलाल र याङदी पहिलो

blog

५ किलोमिटर शुभकामना दौडमा सहभागी धावकहरु । तस्बिर : राखेप

काठमाडौं, असार २५ गते । देवलाल महर्जन र याङदी लामा शेर्पा बुद्धवीर लामा ११औं गीतिमय साँझको सफलताका लागि आयोजित ५ किलोमिटर शुभकामना दौडमा शनिबार पहिलो हुनुभएको छ । देवलाल पुरुष र याङ्दी महिलामा च्याम्पियन बन्नुभएको हो । 

देवलालले निर्धारित दूरी २३ मिनेट ५३ सेकेन्डमा पूरा गर्नुभयो। राजु महर्जन दोश्रो तथा बुलाल महर्जन तेस्राे हुनुभयो । तीन पटककी एभरेष्ट म्यारथन विजेता याङदीले निर्धारित दूरी पूरा गर्न ३२ मिनेट ११ सेकेन्ड समय खर्चिनुभयो। सुनिता योञ्जन लामा दोस्राे तथा सीता रिमाल तेस्राे न्नुभयो । 

विजेतालाई ज्ञानोदय बालवाटिका माविकी संस्थापिका इन्दिरा याक्थुम्बाले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । प्रतियोगिताको अवसरमा भेट्रान धावकद्वय पुष्पलाल श्रेष्ठ र लाक्पा शेर्पा लामालाई सम्मान गरिएको थियो । प्रयास मञ्च नेपालको आयोजनामा भएको दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी पुनः राखेप पुगेर सकिएको थियो ।

दौडमा एक सय १ खेलाडीको सहभागिता  थियो । दौडमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, पूर्व धावक एवं गीतकार बुद्धवीर लामा, विश्वको चर्चित मानिने बोस्टन र बर्लिन म्याराथन दौडिसकेका धर्म महर्जन, पूर्व धावक शम्भु दाहाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायतको सहभागिता  थियो ।