गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आइतबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाउनुभएको हो ।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा पुराना पार्टीका अधिकांश नेता पराजित हुनुभएको छ । पूर्वप्रधानमन्त्रीदेखि पटक पटक मन्त्री र सांसद भएर समाजमा स्थापित भएका नेतासमेत निर्वाचनमा पराजित हुनुभएको हो । यस निर्वाचनमा अधिकांश युवा र पहिलो पटक प्रतिस्पर्धामा रहेका नयाँले जित हासिल गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यका अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ क्षेत्रमै निर्वाचन जितेको छ । काठमाडौँका १० ललितपुरका तीन र भक्तपुरका दुई निर्वाचन क्षेत्र रास्वपाले जितेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा विजयोन्मुख भएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ मध्ये ४ निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरिसकेको छ भने ११ क्षेत्रमा अग्रता लिएको छ ।
प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारले अनेक प्रचार शैली अपनाउन थालेका छन् । उम्मेदवारले मतदातासँग साखुल्य हुन गर्ने गरेका व्यवहार सामाजिक सञ्जालमा रमिता देखाउने ‘ट्रोल’ बन्ने गरेका छन् ।
राजनीतिक दलका नेता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न जुटेका छन् । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न दलका नेता पार्टी कमिटीका सुझावसहित विषयविज्ञ राखेर घोषणापत्र तयार गर्न गृहकार्यमा लागेका हुन् । भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन, देशमै रोजगारीलगायत मुद्दा केन्द्रमा राखेर दलहरूले घोषणापत्र ल्याउने त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच सातबुँदे सहमतिपछि एकता भएको छ । रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय र साक्षीका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच सोमबार राति एकतामा हस्ताक्षर भएको हो ।
‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस शुक्रबार मनाइयो । ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य निधि भएकाले राज्यले हरेक क्षेत्रमा उनीहरूप्रति सम्मानसहित सेवा सुविधा थप्ने प्रयत्न गर्दै आएको छ ।
उच्चस्तरीय राजनीतिक संवाद समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी कार्यालयमा शीर्ष नेतृत्वलाई भेटेर चुनावी तयारी अवस्थाबारे छलफल गरेको छ ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत दलका शीर्ष नेताहरूले चुनाव लड्ने तयारी थाल्नुभएको छ ।
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि देशैभर १६८ मतदान स्थल थपिएका छन् । मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदान स्थल थपिएका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दलहरू एकीकृत हुँदै रूपान्तरणको अवस्थामा पुगेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि दलले एकीकरणमार्फत बलियो हुने प्रयास गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन संवैधानिक रिक्तता टार्न राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा सोमबार नागरिक अगुवा/प्रतिनिधिसँगको संवादमा प्रधानमन्त्रीले निर्वाचन सरकारको राजनीतिक निर्णय वा इच्छाशक्ति मात्रै नभएर संवैधानिक विषयसमेत भएकाले तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्नुभयो ।
दैलेख नायरायण नगरपालिका–८ का प्रकाशबहादुर बोहरा वीर अस्पतालको ट्रमा सेन्टरको बेड नम्बर २२१ मा दुई महिनादेखि उपचारत हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनमा देब्रे खुट्टाको तिघ्रामा गोली लागेर घाइते हुनुभएका २८ वर्षीय बोहोरालाई उपचार भइरहँदा आफ्नो ज्यानभन्दा बढी आन्दोलनमा बगेका रगत र बलिदान खेर जाला कि भन्ने चिन्ता छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमातहत लगिएका तीन विभागलाई सम्बन्धित मन्त्रालयको क्षेत्राधिकारमा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सर