नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३ वडामा एकै पटक सुरु भएको थियो । तर सात प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास समन्वय तीन गैरभौगोलिक प्रदेशले केन्द्रको निर्देशनबमोजिम आआफ्नो अनुकूलतामा समापन गर्ने तयारी गरेका छन् ।
चार दल सम्मिलित समाजवादी मोर्चा, नेपाल ७७ वटै जिल्लामा गठन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मोर्चाको बैठकले यसअघि नै गठन भएका ४७ जिल्लासहित बाँकी जिल्लामा पनि मोर्चा गठन गर्ने निर्णय गरेको हो । मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । जनतालाई दिने सेवा प्रवाहमा सरकारको यो एक वर्ष प्रभावकारी देखिएको छ । भ्रष्टाचारविरुद्ध ठुला ठुला कारबाही गर्नुका साथै सुशासन र सामाजिक न्यायसहित समृद्धि हासिल गर्नेतर्फ वर्तमान सरकार उन्मुख छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा पेस गर्ने समझदारी भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतृत्वबिच भएको छलफलबाट आउँदो हिउँदे अधिवेशनमा उक्त विधेयक पेस गर्ने समझदारी बनेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी पदाधिकारी बैठकले पार्टीलाई व्यवस्थित गर्न विधान सम्मेलन गर्न लागेको हो । फागुनमा विधान सम्मेलन सकिएको तीन महिनाभित्र महाधिवेशन गर्ने योजना पनि माओवादी केन्द्रको छ ।
नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रलाई ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलका रूपमा विकास गर्ने तयारी थालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्डले बृहत् योजना अघि सारेका छन् । बृहत् लुम्बिनी क्षेत्रको परिकल्पनाबमोजिम तिलौराकोट, मायादेवी मन्दिर, अनोमाघाट, देवदह, रामग्रामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चारमहिने अभियान प्रभावकारी बन्दै गएको सम्बद्ध नेताहरूले दाबी गरेका छन् । माओवादीले यसअघि दुईमहिने अभियान सञ्चालन गरे पनि खासै प्रभावकारी हुन सकेको थिएन । अघिल्लो अभियानका बखत कतिपय नेताले अभियान सकिँदासमेत अत्तोपत्तो पाएनन् ।
तिम्रो त्यो हँसिलो मुहारको, झझल्को जब आउँदा विछोडका कुरा कल्पिन थाल्छन्, तिम्रो तस्बिरले चित्त बुझाउँदा... शम्भुजित बाँस्कोटाका शब्द र सङ्गीतमा दीपक खरेलको गायनको यो गीत सदाबहार छ । त्यसैले तस्बिरलाई गीतमा चिनाउने विगतको यो गीत भविष्य पनि हो । त्यसो त तस्बिर भविष्यका लागि वर्तमानको चिनारी पनि हो । समयको विम्ब हो । यसले पुस्तौँपुस्तासम्म सम्झनालाई ताजा बनाउँछ । त्यसैले मानिस स्टुडियोसम्म धाएर तस्बिर खिचाउने र फ्रेममा सजाउने गर्छन् । त्यस्ता फोटोप्रेमी अहिले सार्वजनिक स्थल, मठ, मन्दिरमा भेटिने फोटोग्राफरसँग तस्बिर खिचाउन रुचाउँछन् । अहिले तस्बिरको नै रूपरङ परिवर्तन भएको छ । स्टुडियोको पेसा खुला स्थानमा पुगेको छ र उच्च तथा प्राविधिक विषय अध्ययन गर्नेले पनि यसलाई पेसा बनाउन थालेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ पक्षले माओवादी केन्द्रसँग एकता गर्न भट्टराईमाथि दबाब बढाउनुभएको हो । नेसपा केन्द्रीय समिति बैठक मङ्सिर ६ र ७ गते बस्ने तयारी छ । यस बैठकबाट पार्टी एकताको टुङ्गो लगाउन यादव र श्रेष्ठ पक्षले बाबुरामलाई आग्रह गरेका छन् । एकता प्रक्रियामा नगए पार्टी फुटाउने यादव र श्रेष्ठ पक्षले चेतावनी दिने गरेको दाबी नेसपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले गर्नुभयो । अब पार्टी एकताको अन्तिम निर्णय औपचारिक बैठकबाटै हुने उहाँले बताउनुभयो ।
बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय छेवैमा थोत्रा ट्रलीबस, तिनका खिया लागेका पार्टपुर्जा, सिमेन्टका बडेबडे पिल्लर र तार असरल्ल छरिएका छन् । लाग्छ, यो कुनै अव्यवस्थित कबाडीखाना हो । राष्ट्रिय सानका रूपमा रहेको सार्वजनिक यातायात ट्रलीबस सेवाको एउटा चिनोका रूपमा कबाडी सामान मात्रै बाँकी छ । १४ वर्षअघि बन्द भएको ट्रलीबस सेवा रहेको २८ रोपनी सात आना जग्गा यातायात व्यवस्था विभागको नाममा दर्ता कायम छ । सहरको महत्वपूर्ण स्थानमा रहेको यो स्थानबाट ट्रलीका कबाडी हटाउन न चासो राखिएको छ न जग्गा नै प्रयोगमा ल्याउने योजना सरकारको छ ।
‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो । यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका साथै राजनीति गर्ने थलोका रूपमा विकास हुन पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झड्का अनुभव गर्नुभयो । उहाँले उक्त झड्का प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको हो । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा भूकम्प जाँदा उहाँ सुत्नुभएको थिएन । भूकम्पको धक्का महसुस गरेपछि उहाँ नसुतेरै ‘रिपोर्ट’ लिन थाल्नुभयो ।
तत्कालीन सरकार र विद्रोही पक्ष नेपाल कम्युनिस्ट पार्टी माओवादीबिच शान्ति सम्झौता भएको आउँदो मङ्सिर ५ गते १७ वर्ष पुग्दै छ । माओवादी सेना समायोजन र हतियार व्यवस्थापन जस्तो जटिल कार्य पूरा भए पनि द्वन्द्वकालीन मुद्दा १७ वर्ष पुग्दासमेत टुङ्गो लाग्न सकेको छैन ।
विश्वविद्यालयहरूले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी गराउन विद्यार्थीलाई अब इजरायल पठाउने वा नपठाउने भन्नेमा अझै निर्णय गरिसकेका छैनन् । पुनः पठाउने मनस्थितिमा उनीहरू नभए पनि औपचारिक निर्णय गर्न भने बाँकी नै छ । इजरायलमाथि प्यालेस्टाइन विद्रोही समूह हमासले गत शनिबार आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए भने अहिलेसम्म एक जना बेपत्ता छन् । यस वर्ष एकै पटक २६५ जना विद्यार्थीलाई सो कार्यक्रममा पठाइएको थियो ।
इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहीबार बिहान २:३० बजे जानुहुने भएको हो । उनीहरूलाई लिएर जहाज बिहीबार नै बेलुकी ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। उहाँले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने बताउनुभयो। त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ।