हमासको आक्रमणमा इजरायलमा मारिएका १० जना नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरणका लागि नेपालले इजरायललाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मङ्गलबार इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गरी उक्त आग्रह गर्नुभएको हो ।
सरकारले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव तथा अन्य विपत्मा परेका नेपाली नागरिकलाई उद्धार गर्ने भएको छ । त्यसका लागि सरकारले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पनि समर्थन पाएको छ । उद्धार गर्ने निर्णय सोमबार बसेको मन्त्रीपरिषद्को आपत्कालीन बैठकले गरेको हो । त्यसलगत्तै बसेको सर्वदलीय बैठकले सरकारका काममा सहमति जनाएको हो । विपत्मा परेका नागरिक र मृतकका शव ल्याउन नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सका विमान तयारी अवस्थामा राखिएको छ ।
नेपालबाट इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कायक्रममा गएका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको छ । साथै एक जना सम्पर्कविहीन छन् भने चार जना अस्पतालमा उपचारत छन् । नेपालका तीन विश्वविद्यालयबाट अध्ययनका लागि २६५ जना इजरायलमा गएका थिए । तीमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना थिए ।
सरकार र राहत शिक्षकबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुने भएको हो। शिक्षामन्त्री अशोककुमार राईसहित आन्दोलनरत राहत शिक्षक र बालविकास शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा अनौचारिक संवाद भएपछि शुक्रबार वार्ता हुने भएको हो। राहत, अनुदान शिक्षक र बालविकास शिक्षकबिच छलफल भएपछि वार्तामा बस्न आधिकारिक रूपमा पत्र पठाएको शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले बताउनुभयो। “राहत र बालविकास शिक्षकका प्रतिनिधि बसेर मन्त्रालयमा अनौचारिक छलफल भयो। उहाँहरूले वार्तामा बस्न औपचारिक रूपमा पत्र पठाउनु पर्छ भन्नुभयो। हामीले मन्त्रालयको तर्फबाट वार्तामा बस्न पत्र पठायौँ,” लम्सालले भन्नुभयो, “शुक्रबार राहत र बालविकास शिक्षकका प्रतिनिधि बसेर संवाद गरेर सहमतिको निकास निकाल्छौँ।”
नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लासेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् । विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी महाधिवेशनसम्म पार्टीको नाम परिवर्तन गर्ने तयारी गरेको छ। माओवादीले अन्य कम्युनिस्ट घटकसँग पार्टी एकता गर्न वार्ता, संवाद र छलफल जारी राखेकाले पार्टीको नाम फेर्न लागेको हो। गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले चारबुँदे आन्तरिक परिपत्र जारी गर्दै पार्टीको नाम फेर्ने गरी निर्णय गर्ने उल्लेख छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने अभियान उद्घाटन अन्तिम चरणमा पुगेको छ। देशैभरका ७७ जिल्लासहित ७५३ स्थानीय तहमा भेला, छलफल, प्रशिक्षण भएका छन्। अहिले छ हजार ७४३ वडामा केन्द्रित भई गतिविधि जारी भएकाले शुव्रmबारभित्र सकिने नेताहरूले बताएका छन्।
आमा पनि नक्कली बनाइन्छ भन्ने सुन्दा अचम्म लाग्छ । तर मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिले नक्कली आमा बनाएर अर्कैका नामको जग्गा आफ्नो नाममा हत्याएका छन् । यस घटनामा कीर्तिपुर र थाहा नगरपालिकाका जनप्रतिनिधिको पनि संलग्नता रहेको छ । जग्गामा रकम हाल्ने भारतीय नागरिकको जाहेरीपछि मात्र यो घटना सार्वजनिक भएको हो । प्रहरीले दुई जना वडाध्यक्षसहित २१ जनाविरुद्ध गत साउन २८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
सत्तारूढ गठबन्धनको बैठकले सुन काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न नहुने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको सत्ता गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेका बेलामा फेरि उच्चस्तरीय समिति बनाउनु भनेको अहिले भइरहेको अनुसन्धानलाई प्रभावित पार्नु हो भन्ने निष्कर्ष निकालेको हो।
सरकारले ‘हेलो सरकार’ लाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन चौबिसै घण्टा ‘हेलो सरकार’ सञ्चालन गर्ने तयारी गरेको हो । यो सेवा हाल बिहान ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब चौबिसै घण्टा गुनासो सुन्ने व्यवस्था गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । “हेलो सरकारलाई विगतका सरकारले प्राथमिकतमा राखेनन् ।