जीवनशैली परिवर्तन क्यान्सरको प्रमुख कारक
जीवनशैली र खानपिनमा आएको परिवर्तन, धूमपान, मद्यपान, मोटोपनालगायतका कारण नेपालमा क्यान्सर रोगका बिरामी अत्यधिक बढ्न थालेका छन् । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा क्यान्सर रोगको अवस्था भयावह बन्दै गएको बताउँदै भन्नुभयो, “रोगका कारण मृत्यु हुनेमध्ये क्यान्सर रोग दोस्रोमा पर्दछ ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा पहिलोमा मुटुसम्बन्धी रोगका कारण सबैभन्दा बढीका मृत्यु हुने गरेको छ ।
कर्मचारीका लागि ल्याइँदै नयाँ मापदण्ड
सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड ल्याउन लागिएको हो। यसको तयारी कार्य अन्तिम चरणमा पुगेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्वीकृत गर्नुभएपछि केही दिनभित्रमै उक्त मापदण्ड कार्यान्वयनमा ल्याइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
रुसमा नेपाली बेपत्ता, परिवारजन पीडामा
मनग्य अर्थोपार्जन गर्ने, परिवारलाई सुखमा राख्नेलगायतका सपना बोकेर रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे सम्पर्कविहीन बनेपछि श्रीमती टिना घिमिरेको आँखा ओभानो छैन । रुस–युक्रेन युद्धमा बाँच्ने आशा कम देखेपछि पदमले सैनिक क्याम्पबाट भागेर नेपाल फर्किन प्रयास नगर्नुभएको होइन । सैनिक इलाकाबाट बाहिर निस्कन सफल पदमलाई दुई पटक रुसी सेनाले पुनः पक्राउ गरेर युद्ध मैदानमा होमिदियो । सैनिक क्याम्पबाट फोनबाट कुरा गरिरहने पदम दुई महिनादेखि सम्पर्कविहीन भएपछि पत्नी टिना पीडामा पर्नुभएको छ । अनेक आशङ्काबिच साना छोराछोरी काखमा च्यापेर टिना पदमको प्रतीक्षामा हुनुहुन्छ ।
सम्झौता सकिएको दुई वर्षसम्म भएन टेन्डर
बुटवलको पुरानो बसपार्कपछाडि रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ को पुनः टेन्डर प्रक्रियामा अलमल गरिएको छ । उपमहानगरपालिका–६ स्थित केन्द्रको सम्झौता अनुसार २०७८ साल भदौ २० गते नै व्यवसायीको म्याद सकिए पनि टेन्डर प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन । विसं २०६४ मा त्रिपक्षीय करार सम्झौता अनुसार निर्माण सुरु भई २०६७ साल भदौ २० देखि यो केन्द्र सञ्चालनमा आएको हो । एक बिघा सात कट्ठा क्षेत्रफलमा ६५ वटा सटरमा व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।
नारायणगढ–मुग्लिङ तीन सातासम्म दिउँसो बन्द हुने
पहाड काट्ने काम नसकिएको भन्दै नारायणगढ–मुस्लिन सडक खण्ड थप तीन हप्ता दिउसो बस्न गरिने भएको छ । सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम अझै नसकिएपछि दिउसो बन्द गर्ने कामलाई निरन्तरता दिएको नाग ढुङ्गा–मुस्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।
छ सयभन्दा बढीको तिस करोड ठगी, दुई जना पक्राउ
सुन्दा पनि आङ जिरिङ्ङ हुन्छ, एक जनाले छ सय जनाभन्दा बढीलाई ठग्यो । सोझासाझा गाउँलेबाट ठगिएको रकम पनि करोडौँ छ । वैदेशिक रोजगारीका नाममा हुँदै आएको ठगीमा यो अर्को चर्को ठगी रहेको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार युरोपका विभिन्न मुलुक तथा क्यानाडामा आकर्षक रोजगारीका लागि पठाइदिने बहानामा यस्तो ठुलो ठगी भएको हो । सोही प्रकरणमा काठमाडौँ–१६, बालाजुस्थित युरो विङ्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालक विकास वाइबा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
नुनको सन्तुलित प्रयोगमा जोड
‘सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाउँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ बिहीबारदेखि आयोडिन मन्थ सुरु भएको छ । नेपालमा हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन मन्थका रूपमा मनाइने प्रचलन अनुसार नेपालभर फेब्रुअरी १ तारिक वा बिहीबारदेखि आयोडिन मन्थका कार्यक्रम सुरु गरिएको हो । आयोडिन मन्थका अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको ‘आयोडिनयुक्त नुनको उपभोग, गुणस्तर र यसले मानव शरीरमा पर्ने प्रभाव’ विषयक छलफलमा सोबारे जानकारी दिइयो ।
तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुँदै
प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्ताबेज गर्नुभएको हो ।
उद्योगमन्त्रीको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय
सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।
तीन प्रदेशमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात
पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले तीन वटा प्रदेशमा हल्का वर्षा भइरहेको छ।
बैतडीमा वर्षासँगै हिमपात, कृषक खुसी
लामो सयपछि बैतडीमा हिउँदे वर्षा र उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । वर्षा हुँदा किसान हर्षित भएका छन् । आलु खेतीका लागि प्रसिद्ध खोड्पे क्षेत्रमा हल्का हिमपात सुरु भएपछि किसान खुसी भएका हुन् ।
लामो समयपछि हिमपात, चिसोले जनजीवन प्रभावित
बाजुरामा लामो समयपछि वर्षासँगै हिमपात भएको छ । हिजो राति बूढीनन्दा, हिमाली, जगनाथ, स्वामिकार्तिक लगायतका स्थानीय तहमा लामो समयपछि वर्षासँगै हिमपात सुरु भएको हो ।
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
हिउँदे वर्षासँगैको हिमपातले भूकम्प पीडितको जनजीवन कष्टकर
हिमपातले भूकम्प पीडितको जनजीवन थप कष्टकर बनेको छ । भूकम्पले घर भत्काएपछि अहिले केही पीडितहरू अस्थायी आवासमा र केही पीडितहरू त्रिपालमै बस्दै आएका छन् ।
जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित थापा पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ ।
कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छुः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताउनुभएको छ ।
पुनर्निर्माणको पर्खाइमा पीडित
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको तीन महिना बितिसक्दासमेत जाजरकोट, रुकुमपश्चिमलगायत जिल्लामा पुनर्निर्माण हुन सकेको छैन । हिउँदको कठ्याङ्ग्रिँदो चिसोबाट थप पीडित बनेका भूकम्पपीडित सरकारले पुनर्निर्माण गरिदेला भन्ने आसमा छन् । आठबिसकोट नगरपालिका–१४ का भूकम्पपीडित खम्बु मल्लका अनुसार भूकम्पपीडित पुनर्निर्माणको पर्खाइमा छन् । भूकम्पपीडित केहीले अस्थायी आवास बनाएका भए पनि धेरैले अस्थायी आवास बनाउन रकमसमेत प्राप्त गर्न सकेका छैनन् । अस्थायी आवास बनाउन नसकेका पीडित भूकम्पले चर्किएको घरमै बस्न बाध्य छन् । अस्थायी आवास निर्माणको काममै सरकारले लामो समयसम्म अलमल गरिरहेको छ ।
उपनिर्वाचनको तयारीमा आयोग
स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छ । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गरिने जानकारी दिनुभयो । उहाँले आयोग पदाधिकारीले प्रधानमन्त्रीसँग सो सम्बन्धमा छलफल गर्ने बताउनुभयो ।
छ महिनामा छ सय छपन्न नेपालीको मृत्यु
सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।
तीन किताबखानाका सेवा तीनतिर
राष्ट्रिय किताबखाना (निजामती) को आफ्नै प्रशासनिक भवन नहुँदा किताबखानाका तीन वटा कार्यालय तीनतिरबाट सञ्चालन हुँदै आएका छन् । २०७५ जेठ ४ गते सरकारले राष्ट्रिय किताबखाना (शिक्षक), राष्ट्रिय किताबखाना (प्रहरी) र राष्ट्रिय किताबखाना (निजामती) लाई एकीकरण गरी राष्ट्रिय किताबखाना बनाउने निर्णय गरेको थियो । गाभेर एउटै किताबखाना बनाइए पनि आफ्नै प्रशासनिक भवनको अभावमा अहिले पनि तीन वटा कार्यालय तीनतिरबाट सञ्चालन हुँदै आएका छन् ।
जुनकिरी घट्दा किसानलाई समस्या
साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेका हुन् ।
सांसद नेम्वाङको स्वास्थ्यमा समस्या, थप उपचारका लागि काठमाडौं लगिँदै
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ।
बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन
नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ ।
तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : मन्त्री गुरुङ
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ ।