बाजुरामा हिमपात जनजीवन प्रभावित
बाजुरामा हिमपात सुरु भएको छ । जिल्लाको उच्च स्थानमा अर्थात् हिमाली क्षेत्रका विभिन्न ठाउँमा हिमपात भएपछि यहाँका स्थानीयको जनजिवन निकै प्रभावित भएको छ ।
गढीमाई मेलामा दर्शनार्थीको घुइँचो
भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ ।
बाजेले बेचे, नातिले खोजे
जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लादोबेलाको मुस्लिम बस्तीमा ३० वर्षपहिले बिक्री गरेको जमिनमा हिस्सा खोज्न नाति आएपछि स्थानीय चिन्तित भएका छन् ।
मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले जब मुलुकमा जटिल समस्या देखिन्छन् तब ठुला दलहरु एक ठाउँमा हुने गरेको बताउनुभएको छ । सुरक्षा समितिको प्रादेशिक बैठकमा सहभागी हुन सुर्खेत पुग्नुभएको गृहमन्त्री लेखकले कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुुहुँदै मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण गरिएको बताउनुभएको हो ।
दार्चुलामा हिमपात, जनजीवन प्रभावित
आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।
न्यायपूर्ण समाज निर्माणका आधार
समावेशी शिक्षा शैक्षिक दर्शन हो, जसले सबै विद्यार्थीलाई उनीहरूको शारीरिक, बौद्धिक, सामाजिक, भाषिकलगायत अपाङ्गता र अन्य विविधतालाई सम्बोधन गर्दै समावेशी सिद्धान्तको मर्म अनुसार, समतामूलक आधारमा, मूलधारको शिक्षा प्रणाली
हुम्लामा हिमपात (फोटो फिचर)
हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।
सुशासनको अभ्यासमा पत्रकारिता
खोज पत्रकारिताको प्रसङ्ग उठ्नेबित्तिकै ‘वाटरगेट काण्ड’ को नाम सबैभन्दा अगाडि आउँछ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै
भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ ।
गढीमाईको सांस्कृतिक आयाम
गढीमाई मेला हो कि संस्कृति ? कुनै निश्चित वस्तु, स्थान वा संस्कृतिलाई परिचित गराउनका लागि नियोजित रूपमा एक ठाउँमा मानिसहरूलाई आकर्षित गरिने काम चाहिँ मेला हुन सक्छ ।
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई नियुक्तिपत्र प्रदान
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान गर्नुभएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले आज मन्त्रालयमा प्रमुख आयुक्तमा डा. सुरेश आचार्य, आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
म समाजवाद निर्माणको अभियानमा छुः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ।
संसदले निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेनः अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णय व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ।
रवि लामिछाने थप चार दिन हिरासतमा
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ।
झापामा सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा निर्माण सम्पन्न भएको दमक भ्यूटावर तथा व्यापारिक कम्लेक्सको उद्घाटनसहित विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला झापा आउनु भएको छ ।
महासङ्घको केन्द्रीय निर्वाचन उम्मेदवारको नामावली सार्वजनिक
महासंघका अनुसार अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ। देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो।
‘राष्ट्रिय सभा सदस्य निर्वाचनपछि संविधान संशोधन हुन्छ’
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले संविधान संशोधनको काम डेढ वर्षपछि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताउनुभएको छ ।
सिरियामा बाथ शासन अन्त्य भएको घोषणा
कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।
साढे १० लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद
कैलालीमा प्रहरीले १० लाख ९१ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले भन्सार छलीको सामान बरामद गरेको हो ।
घट्यो सुनचाँदीको मूल्य
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुन प्रतितोला चार सय रुपियाँले घटेर एक लाख ४९ हजार सात सय रुपियाँमा बारोबार भइरहेको जनाएको छ ।
नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् ।
राम र सीताका रूपमा श्याम र शोभाको विवाह
शुक्रबार साँझ कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा रहेको रामजानकी मन्दिरअगाडि ब्यान्ड बाजामा युवकयुवतीदेखि वृद्धवृद्धासम्म नाचिरहेका थिए ।
एक करोड बढीको सुनचाँदी र नगदसहित तीन पक्राउ
कैलालीको भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।