उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् ।
ताप्लेजुङमा पहिरोले दर्जनौँ परिवार विस्थापित
ताप्लेजुङको विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । पछिल्लो चार/पाँच दिनयता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् ।
लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीको सामना गर्नसक्ने दक्ष, सक्षम र उत्कृष्ट जनशक्तिको सरकारी सेवा प्रवेश आजको आवश्यकता भएको बताउनुभएको छ ।
जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा
महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर भन्सारअगाडि जानकी मन्दिरको अनुभूति गराउने प्रवेशद्वार निर्माण गरिएको छ ।
रत्नमन्दिर : प्रचार नहुँदा छैनन् पर्यटक
पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणको लागि खुला गरिएको एक वर्ष पूरा भइसकेको छ । गणतन्त्र दिवसको अवसर पारेर गत वर्ष तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री सुदन किँरातीले रत्न मन्दिर र पार्क खुला हुने गरी उद्घाटन गर्नुभएको थियो ।
मेलम्ची बाढीको तीन वर्ष : पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित
हेलम्बु गाउँपालिका-४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरू उच्च जोखिममा पर्ने भएकाले उहाँसहित स्थानीयवासी अहिले चिन्तित छन् ।
सुदूरपश्चिममा ३३ अर्बको बजेट सार्वजनिक हुँदै
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट कार्यक्रम शनिबार सार्वजनिक गर्दै छ । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेको हो ।
रास्वपालाई जनता केन्द्रित गर्ने सभापति लामिछानेको प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जनता केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टी स्थापनाका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो ।
प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै
संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए ।
उपत्यकामा आज साँझदेखि केही शीतल हुने
काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भरतपुरको शिव मन्दिर (फोटो फिचर)
भरतपुर उपमहानगरपालिका ८ गुन्जनगरमा आकर्षक रूपमा शिव मन्दिर छ ।
सामाजिक परिवेशका कथा
कथा विगतमा लेखिएका थिए, वर्तमानमा लेखिँदै छन् र भविष्यमा पनि लेखिने छन् । प्रत्येक जीवनको सरल र यथार्थ पाटो कथा हो । कथा पढिन्छ, यसकारण कथा लेखिन्छ । नपढिने भए कथा लेखिन्थेन । कथा जीवन जस्तै हुन्छ, जीवन कथा जस्तै हुन्छ । यी दुईका बिच कुनै तात्त्विक भिन्नता हुँदैन । यसर्थ कथा लेखिइरहेका छन् । कथा लेखिने क्रम जारी छ । भविष्यमा पनि यसले निरन्तरता पाइरहने छ, यो कुरामा कुनै दुबिधा छैन । कथा आजसम्म धेरै लेखिए र धेरैले लेखे । जति लेखिए पनि यो क्रम रोकिएको वा सकिएको छैन । यति उति भन्ने नै छैन, हाम्राअगाडि कथाका धेरैभन्दा धेरै विषयवस्तु छन् । यसकारण कथा लेख्ने क्रमले निरन्तरता पाइरहेको हो ।
क्रान्तियोद्धा ‘रिचपल्या’
नेपालमा पहिलो पटक २०१५ सालमा भएको आमनिर्वाचनबाट निर्वाचित पहिलो महिला सांसद र मन्त्री हुनुभएकी द्वारिकादेवी ठकुरानी प्रजातन्त्रका लागि लड्ने एक्ली वीराङ्गना हुनुहुन्थेन, उहाँलाई साथ दिन सरकारी जागिर त्यागेर सङ्घर्ष गर्ने बैतडीका बलदेव भट्ट ‘रिचपल्या’ पनि हुनुहुन्थ्यो । ‘रिचपल्या’ लाई तत्कालीन सरकारले अराष्ट्रिय तत्व भनेर २०१७ सालमा गोली हानेर हत्या गरी बैतडीको कठपतेमा खाल्डोमा पुरेको थियो । यद्यपि बलदेव भट्ट ‘रिचपल्या
श्यामश्वेत नेपाली सिनेमा
कुञ्जरशमशेरको सत्प्रयासमा काठमाडौँको सिंहदरबारमा १९९० भदौ १७ मा सर्वप्रथम सिनेमाको प्रदर्शन भएको इतिहास पाइन्छ । यहाँको नाचघरमा एकै पटक हिन्दी र अङ्ग्रेजी गरी चार वटा चलचित्र प्रदर्शन भएको कुरा सिनेमाका अनुसन्धाताहरू बताउँछन् । यसबाट यो विधामा इतिहास त कोरियो तर यो प्रदर्शन उच्च खानदानका राणाहरूका लागि मात्र प्राप्य भयो । सर्वसाधारणले नेपालमा यो विधाको स्वाद चाख्न पाएको भने नयाँसडक काठमाडौँमा जनसेवा हल सुचारु हुन थालेपछि अर्थात् विसं २००६ पछि मात्र हो । सुरुमा यो सिनेमाघरको नाम काठमाडौँ सिनेमाघर थियो । यो अवधिमा विसं २०१३ मा तत्कालीन अमेरिकी सू
लोक सेवा आयोगको आधुनिक यात्रा
नेपाल सरकारको वैधानिक कानुन, २००४ मा सरकारी नोकरीका लागि उम्मेदवारको दरखास्त आएमा योग्यता वा ल्याकत जाँचबुझ गरी सरकारमा सिफारिस गर्न दरखास्त परिषद्को व्यवस्था छ । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् नेपालको अन्तरिम शासन विधान, २००७ मा व्यवस्था भए अनुसार विसं २००८ असार १ गते सर्वप्रथम नेपाल पब्लिक सर्भिस कमिसनको नामबाट स्थापना भएको हो । विसं २०१५ को नेपाल अधिराज्यको संविधानदेखि यसको नाम लोक सेवा आयोग नेपाली नाम रहेको छ । त्यसपछि बनेका सबै संविधानमा लोक सेवा आयोग एक संवैधानिक निकायका रूपमा विद्यमान छ ।
सुशासन प्रबर्द्धनमा आयोग
सुशासन सरकारको प्रमुख प्राथमिकताको विषय हो । यसले सरकारको पहिचानलाई सर्वव्यायी र मजबुत गराउँछ । सरकारप्रतिको जनताको विश्वास एवं शासनमा स्थायित्व कायम गर्न सुशासन मुख्य आधार हो । त्यसैले हरेक सरकारले सुशासनका अवयवलाई आफ्ना नियमित क्रियाकलापमा अन्तरघुलित गर्ने/गराउने प्रयास गरिरहेको हुन्छ । सुशासन आफ्नो औकात जाँच गर्ने सूचकसमेत भएकाले यसको सुदृढीकरणका लागि राज्यका सबै संयन्त्रलाई सरकारले नियमित परिचालन गरिरहेको हुन्छ । सरकारले कार्यान्वयनमा ल्याउने नीति, योजना, कार्यक्रमलाई जनताका माझमा पु¥याउने मुख्य भूमिकामा रहेको कर्मचारीतन्त्रले नै
घरबास पर्यटनको विकास
कसले बुझ्ने पर्यटनको मर्म ? आफू जन्मेको हुर्केको गाउँघर कसलाई मन नपर्ला र ! आजकाल नेपालमा घरबास पर्यटनको व्यापक चर्चा परिचर्चा हुन थालेको छ । घरबास पर्यटन व्यवसायप्रति केही भ्रम पनि छरिएका छन् । यद्यपि घरबास पर्यटन भन्नाले आफ्नै गाउँघर, रनवन घुमेर, बालापन सम्झेर नाचगान गर्ने, मिठो स्थानीय परिकार खाएर आफूलाई आफ्नै परिवेशमा भुलाउने मायालु वातावरणको स्थापना गराउने पर्यटन व्यवसाय नै घरबास पर्यटन हो । आफ्ना सन्ततिलाई आफ्नो
ज्येष्ठ नागरिकको सम्मान
ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध जनचेतना जगाउने उद्देश्यले सन् २००६ देखि अमेरिकास्थित इन्टरनेसलन नेटवर्क फर प्रिभेन्सन अफ एल्डर अब्युज (आइएनपिइए) नामक संस्थाले हरेक वर्ष जुन १५ मा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवस मनाउन सुरु गरेको थियो । यो दिनको विश्वव्यापी महत्व र आवश्यकतालाई मनन गर्दै संयुक्त राष्ट्रसङ्घले पनि सन् २०१२ देखि यो दिवसलाई मान्यता दियो । त्यसैले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले जुन १५
क्याम्पस प्रमुख कुशवाहाको मृत्यु
गोली लागेर गम्भीर घाइते हुनुभएका राजाराम मोहन बिक्रम बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभुषणप्रसाद कुशवाहाको उपचारको क्रममा मृत्यु भएको छ ।
बाराको राजाराम मोहन क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहार
राजाराम मोहन बहुमुखी क्याम्पस कलैयाका प्रमुख रविभुषण प्रसाद कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।
कावासोतीका स्थानीय र नगरपालिकाबिच १० बुँदे सहमति
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको नवलपुर सदरमुकाम कावासोतीका स्थानीय र नगर पालिकाका प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ। पीडितका परिवारलाई पाँच लाख उपलब्ध गराउनेसहित विभिन्न १० बुँदामा सहमति भएको हो।
ठुलोभेरी र सानीभेरी नदीको सङ्गमस्थल रिम्ना दोभान
जाजरकोट र रुकुमपश्चिमको सिमानामा पर्ने ठुलोभेरी र सानीभेरी नदीको सङ्गमस्थल रिम्ना दोभान ।
नाबालकसहित एकै परिवारका तीन जना मृत फेला
झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ मा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान ३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णुकमार चन्दले जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत गरिएका छन् ।