गर्मी बढेपछि विद्यालय बन्द
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विगत केही दिनदेखि बढेको गर्मीले पठनपाठन प्रभावित भएको भन्दै बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको हो ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.० प्रतिशतले घट्यो
अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ ।
भारतीय प्रधानमन्त्री मोदी बिहीबार इटाली प्रस्थान
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७)शिखर सम्मेलनमा भाग लिन बिहीबार इटाली प्रस्थान गर्नुहुनेछ ।
सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्दछ : सांसद बडू
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
व्यासको साँघे फाँट
तनहुँको व्यास नगरपालिका–५ स्थित साँघे फाँट । धान उत्पादनका लागि यो फाँट प्रख्यात छ ।
तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो ।
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ ।
छोरीको सुरक्षा जीवनभरि कार्यक्रम परिमार्जन गरिँदै
छोरीको जीवन सुरक्षाका लागि कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम परिमार्जन गरिने भएको छ । सो कार्यक्रम आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको हो । आव २०७८/७९ बाट भने छोरीको बैङ्क खातामा पैसा जम्मा हुन छोडेको छ तर पनि आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा समेत उक्त योजनालाई परिमार्जनसहित कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको छ ।
आम्दानीभन्दा कैयौँ गुणा बढी खर्च
कतिपय स्थानीय तहको आन्तरिक आयले त्यहाँका जनप्रतिनिधिको सेवासुविधा पनि धान्न नसक्ने अवस्था सिर्जना भएको छ । त्यस्तो अवस्थामा रहेको स्थानीय तह कैलालीको मोहन्याल गाउँपालिका पनि हो । सो गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को आन्तरिक आय २७ लाख ४७ हजार रुपियाँ मात्रै थियो तर गाउँपालिकाको पदाधिकारीको सुविधा मात्रै ६१ लाख रुपियाँ खर्च भएको छ । जनप्रतिनिधिले सेवा सुविधा लिन थालेपछि यो रकम निकै बढ्ने क्रममा रहेको छ । सो गाउँपालिकाका जनप्रतिनिधिले भ्रमण खर्चबापत मात्रै ४३ लाख, इन्धन खर्च ३१ लाख रुपियाँ भुक्तानी लिएका छन् । जनप्रतिनिधिका लागि एउटा भ्यान र तीन मोटरसाइकल खरिदमा ५९ लाख ७८ हजार रुपियाँ खर्च भएको छ । त्यसै गरी भोजन शीर्षकमा आठ लाख ४४ हजार रुपियाँ खर्च गरिएको थियो । सवारी मर्मत ३४ लाख २२ हजार रुपियाँ खर्चेको छ । पटक/पटक एउटै सवारीसाधन मर्मत गर्नुको प्रयोजन नखुलेको महालेखा परीक्षकको प्रतिवेदन २०८१ मा उल्लेख छ । माथि उल्लेख भएका सबै कुरा सो प्रतिवेदनमा औँल्याइएका छन् । यस्तै चुरे गाउँपालिकाले आ.व. २०७९/८० मा एक करोड चार लाख ५० हजार रुपियाँ आन्तरिक आय हुने अनुमान गरेको थियो तर ३० लाख रुपियाँ मात्रै उठ्यो । छ वटा वडा रहेको चुरे गाउँपालिकाका जनप्रतिनिधिको वार्षिक सुविधा ५५ लाख ५७ हजार ५०० रुपियाँ खर्च भएको थियो । यस वर्ष पालिकाको भ्रमण खर्च ३३ लाख रुपियाँ छ । कार्यालय प्रयोजनको इन्धन ४९ लाख ४४ हजार रुपियाँ छ । सवारी मर्मत १३ लाख ४३ हजार ६९० रुपियाँ छ ।
झोलुङ्गे पुल नबन्दा विद्यार्थीलाई सास्ती
झोलुङ्गे पुल नबन्दा मोहना नदीपारि रहेका दुई गाउँका विद्यार्थीलाई सास्ती भएको छ । कैलारी गाउँपालिका–३ मा रहेको मोहनपुर र शिवरत्नपुर गाउँका विद्यार्थीलाई समस्या भएको हो । आधारभूत तहसम्म पढाइ हुने विद्यालय गाउँमा नहुँदा दुवै गाउँका विद्यार्थी मोहना नदी तरेर अध्ययनका लागि पारिपट्टिको भितरिया, ‘के’ गाउँ र हसुलिया पुग्ने गरेका छन् । पारिपट्टिका गाउँसँग जोड्नका लागि झोलुङ्गे पुल छैन । मोहनपुरमा रहेको झोलुङ्गे पुलको पिल्लर मात्रै निर्माण भएको छ भने शिवरत्नपुरमा पनि पुल निर्माण अलपत्र छ ।
श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता
परिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गर्नुभएको छ ।
सङ्घीयता, लोकतन्त्र र बहुलवाद
सङ्घीयताले जनतालाई मालिक बनाउँछ । सरकारको उपस्थिति जनताको घरदैलोमा हुने गर्छ । समान अधिकार र सामाजिक न्यायका पक्षमा अभिमुख हुन्छ । आफ्नो भविष्यका बारेमा जनता आफैँले निर्णय लिने गर्छन् । पारदर्शिता र जवाफदेहिताको व्यवहारबाटै प्रत्याभूति दिइन्छ । त्यसैले त सङ्घीयतालाई उत्कृष्ट राजनीतिक व्यवस्थाका रूपमा मान्यता दिने गरिएको छ । यस्तो उत्कृष्ट व्यवस्थाले देशका सबै वर्ग, जात, जाति, धर्म, क्षेत्र सबैलाई न्यायोचित रूपमा सम्बोधन गर्छ/गर्नु पर्छ । यो व्यवस्थामा निरङ्कुशता र प्रजातान्त्रिक मूल्यमान्यता विपरीत कुनै पनि कामको कल्पना गरिन्न । सङ्घीयतामा देश प्रवेश गरिसकेपछि नयाँ मुलुकी संरचनासहित नेपाली नागरिकलाई उनीहरूको नयाँ संविधान प्राप्त गर्ने अधिकार सुनिश्चित गर्दै नेपालको संविधान (२०७२) जारी भएको हो । बहुलवाद
पर्यटन विकासमा मधेश
कुल गार्हस्थ उत्पादनमा झन्डै तीन प्रतिशतभन्दा बढी योगदान प्रदान गर्ने पर्यटन उद्योग नेपालका लागि महत्वपूर्ण लाभप्रद क्षेत्र हो । जसमा एक रुपियाँ लगानी गरेर पचास–साठी रुपियाँ आर्जन गर्न सकिन्छ । हाल यस क्षेत्रबाट यहाँको आर्थिक रूपले सक्रिय जनशक्तिको झन्डै २० प्रतिशतलाई रोजगारी प्राप्त भएको अनुमान छ । भौगोलिक बनोट एवं प्राकृतिक तथा सांस्कृतिक सम्पदाको उपलब्धताको कारण नेपालमा पर्यटन विकासका लागि केही सम्भावना छन् । उदाहरणका लागि यहाँको भूबनोट ६० देखि आठ हजार आठ सय मिटरसम्मको उचाइमा फैलिएकाले यहाँ प्रत्येक १० किलोमिटरको अन्तरालमा फरक हावापानी पाइन्छ । जसले धेरै पर्यटक आकर्षित गर्न सक्छ ।
लोकतन्त्रमा जनादेश
लोकतन्त्रमा जनादेश सर्वोपरि हुन्छ । मताधिकारमार्फत जनताले दिएको आदेशलाई सबैले स्वीकार गर्नै पर्छ । चुनावमा हारजित स्वाभाविक हुन्छ । चुनाव हार्दा आत्तिने र जित्दा मात्तिने गर्नु हुँदैन । मतदाताको पक्षमा काम गर्न नसक्दा चुनाव हारिन्छ भने राम्रो काम गरेको अनुभूति मतदाताले गरे भने चुनाव जितिन्छ । चुनावको परिणामलाई हार्ने र जित्ने दुवै पक्षले गम्भीर रूपमा लिने र आत्मसमीक्षा गर्नु पर्छ । विश्वकै सबभन्दा ठुलो लोकतान्त्रिक अभ्यास गर्ने मुलुक भारतमा सम्पन्न अठारौँ लोक सभा निर्वाचनको जनादेशले सबैलाई सचेत गराएको छ । निर्वाचनको परिणाम आउनुअघि ग
रूपान्तरणमा साना किसान कार्यक्रम
समाज परिवर्तनशील हुन्छ । समाजको संरचनाले व्यक्ति, परिवार, टोल, समुदाय, जातजाति, धर्म, लिङ्ग, विभिन्न आर्थिक सङ्गठन, गैरनाफामूलक सामाजिक संस्था आदि सबैलाई समेटेको हुन्छ । समाजका यी सबै एकाइमा कुनै पनि सकारात्मक परिवर्तन आयो भने त्यो नै सामाजिक रूपान्तरण या परिवर्तन हो । परिवर्तनको गति समाजको स्वरूप, भूगोल, शिक्षा, सचेतना र समृद्धिका लागि गरिएका क्रियाकलापमा निर्भर हुन्छ । मानवीय सम्बन्धहरूको सञ्जाल र मानिसले सिर्जना गरेका पारस्परिक लाभका आधारलाई हरेक पक्षबाट बलियो बनाउनु नै सामाजिक रूपान्तरण हो । साना किसान विकास अभियानले साना किसान कृषि सहकारी संस्थामार्फत ने
‘नेपाल र कोरियाबिच जनस्तरको सम्बन्ध छ’
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टई योङले नेपाल र दक्षिण कोरियाबिच जनस्तरको सम्बन्ध रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानमा जारी ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन पश्चात् बुधबार उहाँले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सो कुरा बताउनुभएको हो ।
बिउँ छनोटमा किसानको अन्यौलता
मानो रोपेर मुरी फलाउने किसानहरूलाई यतिबेला धानको बिउँ राख्ने चटारो छ । बसन्ते बाली थन्काएर ब्याड तयारी गरी बिउँ राख्न तराईका किसानहरूलाई धमाधम लागेका छन् ।
समाजवादी मोर्चा नयाँ ढङ्गले अघि बढाउन चाहेका छौँ: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले, जनता समाजवादी पार्टीसहितलाई समेटेर समाजवादी मोर्चालाई अघि बढाउन चाहेको उल्लेख गर्नुभएको छ ।
औषधी अभावमा स्वास्थ्य बिमाबन्द, बिमित स्वास्थ्य सुविधा पाउनबाट वञ्चित
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम दुई सातादेखि बन्द रहँदा बिमित स्वास्थ्य सुविधा पाउनबाट वञ्चित रहेका छन् ।
गर्मी बढेपछि घोराहीमा दुई दिन विद्यालय बन्द
दाङमा गर्मी बढेपछि घोराही उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । दाङको घोराही उपमहानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै वर्षे बिदाबाट कट्टी हुने गरी यही जेठको ३१ र ३२ गतेका दिन विद्यालयहरूलाई बिदा दिने निर्णय गरेको हो ।
तीन साहित्यकारलाई मधुपर्क सम्मान
गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५७ औं वार्षिकोत्सव आज मनाइएको छ । सो अवसरमा तीन जना वरिष्ठ साहित्यकार सम्मानित हुनुभएको छ ।
जबरजस्ती करणीको आरोपमा अहेब पक्राउ
पाल्पामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिब्दीकोट–५, नयाँटोलाका ३६ वर्षीय बृहस्पति पचभैया रहेको प्रहरीले जनाएको छ ।
प्रधानाध्यापकसहित चार जनाविरुद्ध रकम हिनामिना गरेको आरोप
सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ४ स्थित शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराईसहित चार जनाविरुद्ध चार लाख ६० हजार ४५५ रुपियाँ रकम हिनामिनाको आरोप लागेको छ ।
दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सांसद परियारको ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।