तीनजनाको मृत्युपछि कावासोती तनावग्रस्त
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगरप्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नारावाजी गर्दै नगरपालिका र नीजि निवासमा तोडफोड गरेका छन् ।
३७ वर्ष बित्दा पनि बनेन गीताचौर-रावतकोट सिँचाइ आयोजना
तत्कालीन गाउँ विकास समिति (रावतकोट, वडालम्जी, भैरीकालीकाथुम, बाँसी, रानीवनका) किसानहरुलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले ३७ वर्षअघि सुरु गरिएको गिताचौर-रावतकोट सिँचाइ आयोजना निर्माण सम्पन्न हुन सकेको छैन ।
किसानलाई बाली भित्र्याउन चटारो
पूर्वी नवलपरासीका किसान यतिखेर हिउँदे बाली भित्र्याउन व्यस्त रहेका छन् । कहिँ हिउँदे धान त कहिँ मकै भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको छ ।
रणबाङ–दरबाङ सडक कालोपत्र योजना अलपत्र
सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र परेको छ ।
काठमाडौंबासीलाई खानेपानी सङ्कट निम्तिदैँछ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौँवासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गर्नुभएको छ ।
दुर्घटनामा युवकको मृत्यु
बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
आर्थिक तथा प्रशासनिक स्वायत्तता कटौतीलाई आयोगले सकारात्मक रुपमा लिएको छैन : अध्यक्ष रेग्मी
देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले २००८ असार १ गते स्थापना भएको लोक सेवा आयोग ७४आँै वर्ष प्रवेश गर्दैछ ।
हाकुमाया (नाटक)
मञ्च अन्धकार छ । नेपथ्यबाट अस्पष्ट ध्वनि क्रमशः नजिकिन्छन् । जँड्याहाको लरबरिएको स्वर सुनिन थाल्छ । जड्याहाँ: (रक्सी
आफ्नै स्वभावको मान्छे
काठमाडौँको अनामनगर बस्नुहुन्थ्यो उहाँ । संसद् सचिवालयमा जागिर । घरबाट धेरै टाढा पनि थिएन । अनामनगर बस्ने धेरै छन्, जागिर खाने कर्मचारी पनि त्यत्तिकै छन् । राधेश्याम भट्टराई अलि भिन्न । शालीन पा
सभ्य राजनीतिक अभ्यास
नेपालको वर्तमान राजनीति लोकतान्त्रिक मूल्य र मान्यता अनुरूप व्यवहारमा मिलेको देखिँदैन । लोकतन्त्र भनेको निर्वाचन हो, अङ्कको हिसाब हो, अल्पमत र बहुमतको अभ्यास हो तर त्यति मात्र लोकतन्त्रको पूर्णता भने होइन । लोकतन्त्रमा जिम्मेवारी, जवाफदेहिता र दायित्वका सवाल पनि सँगसँगै जोडिएर आउँछन् । साथै विश्वका सबै देश भूमण्डलीकरणको प्रक्रियामा जोडिएका छन् । विश्वव्यापी रूपमा उठेका सवाल र चासोसँग बेवास्ता, अप्रभावित र निरपेक्ष भएर रहन पनि सकिँदैन ।
कांग्रेससँग जोडिएको भविष्य
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो । नेपालको हरेक परिवर्तनमा उसैले नेतृत्व गर्दै आएको छ । राणाविरोधी आन्दोलनको नेतृत्व गरेर प्रजातन्त्र स्थापना गरेदेखि पछिल्लो गणतन्त्र स्थापनापछि संविधान सभाबाट संविधान जारीसम्मको नेतृत्व कांग्रेसले गरेको छ । आन्दोलनको नेतृत्व मात्रै होइन सबैभन्दा बढी शासनसत्ता सम्हाल्ने अवसर पनि उसैले पाएको छ । लामो समय सत्तामा बसेकै कारण कांग्रेसका कमीकमजोरी नभएका होइनन् । प्रजातान्त्रिक संस्कारको जगमा हुर्किएकाले आलोचनाको संस्कृतिलाई सम्मान गर्दै आएको छ । यो उसको महत्वपूर्ण पुँजी हो । पछिल्लो पटक संसद्को ठुलो दल भएर पनि प्रतिपक्षी बेन्चमा बस्न बाध्य छ ।
जलवायु जोखिम बेहोरिरहेका देशलाई क्षतिपूर्ति आवश्यक
सर्वप्रथम यो सम्मेलनको पूर्ण सफलताका लागि मैले विश्वको सर्वोच्च शिखर सगरमाथा एवं शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमिबाट नेपाली जनताको अभिवादन र शुभेच्छा साथै लिएर आएको कुरा व्यक्त गर्दछु । त्यसै गरी सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन निर्माण भई यसको कार्यान्वयन प्रारम्भ भएकोमा म अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बद्ध सबैलाई हार्दिक बधाई दिन चाहन्छु । यस सम्मेलनलाई सम्बोधन गर्न मलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्नुभएकोमा म अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकलाई धन्यवाद व्यक्त गर्दछु । यस अन्तर्राष्ट्रिय श्रम संसद्लाई सम्बोधन गर्न पाउँदा मैले आफू सम्मानित भएको महसुस गरेको छु ।
सङ्घीयता सुधारका क्षेत्र
विविधता व्यवस्थापनको दृष्टिले नेपालको सङ्घीयता शासकीय आयाम अभिवृद्धिमा महत्वपूर्ण साबित हुने अपेक्षा गरिएको छ । राजनीतिक भाषामा सुशासन र समृद्धिको मार्गमा यसको अवलम्बन फलदायी हुने दलहरूको निचोड हो । यस तथ्यलाई संविधानले नै स्वीकार गरेको छ । समाजमा विद्यमान सामाजिक, आर्थिक, भौगोलिकलगायतका असमानता न्यूनीकरण गरी देशको विकासमा नयाँ आयाम भित्र्याउनु यस शासकीय शैली अवलम्बनको मूल अभीष्ट हो । क्षेत्रीय, समाजि
ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
२८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जारी गरेको सूचना अनुसार मन्त्रीपरिषद्को २०८१ जेठ २४ गतेको बैठकले गरेको निर्णयका आधारमा पहिलो चरणमा २८ जिल्लामा यो प्रावधान लागु गर्न लागिएको हो । मन्त्रीपरिषद्को निर्णय अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
नालामा पुरिएर तीन महिलाको मृत्यु
नवलपुर सदरमुकाम कावासोतीको फलफूल चोकमा नाला खन्ने क्रममा पुरिएर तीन जना महिला मजदुरको मृत्यु भएको छ ।
गतवर्षको भन्दा यो वर्ष वर्षा बढी हुने
यसवर्ष गतवर्षको तुलनामा बढी वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्।
मधेश प्रदेश सरकारको नीति कार्यक्रम सर्वसम्मत पारित
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ । मधेश प्रदेश सभाको बिहीबार बसेको तेस्रो अधिवेशनको सातौँ बैठकले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको हो ।
बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ ।
गर्मी अत्यधिक बढेपछि विद्यालय दुई दिन बन्द
अत्यधिक गर्मी बढेपछि नवलपुरका विद्यालयहरूमा थप दुई दिन बिदा दिइएको छ । मौसममा कुनै सुधार नआएपछि जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाले थप दुई दिन विद्यालयमा बिदा दिएका छन् ।
पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द
भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहीबारदेखि बन्द भएको छ । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो ।
‘तातो हावाको लहर ‘लू’ प्रतिकार्यमा जुटौँ’
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगन्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर ‘लू’ प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ ।
लगानी बोर्ड तत्काल खारेज गर्न सांसद सुवालको माग
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।