विपत् पूर्वतयारी योजना
कोभिडको कहर सुरु भएलगत्तै संसारभर जीवनको अनिश्चितता छायो । मानिसहरूको यात्रा घरभित्रै सीमित बन्यो । देश विदेश जानेहरू अझ बढी चिन्तित र त्रसित बने । वास्तवमा त्यो कठिन समयमा परिवारबाट टाढा हुनुको पीडा तिनै नेपालीहरू जो २–४ पैसा जोहो गरी परिवार सुखी र खुसी राख्ने सपना बोकेर बिछोडिएका हुन्छन् उनीहरूलाई थाहा हुन्छ । कोभिड–१९ महामारीको त्रासदी संसारभर फैलिएको त्यो समयमा सबैको जीवन अस्तव्यस्त भएको थियो । धनी, गरिब, सहरिया गाउँले सबै प्रभावित भए ।
रोकौँ निराशाको खेती
सर्वाधिक स्वतन्त्रतासहितको लोकतान्त्रिक गणतन्त्र लामो र कठोर सङ्घर्षपछि प्राप्त भएको छ । २०७२ को संविधानपछिका दुई दुई वटा चुनावसँगै यो संस्थागत हुँदै गएको छ । नेपाली जनतामा चेतनाको विस्तार भएको छ । जनताले चुनावमा आफ्नो हक प्रयोग गरी फरक फरक नतिजा दिँदै आएका छन् । समाजमा सबै खाले विषयमा खुला बहस हुने गरे
भूकम्पको मानवशास्त्रीय पाटो
विसं २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएको गएको भूकम्पले नेपालमा ठुलो धनजनको क्षति भयो । त्यसको पुनर्निर्माण अझैसम्म सम्पन्न हुन सकेको छैन । मानवशास्त्रको विद्यार्थीका नाताले सोही भूकम्पले पु¥याएको क्षतिको अध्ययन अनुसन्धान गर्नु र त्यसमा भूकम्प जस्ता जोखिमबाट बच्न गर्नुपर्ने पूरा तयारीमा केही योगदान पु¥याउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयबाट ‘एन्थ्रोपोलोजी अफ डिजास्टर’ (भूकम्पमा) विद्यावारिधि गर्ने सोच आयो ।
व्यवस्थाको संस्थागत विकास
नेपाली समाजको विकासक्रम गहिरो ढङ्गले नियाल्ने हो भने सामाजिक सद्भाव, मेलमिलाप र एकताबद्ध रूपमा अघि बढ्ने, एक अर्कालाई आवश्यक पर्दा सहयोगी हात अघि बढाउने, मुलुकको शासन प्रशासनलाई सही बाटोमा अघि बढाउन बनेका योजनालाई बिनासर्त, बिनास्वार्थ पूरा गराउन सहभागिता जनाउने जस्ता आधारभूत असल मान्यता कार्यान्वयनमा सहयोगी भूमिका छ ।
पारिवारिक अदालत किन ?
‘महिलावादी भएका लगाउ नभएका अंश, नाता कायम, घरेलु हिंसा र बालबालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाहलगायत बालबालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरूको सुनुवाइ गर्न नेपालमा पहिलो पटक काठमाडौँ जिल्ला अदालतमा ‘डेडिकेटेड’ दुई वटा पारिवारिक इजलास आरम्भ भएको छ । पृथक् इजलासबाट पारिवारिक विवादको न्याय सम्पादन गर्दा न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाले न्यायमा पहुँच सुनिश्चित गर्न,
चलचित्र कानुन निर्माणका आधार
सूचना, ज्ञान र अनुभव मानव मस्तिष्कलाई फराकिलो बनाउने तत्व हुन् । मस्तिष्कलाई फराकिलो नबनाई समाज परिवर्तनको परिकल्पना गर्न सकिँदैन । समाजको इतिहास, वर्तमान र सम्भावित भविष्यका बारेमा गरिने अध्ययनले मानिसको मस्तिष्कलाई फराकिलो बनाउँछ । समाज विज्ञानको अध्ययन मानव मस्तिष्कलाई फराकिलो बनाउने आधार हो । संस्कृति र संस्कारसँगै सामाजिक धरातल तयार हुन्छ । समग्र समाजको अध्ययन जति बढी गरिन्छ, त्यति
ट्राफिक व्यवस्थापन र नागरिक
सवारीचालकले सवारीसाधन चलाउँदा अनावश्यक हर्न बजाउने, तीव्र गतिमा सवारीसाधन चलाउने र मोबाइल फोनको प्रयोग गर्ने जस्ता व्यवहार आमरूपमा देख्न पाइन्छ । यसै गरी कतिपय चालकले सवारीसाधन चलाएकै बेला पनि मादक पदार्थ तथा लागुऔषध सेवन गर्ने गरेको समेत भेटिन्छ । जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता नदिने, सडक लेन उल्लङ्घन गर्ने तथा अव्यवस्थित पार्किङ गर्ने जस्ता व्यवहार पनि हामीले देखेकै छौँ । यति मात्र होइन भाडाका सवारीले नि
गरिबी न्यूनीकरण रणनीति
जीवन निर्वाह गर्न न्यूनतम पूर्वाधार नहुनु एवं आधारभूत आवश्यकताको पूर्ति हुन नसक्नु वा सक्षम नहुनुले गरिबको चित्रण गर्छ । अभाव, अन्योल, अस्थिर, अपहेलित र असुरक्षित जीवनमा गरिबीको जीवनचक्र रहेको हुन्छ । गरिबी मानव जीवनको पीडाबोध हुने अवस्था हो । गरिबीलाई अर्थशास्त्रको सिद्धान्तले व्याख्या गरिए तापनि यो समाजशास्त्र र मानवशास्त्रसँग पनि सन्निकट भएको विषय हो । सामान्य अर्थमा गाँस, बास र कपासको व्यवस्थापन हुन कठिन भएको मानव जीवन नै गरिबी हो ।
भूकम्पपीडितलाई चिसोबाट जोगाऔँ
जाजरकोट भूकम्पले त्यहाँका आमनागरिकको जनजीवन झनै कष्टकर बन्दै गएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी संयन्त्र, नागरिक समाज, गैरसरकारी संस्था एवं अन्तर्राष्ट्रिय समुदायको सामूहिक प्रयासपछि भूकम्पमा परी ज्यान गुमाएका र घाइते भएका नागरिकको उद्धार भएको छ । तथापि त्यहाँको जनजीवन सामान्य स्तरमा ल्याउन थप प्रयासको खाँचो छ । यसबिचमा थुप्रै पराकम्प गइरहेका र मूल भूकम्पको धक्का राजधानी काठमाडौँ र मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको भए पनि अरू नोक्सानी भएको छैन । छिमेकी सल्यान, रोल्पा, दैलेख, जुम्लालगायतका जि