अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि
अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा अपन राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले हरायो ।
एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिनुभएको छ । फिफा अध्यक्ष इन्फान्टिनोले मंगलबार नेम्वाङलाई पत्र लेख्दै नव निर्वाचित एन्फा कमिटिलाई बधाई दिनु भएको हो ।
राजु विदेसिँदा चिन्तित छन् भलिबलप्रेमी
अब सायदै भलिबल कोर्टमा देखिनुहेनेछ, राजु विक। देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उहाँलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बन्नुभएको छ ।
जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा
जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगता असार १७ देखि १९ गतेसम्म हुनेछ ।
गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा १२औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असार १८ गतेदेखि २० गतेसम्म सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ सिल्ड सुरु
काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
म्याग्दीमा राष्ट्रपति रनिङ शिल्ड हुने
हिमाली जिल्ला म्याग्दीको बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।
क्रिकेट टोली क्यानडा जाँदै
आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिदेशीय सिरिज खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाली टोलीको विदाई गरेको हो ।
एथलेटिक्समा पदक विजेतालाई एपीएफको सम्मान
४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पदक विजेता आफ्नो विभागका खेलाडीलाई शसस्त्र प्रहरी बल (एपीएएफ) ले सम्मान गरको छ । खेलाडीलाई सोमबार शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गर्नुभएको हो ।