दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ ।
दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत
भीमेश्वर नगरपालिका–३ सुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
शोधनान्तर स्थितिमा सुधार, बढ्यो रेमिट्यान्स
अघिल्लो वर्ष घाटामा रहेको नेपालको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा सुधारिएको छ । सरकारले आयातमा गरेको कडाइले गत वर्ष करिब तीन खर्बले बचतमा रहेको हो । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९/८० को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत असारसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।
सामान्य अङ्कले बढ्यो नेप्से
नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ ।
छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरेको छ ।
तामाकोशीले गर्यो हकप्रद शेयर निष्कासन
दोलखाको बिगु गाउँपालिका–१ लामाबगर स्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले हकप्रद शेयर निष्कासन गरेको छ ।
नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ ।
न्यून अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो ।
सर्वसाधारणका लागि सेयर जारी गर्दै विद्युत् प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेयर जारी गर्ने तयारी भइरहेको बताउनुभयो ।
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि
यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ ।
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।
नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो
साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।
नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो
काठमाडौं, साउन १७ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिद बिक्री हुँदा एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह पाँच दशमलव ६८, लघुवित्त ११ दशमलव ०७ र व्यापार समूह एक दशमलव ७८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ७८ दशमलव ०८ र निर्जीवन बीमा समूह ६५ दशमलव ४४ अङ्कले बढेको छ । आज बैंकिङ समूह १० दशमलव ५१, विकास बैंक ३९ दशमलव ३३, वित्त ३० दशमलव ६२ र लगानी समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ । त्यस्तै, जीवन बीमा ४२ दशमलव ८१, उत्पादन तथा प्रशोधन १७ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह चार दशमलव ६६ अङ्कले बढेको छ । आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव १४ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ११ करोड १९ तीन लाख पाँच सय १९ बराबरको शेयर मूल्य किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १८ लाख १८ हजार नौ सय नौ कित्ता शेयर किनबेच भएको छ ।रासस
नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज (सोमबार) सामान्य अङ्कको सुधार देखिएको छ ।
नेप्से परिसूचक आज पनि घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ ।
नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ ।
सेयर बजारमा उच्च सुधार
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा पनि उच्च अङ्कले सुधार आएको छ । नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यादेखि सुधारतर्फ लम्केको सेयर बजार आइतबार उच्च अङ्कले सुधारिएको छ भने कारोबार रकममा पनि बढोत्तरी आएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोकर्जाको जोखिमभार पुनरवलोकन गर्ने घोषणा गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । राष्ट्र बैङ्कले यसअघि सेयर कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पु¥याएको थियो ।
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव : ६३.२४ अङ्कले बढ्यो नेप्से परिसूचक
नेपाल राष्ट्र बैङ्कले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ।
सेती खोला हाइड्रोले आइपिओ ल्याउने
सेती खोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपियाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । एक सय रुपियाँ अङ्कित दरका ६० लाख कित्ता साधारण सेयर सर्वसाधारण र आयोजनाबाट प्रभावित भएका स्थानीयका लागि जारी गर्ने भएको छ । सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।
थप ११ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स
ब्रोकर लाइसेन्स पाउने कम्पनीहरूको सङ्ख्या २९ पुगेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको बिहीबारको निर्णयानुसार थप ११ कम्पनीलाई लाइसेन्स दिइएको हो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिएको बोर्डले जनाएको छ । बोर्डले मिल्की वे सेयर ब्रोकर कम्पनी (महाराजगञ्ज, काठमाडौँ), क्यापिटल हब प्रालि (अनामनगर, काठमाडौँ), आकाश भैरव सेक्युरिटिज (ललितपुर), पाही इन्भेस्टमेन्ट प्रालि (गोकर्णेश्वर–काठमाडौँ), एसपिएसए सेक्युरिटिज (बानेश्वर, काठमाडौँ) लाई ब्रोकर लाइसेन्स दिएको छ ।