• ६ जेठ २०८१, आइतबार

थप ११ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

blog

काठमाडौँ, साउन ६ गते । ब्रोकर लाइसेन्स पाउने कम्पनीहरूको सङ्ख्या २९ पुगेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको बिहीबारको निर्णयानुसार थप ११ कम्पनीलाई लाइसेन्स दिइएको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिएको बोर्डले जनाएको छ ।

बोर्डले मिल्की वे सेयर ब्रोकर कम्पनी (महाराजगञ्ज, काठमाडौँ), क्यापिटल हब प्रालि (अनामनगर, काठमाडौँ), आकाश भैरव सेक्युरिटिज (ललितपुर), पाही इन्भेस्टमेन्ट प्रालि (गोकर्णेश्वर–काठमाडौँ), एसपिएसए सेक्युरिटिज (बानेश्वर, काठमाडौँ) लाई ब्रोकर लाइसेन्स दिएको छ ।

बोर्डले एनएमबी सेक्युरिटिज प्रालि (नक्साल, काठमाडौँ), सानिमा सेक्युरिटिज (नक्साल, काठमाडौँ), स्टक्स्कार्टस् सेक्युरिटिज (कामनपा–२९), इन्दिरा सेक्युरिटिज (सुन्धारा, काठमाडौँ), ब्लु चिप सेक्युरिटिज (कामनपा–२९) र गरिमा सेक्युरिटिज (कामनपा–१५) लाई बोक्रर लाइसेन्स दिएको हो । बोर्डले ११ वटै कम्पनीलाई सीमित कार्य गर्ने गरी लाइसेन्स दिएको जनाएको छ । 

बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका मध्ये ४३ कम्पनीलाई आशयपत्र प्रदान गरेको थियो । जसमा १८ ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरी सकेकोमा सात ब्रोकरले नेप्सेबाट  सदस्यता अनुमति पाएर कारोबारसमेत सुरु गरिसकेका छन् । अब बाँकी १४ कम्पनीले ब्रोकर लाइसेन्स पाउन बाँकी छ ।