• ६ जेठ २०८१, आइतबार

सेती खोला हाइड्रोले आइपिओ ल्याउने

blog

काठमाडौँ, साउन ७ गते । सेती खोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपियाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । एक सय रुपियाँ अङ्कित दरका ६० लाख कित्ता साधारण सेयर सर्वसाधारण र आयोजनाबाट प्रभावित भएका स्थानीयका लागि जारी गर्ने भएको छ । सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । 

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सेती खोला हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष अनुप आचार्य र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ । सेती खोला हाइड्रोपावरको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपियाँ, जारी पुँजी एक अर्ब ५० करोड रुपियाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रुपियाँ रहेको छ ।  

सेती खोला हाइड्रोपावर कम्पनी गत असार २९ गते पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । कम्पनीले कास्कीको पोखरामा पाँच अर्बको लागतमा २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट वार्षिक १३७.१८ गिगावाट आवर विद्युत् उत्पादन गर्ने जनाइएको छ ।