दुई पटक म्याद थप्दा पनि बनेन अस्पताल
रुकुमपश्चिमस्थित जिल्ला अस्पताल भवन निर्माणका लागि दुई पटक म्याद थप हुँदा पनि पूरा हुन सकेको छैन । निर्माणको करिब अन्तिम चरणमा रहेको अस्पताल पूरा गरेर हस्तान्तरण गर्न अझै म्याद थप गर्नुपर्ने बताइएको छ ।
पालिकाको बलमिच्याइँले बजेट दुरुपयोग
कैलालीको धनगढी उपमहानगरपालिकाको बलमिच्याइँका कारण करोडौँ रुपियाँको बजेट दुरुपयोग भएको छ । धनगढी उपमहानगरपालिका–७, देवहरिया वनस्पति उद्यानस्थित जाखोर तालपरिसरमा सिमेन्टको ब्लक लगाउने र सोलार बत्ती जडान गर्ने कार्यमा ठुलो बजेट दुरुपयोग भएको हो ।
महाकाली तर्न डुङ्गाकै भर
डडेलधुराको भित्री मधेश जोगबुढा क्षेत्रबाट रोजगारी र दैनिक उपभोग्य वस्तुदेखि औषधी उपचारका लागि जाने नजिकको अस्पताल, बजार क्षेत्र भनेको भारतको टनकपुर, वनवासा क्षेत्र नै हो । नयाँ वर्ष लागेसँगै बिसुपर्व मनाउन भारतका विभिन्न सहरबाट स्वदेश फर्कंदै गरेका सयौँ जोगबुढावासी जोखिम मोलेरै डुङ्गाको भरमा महाकाली नदी तर्न बाध्य छन् । भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न महाकाली नदीमा पुल नहुँदा स्थानीयवासीले डुङ्गाकै सहारा लिनु परेको हो ।
काठमाडौँमा पुनः रात्रिकालीन बस सेवा
काठमाडौँ महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर रात्रिकालीन बस सेवा पुनः सञ्चालनमा ल्याएको छ । यसअघि पटक पटक सञ्चालन र बन्द हुँदै आएको रात्रिकालीन बस सेवा मङ्गलबार बेलुका ८ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
‘महिलाका लागि प्रत्यक्ष कोटा सुनिश्चित हुनु पर्छ’
विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा थालेकी गीताकुमारी लिङ्देन (सेन्दाङ) समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । यसअघि २०७४ र २०८९ सालको प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक बन्दसूचीमा परे पनि लिङ्देनले संसदीय यात्रा भने अघि बढाउन सक्नुभएको थिएन । यस पटक भने उहाँले यात्रा तय गर्नुभयो ।
कोशी कटानबाट बस्ती जोगाउन स्थायी तटबन्ध
कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका–८, लाहुरेखोचस्थित डुम्रीबोटे क्षेत्रमा बिगबोल्ड अर्थात् ठुला ढुङ्गाको तटबाँध निर्माण गरी वर्षा आउनुअगावै कटान रोकथामको काम सुरु गरिएको छ ।
मिथिलामा आज जुडशीतलको रौनक
मिथिला क्षेत्रको विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व ‘जुडशीतल’ यतिबेला तराई–मधेशमा बुधबार (आज) हर्षोल्लासका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख २ गते मनाइने यो पर्वलाई ‘जुडशीतल’, ‘बाइस पावनी’ र ‘सिरुवा’ जस्ता विभिन्न नामले पनि चिनिन्छ ।
शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नं.–३
नेपालको संविधान, लोकतान्त्रिक मूल्यमान्यताको आदर्शलाई आत्मसात् गरी २००७ सालदेखि भएका विभिन्न राजनीतिक आन्दोलनका साथै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्ने नितान्त फरक प्रकृतिको माग राखी २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको परिवेशमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएका राजनीतिक दलमध्ये जम्मा छ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । निर्वाचन
मेहनतले दिलाएको सफलता
घरबाटै जिम सुरु गर्नुभएका उहाँ यतिबेला खेलाडी मात्र हुनुहुन्न, राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्णायक/प्रशिक्षकको भूमिकामा पनि परिचित हुनुहुन्छ । विसं २०५५ मा मिस्टर धर्मश्री बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि जितेपछि उहाँको उचाइ बढ्दै गयो । नेपाल स्ट्रेथ लिफ्टिङ महासङ्घको महासचिव र विश्व स्ट्रेथ लिफ्टिङ महासङ्घको कार्यकारी सदस्यसमेत रहनुभएका कपिलवस्तुका जीवन गिरीले धेरै चुनौती पार गर्दै यो उचाइ हासिल गर्नुभएको हो ।
बालमनोविज्ञानको कथा ‘कोही किन बर्बाद होस्’
नाटक ‘कोही किन बर्बाद होस्’ मञ्चन हुने भएको छ । सोसल पब्लिक स्कुल बुद्धचोकको प्रस्तुति र पोखरा थिएटरको सहकार्यमा वैशाख ३ देखि ५ गतेसम्म पोखरा थिएटरमा नाटक नियमित मञ्चन हुन लागेको हो ।
‘वाइनकप’ च्याउ नयाँ सम्भावना
च्याउ बन्द कोठाभित्र निश्चित तापक्रममा फलाउने तरकारी भनेर धेरैले बुझेका छन् तर खुला आकाशमै आलु खेती जस्तै माटोको ड्याङ (रिज) बनाएर उत्पादन गर्न सकिने ‘वाइन कप’ च्याउको नेपालमा सफल परीक्षण भएसँगै सम्भावनाको नयाँ ढोका खुलेको यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् । कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कीट विशेषज्ञ आरपी मैनालीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले परीक्षण गरेको यो
‘शासकीय सुधारमा केन्द्रित हुँदै ऊर्जा मन्त्रालय’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो दुई सातामा आफ्ना गतिविधि विभिन्न संरचनात्मक तथा नीतिगत परिमार्जन सेवा प्रवाह सुधार र शुशासनका क्षेत्रमा नयाँ पहल अघि बढाइरहेको जनाएको छ । गत चैत १३ गते ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ नियुक्त भएसँगै मन्त्रालयले यी क्षेत्रमा परिवर्तनको प्रयास थालेको हो ।
एक वर्षमा सवा लाखले बढ्यो सुनको मूल्य
एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्य तोलामा सवा लाख रुपियाँले बढेको छ । २०८२ वैशाख १ मा प्रतितोला एक लाख ८४ हजार तीन सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक लाख १५ हजार पाँच सय रुपियाँले बढेर मङ्गलबार दुई लाख ९९ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
मन्त्रीकै खाजामा किरा परेको ड्राइफ्रुट्स
यही आइतबार (चैत २९ गते) वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव कार्यक्रम थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो, कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई ।
कांग्रेसको एकमहिने अभियान
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि एकमहिने अभियान सुरु गरेको छ । सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गरी मङ्गलबार अभियान आरम्भ गर्नुभएको हो । कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न र पार्टीलाई पुनः सङ्गठित गर्ने उद्देश्यसाथ ‘जरा अभियान’ घोषणा गरेको हो ।
चुरेक्षेत्रको संरक्षण गर्न प्राधिकरण गठन गर्ने प्रतिबद्धता
सरकारको राष्ट्रिय प्रतिबद्धताको मसौदामा चुरे संरक्षण प्राथमिकतामा परेको छ । वन, जलाधार र पानीको संरक्षण गरी जलवायु अनुकूल दिगो विकास सुनिश्चित गरिने सरकारको राष्ट्रिय प्रतिबद्धताको मसौदामा उल्लेख छ । सरकारले छ दलका घोषणापत्र समेटेर सोमबार सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धताको मसौदामा मध्यपहाडी र चुरेक्षेत्रमा सम्भव स्थानमा पानी सङ्कलन पोखरी निर्माण गरी वर्षा र खोलाको पानी व्यवस्थापन गरी बाढी र खडेरीको शृङ्खला तोड्न वैज्ञानिक प्रणाली अपनाउने उल्लेख छ ।
वैशाख ५ देखि असनमा सवारी निषेध
काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने भएको छ ।
स्वकीय सचिवको प्रक्रियाका लागि सिफारिस
सङ्घीय संसद् सदस्यका लागि स्वकीय सचिवको योग्यता निर्धारणको प्रक्रिया तथा आवश्यक व्यवस्थापनको प्रक्रिया अघि बढाउन संसद् सचिवालयले सरकारलाई सिफारिस गरेको छ । सोमबारको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पदाधिकारी तथा सदस्यको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
छात्रवृत्ति पाउनेको नाम देखिने गरी टाँस्नुपर्ने
निजी विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थीको नाम अभिभावकले देखिने गरी सार्वजनिक गर्नुपर्ने भएको छ । छात्रवृत्ति वितरण प्रणालीलाई पारदर्शी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो पहल गरेको हो ।
बढ्यो घर फिर्ती उद्धार
पश्चिम एसियाका विभिन्न मुलुकबाट फर्कन चाहने नेपाली नागरिक सरकारको समन्वयमा उद्धार भएर स्वदेश फर्कने क्रम बढेको छ । परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा युद्धप्रभावित पश्चिम एसियाका विभिन्न मुलुकमा अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण प्रभावित बनेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन थालिएको हो । उहाँको विशेष आग्रहमा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्ससहितका उडानमार्फत नेपाली नागरिक स्वदेश फर्कने क्रम बढेको हो ।
आर्थिक स्थायित्वसहितको अठारबुँदे सुधार योजना
सरकारले आर्थिक क्षेत्रको स्थायित्व र सुधारसहित १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मसौदा सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मङ्गलबार शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अनुसार प्रतिनिधि सभामा रहेका छ वटै दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्र अनुसार राष्ट्रिय प्रतिबद्धताको मसौदा बनाएको हो । प्रधानमन्त्री कार्यालयले प्रतिनिधि सभा सदस्यका लागि २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनबाट संसद्मा आएका दलका घोषणापत्रका आधारमा तयार गरिएको राष्ट्रिय प्रतिबद्ध