‘घरघरमा डाक्टर’ अभियान
बर्दिबासस्थित आँखा उपचार केन्द्रले ‘घरघरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ। ग्रामीण भेगका गरिब तथा विपन्नको आँखाको समस्या पहिचान र उपचार गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको केन्द्रले जनाएको छ। नेपाल नेत्र ज्योति सङ्घ, पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम तथा सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा अभियान सञ्चालन गरेको केन्द्रका प्रमुख रमेश साहले बताउनुभयो।
पाँच किलो धानमा दिनभरि काम
धनुषाको शहीद नगरपालिका–६, हठिपुरकी ५२ वर्षीया चन्द्रकला पासवान कृषि मजदुर हुनुहुन्छ। दिनभरि कृषि मजदुरी गरेबापत उहाँले पाँच किलो धान पारिश्रमिक पाउनुहुन्छ। एक किलो धानको बजार मूल्य २० रुपियाँ छ। यस हिसाबले ज्यालाबापत एक सय रुपियाँ मूल्य बराबरको धान चन्द्रकलाले पाउनुहुन्छ।
प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते
धनुषा, भदौ २८ गते । धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो। प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो। पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ। ती समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो। रासस
चेरी र सवारी ज्यान मुद्दाका फरार दुई जना पक्राउ
चोरी र सवारी ज्यान मुद्दामा कैद सजाय ठहर भएर फरार रहेका दुई जनालाई सप्तरी प्रहरीले मंगलबार पक्राउ गरेको छ।
धनुषामा एक महिलाको शव फेला
धनुषाको शहीद नगरपालिका–३, पुलचौकमा एक महिलाको शव फेला परेको छ । पुलचौकस्थित नहर नजिक रहेको झाडीमा मङ्लबार विहान अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताउनुभयो ।
धान उत्पादन घट्ने चिन्ता
सरकारले स्वीकृति नदिएको धानको बीउ प्रयोग गर्दा धान उत्पादनमा कमी आउने कृषि विज्ञले जनाएका छन् । पछिल्लो समय तराईका दक्षिणवर्ती क्षेत्रमा किसानले भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर लगाउने गरेका छन् । यसलाई नेपाल सरकारले स्वीकृति भने दिएको छैन । कृषि ज्ञान केन्द्र, महोत्तरीका अनुसार यो धानको बीउ प्रतिबन्धित छ । भारतबाट अवैध रूपमा भित्रिएको यसको बीउ ‘शिथ ब्लाइट’ नामक रोगबाट सङ्क्रमित भएको पाइएको छ । यही कारण यो प्रजातिको धान नलगाउन कृषि विज्ञले आग्रह गर्दै आएका छन् ।
भूमिहीन सुकुम्बासी समस्या प्राथमिकतामा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमिहीन र सुकुम्बासी समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ। धनगढीमाई नगरपालिकाको विकट र दुर्गम मानिने वडा नम्बर १३ मा आइतबार लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। मुलुकमा गणतन्त्र स्थापना भइसकेपछि राजनीतिक परिर्वतनको अध्याय सकिएको भन्दै मन्त्री श्रेष्ठले “अब समृद्धि र विकासको लागि भूमिहीन सुकुम्बासीलाई आत्मनिर्भर बनाउन लालपुर्जा वितरण गर्न लागिएको हो,” भन्नुभयो।
चार महिनादेखि यातायात ठप्प
सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्।
बर्दिबासमा डेङ्गुको जोखिम
महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा देखिएको छ । हालसम्म बर्दिबास अस्पतालमा डेङ्गु सङ्क्रमित १७ बिरामी पुगेका छन् ।
जनताको साथले आफ्नै बलबुतामा चुनाव लड्छौं : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल जनताको साथ लिएर आफनै बलवुतामा एक्लै चुनाव लडने बताउनुभएको छ । एमाले धनुषाद्वारा सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
झिझा खोलामा पुल निर्माण कार्य शुरु
मटिहानी नगरपालिकाले कृषि क्षेत्रलाई टेवा पुग्नेगरी कृषि सडकमा पनि लगानी बढाउँदै लगेको जनाएको छ । कृषकले उत्पादन गरेको अन्न फसल खेतबाट घरसम्म ल्याउन प्रयोग गरिने सडकमा र खोलामा पुल निर्माण थालेको छ ।
ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउन प्रयास गरेका ११ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । अध्यक्ष ओली सोमबार पार्टी प्रवेश तथा सभामा सहभागी हुन जनकपुर आउनुभएको छ । अध्यक्ष ओलीलाई नागरिकता नपाएका युवाले कालो भण्डा देखाउने प्रयास गरेका थिए ।
बर्दिवासमा बस दुर्घटना हुँदा १५ घाइते
महोत्तरीको बर्दिवास नगरपालिका – ५ बेलगाछीस्थित पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा आइतबार मध्यराततिर सवारी दुर्घटना हुँदा ५ महिलासहित १५ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा एकको मृत्यु
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका – ५ स्थित सोमबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकलले कुकुरलाई बच्चाउने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
मिथिलामा जितिया पर्वको तयारी
मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष सुरु हुनासाथै उनीहरुले जितियाको चर्चा र तयारी थालेका हुन् । यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्वको मानिन्छ ।
सडक खाली गराउने अभियान
मनरासिस्वा नगरपालिकाले नगर क्षेत्रभित्र रहेको सडकमा सहज आवागमन बनाउन सडक खाली गराउने अभियान चलाएको छ। स्थानीयले सडकमा जथाभावी सरसामान थुपार्नुका साथै घरपालुवा जनावरसमेत सडकमै बाँध्ने गर्नाले आवागमनमा कठिनाइ हुँदै आएको गुनासोपछि नगरप्रमुख मोहन पाण्डेयको नेतृत्वमा सडक खाली गराउने अभियान सुरु गरिएको हो। नगरपालिकाले एक साताअघि सार्वजनिक सूचना जारी गरी नगर क्षेत्रभित्रका सडक खाली गर्न गराउन अनुरोध गरेका थिए। नगरपालिकाको सूचनाको अटेर गरी स्थानीयले सडक खाली नगरेपछि नगरप्रमुख पाण्डेयले नगरपालिकाको १० जना कर्मचारी, सम्बन्धित वडाका वडा अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली बनाई सडक खाली गराउने अभियान सुुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले बताउनुभयो।
चिन्ताजनक रूपमा फैलिँदो डेङ्गु
बर्दिबासमा भाइरल ज्वरोपछि डेङ्गुको प्रकोप देखा परेको छ। ‘आडेस’ नामक लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामी भदौ महिनादेखि चिन्ताजनक रूपमा बढ्न थालेको बर्दिबास अस्पतालले जनाएको छ। आइतबारसम्म १४ जनामा डेङ्गुको सङ्क्रमण देखा परेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णा महर्जनले जानकारी दिनुभयो।
मधेसमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गर्नु भएको छ ।
सहज बनाउन सडक खाली गराउने अभियान
मनरासिस्वा नगरपालिकाले नगर क्षेत्रभित्र रहेको सडकहरुमा आवागमन सहज बनाउन सडक खालि गराउने अभियान संचालन गरेका छन । स्थानियहरुले सडकमा जथाभावी सरसमानहरु थुपार्नुका साथै घरपालुवा जनावर समेत सडकमै बाध्ने गर्नाले अवागमनमा कठिनाई हुँदै आएको गुनासो पछि नगर प्रमुख मोहन पाण्डेयको नेतृत्वमा सडक खालि गराउने अभियमान शुरु गरिएको हो ।
प्रदेशबाट अमरेशको नाम सिफारिस
नेपाली कांग्रेसको मधेश प्रदेश समितिले सर्लाहीको क्षेत्र नं. ४ बाट वर्तमान सांसद डा. अमरेशकुमार सिंहको नाम सिफारिस गरेको छ। कांग्रेसको क्षेत्रीय कार्य समितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो। जिल्ला कार्य समितिले पनि क्षेत्रीय कार्य समितिले सिफारिस गरेको नामलाई नै प्रदेश कार्य समितिमा सिफारिस गरेर पठाएको थियो। प्रदेश कार्य समितिले भने सांसद सिंहको नामसमेत सिफारिस गरी पठाएको हो। सिंहले आफू उम्मेदवारको आकाङ्क्षी हुँदाहुँदै क्षेत्रीय कार्य समितिले आफूलाई निषेध गरी नाम नै सिफारिस नगरेको भन्दै प्रदेश समितिमा निवेदन दिनुभएको थियो । कांग्रेस मधेश प्रदेश कार्य समितिका सदस्य एवं प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले प्रदेश कार्य समितिले डा. सिंहको नाम सिफारिस गरेको पुष्टि गर्नुभयो। डा. सिंह २०७० र २०७४ मा लगातार दुई पटक सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित हुनुभएको
भवन भएपछि पठनपाठनमा सहज
विद्यालय भवन निर्माण सम्पन्न भएपछि श्रीराम माध्यमिक विद्यालय मटिहानीमा पठनपाठनमा सहज भएको छ। दिनानुदिन सो विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै गएपछि कक्षा सञ्चालनका लागि भवन अभाव हुन थालेको थियो। भर्खरै राष्ट्रपति शिक्षा सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माण भएपछि कक्षा सञ्चालनमा सहज भएको विद्यालयका प्रधानाध्यापक अजय पाण्डेयले बताउनुभएको छ। “वि.स. २००९ मा स्थापना भएको यो विद्यालयमा हाल एक हजार ८५० छात्रछात्राहरू अध्ययनरत छन्।” प्रधानाध्यापक पाण्डेयले भन्नुभयो, “विद्यार्थी सङ्ख्या बढेसँगै कक्षा सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो। अब भने पठनपाठनमा सहज भएको छ।”
सिटको बाँडफाँट सम्मानजनक हुनुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धन दलबीचमा सम्मानजनक तरिकाले सिटको बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । पिछडा वर्ग महासंघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
निर्माण भएको ४ वर्षमा प्रसूति गृह सञ्चालन नहुँदा महिलालाई सास्ती
रङ्गपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसुती गृह निर्माण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीय मर्कामा परेका छन् । रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसुती गृह घर छेउमै बनेको भए पनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ ।
महिलालाई सशक्त बनाउँदै साप्ताहिक हाट बजार
गौशाला १ रामनर चिनिमिल टोलकी ३० वर्षिया उषाकुमारी बर्दिबासको साप्ताहिक हाट लागेका दिन हरियो तरकारी बेच्न आउनु हुन्छ । बुधबारे हाटमा उहाँले आज १ मन मुला (४० केजी) र ६ पसेरी (३० केजी) बेच्न ल्याउनु भएको छ ।