म्यादीमा युवाको झुत्ती
आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीमा युवाको व्यापक ‘क्रेज’ देखिएको छ। आवेदन खुलेको बिहीबार पहिलो दिन नै मधेश प्रदेशमा आठ हजारभन्दा बढीको आवेदन परेको छ। जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको आठ जिल्लाबाट दुई हजार २९७ महिलासहित आठ हजार ४१३ जनाको आवेदन परेको हो। सबैभन्दा बढी सप्तरी जिल्लाबाट ४३५ महिलासहित एक हजार ६०३ जनाको आवेदन परेको छ। पर्सा जिल्लाबाट सबैभन्दा कम २२९ महिलासहित ६९२ जनाको मात्र आवेदन आएको छ। त्यस्तै महोत्तरीबाट २६० महिलासहित ७८५ जनाको आवदेन परेको जनाएको छ।
लिम्पियाधुरासहितको पुस्तक तत्कालीन प्रमले रोके
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफू शिक्षामन्त्री हुँदा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर तयार पारिएको पाठ्यक्रम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको दाबी गर्नुभएको छ। धनुषाको ढल्केबरमा शहीद गणेशबहादुर जर्घामगरको १९औँ स्मृति दिवस तथा स्वास्थ्यकर्मी रामकुमार महतोद्वारा लिखित संस्मरणात्मक पुस्तक सार्वजनिक गर्दै उहाँले शिक्षा मन्त्रालयले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर तयार पारेको पाठ्यक्रम तत्कालीन प्रधानमन्त्री ओलीले रोकेको दाबी गर्नुभएको हो।
राजमार्गमा दर्जनभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन
विद्युतीय सवारीसाधनको प्रयोग र प्रवद्र्धनमा जोड दिँदै आएको नेपाल विद्युत् प्राधिकरणले बर्दिबासमा चार्जिङ स्टेसन स्थापना गर्न लागेको छ। प्राधिकरण र नेपाल प्रहरीबीच भएको सम्झौताअन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासको परिसरमा निर्माण कार्य सुरु भएको हो। यसका लागि बर्दिबास प्रहरीले आवश्यक जग्गा उपलब्ध गराएको छ भने ठेकेदार कम्पनीले चार्जिङ मेसिन, ट्रान्सफर्मर, पोललगायतका आवश्यक सामग्रीसमेत निर्माण स्थलमा पु¥याएका छन्। सेवा पनि छिट्टै सुरू हुने जनाइएको छ। चाइनिज ठेकेदार ‘वाङ बान डिजिटल इनर्जी कम्पनी’ र नेपाल विद्युत् प्राधिकरणबीच मुलुकका ५१ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्ने सम्झौताअन्तर्गत बर्दिबासमा पनि निर्माण हुन लागेको हो। चिनिया ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधि ‘दीगो’का प्रोजेक्ट म्यानेजर शिव
महिलाद्वारा जितवाहनको पूजा र कथा श्रवण
तराई मधेशका महिलाले मनाउने पर्व जितीया पर्वको दोस्रो दिन शनिबार व्रतालुहरुले उपवास बसी जितवाहनको पूजागरी कथा श्रवण गरेका छन् । शुक्रबारदेखि नहाय खायबाट सुरु भएको जितीया पर्वको दोस्रो दिन जितीया व्रतको कथा सुनेर जितीया मनाएका हुन् । जितीयाको तेस्रो दिन आइतवार साँझ ५ वजेतिर सम्पन्न हुनेछ ।
परिवर्तनको संवाहक जितिया पर्व
सन्तती स्नेह एवम् उत्सर्गको पवित्र पर्व जीतिया सुरु भएको छ । मधेश तराईका आमाहरुले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घन्टाभन्दा बढी समय निराहार व्रत बसेर यो पर्व मनाउने परम्परा छ ।
उजुरीले थिचिएको छ स्थानीय न्यायिक समिति
न्यायलाई छिटो छरितो र सर्वसुलभ बनाउने उद्देश्यले गठन भएका ‘स्थानीय न्यायिक समिति’ ले संविधानको परिकल्पनाअनुसार जिम्मेवारी बहन गर्न नसक्दा यसको आवश्यक्ता र औचित्यमाथि प्रश्न उठ्न थालेको छ। समयमै न्याय निरुपण हुन सक्दा समितिमा उजुरीको चाङ लागेको छ। न्यायिक समितिले साध–सिमाना, अंशबन्डा, झैझगडा, घरायसी विवादजस्ता स्थानीय तहमा घट्ने देवानी प्रकृतिका मुद्दाहरू निरुपण गर्ने संवैधानिक व्यवस्था छ। यसले एक वर्षसम्म कैद हुन सक्ने फौजदारी प्रकृतिका मुद्दा पनि हेर्न पाउँछ। स्थानीय प्रशासन ऐनअनुसार न्यायिक समितिलाई १३ प्रकारका मुद्दा हेर्ने अधिकार छ तर अधिकार र दायित्वअनुसारको न्यायसम्पादन गर्न नसकेको समितिकै पदाधिकारीको स्वीकारोक्ति छ।
क्षतिपूर्तिको सत्ताइस लाख लिएर दोस्रो बिहे
विदेशमा छोराको मृत्युपछि पाउने अनुदानको २७ लाख रुपियाँ लिएर बुहारीले अर्को बिहे गरेपछि एक परिवार बिचल्लीमा परेका छन्। बाराको आदर्श कोतवाल गाउँपालिका–८, कोतवाली टोल बस्ने २१ वर्षीया बुहारी रिन्कुदेवी साहले सो रकम लिएर भारतको बिहार राज्य घोडासहन थाना अठमुहान गाउँ पञ्चायतमा अर्को (दोस्रो) बिहे गरेको उनका ससुरा ७२ वर्षीय झापस साह कानुले बताउनुभएको छ।
त्रियासी वर्षीयाको तलब पन्ध्र सय
धनुषाको धनुषाधाम नगरपालिका–३ की ८३ वर्षीया वृद्धा गङ्गामाया लामा अहिले पनि एक हजार पाँच रुपियाँ मासिक तलबभत्ता पाउने गरी जागिर गरिरहनुभएको छ। उहाँ यति न्यून तलब पाउँदा पनि सन्तुष्ट देखिनुहुन्छ। १९९६ साल जन्ममिति बताउनुहुने गङ्गामायाले जनकपुर गुठीअन्तर्गत धनुषाधाममा रहेको धनुषा धर्मशालामा २०३६ सालमा मासिक १७ रुपियाँ तलब पाउने गरी जागिर सुरु गर्नुभएको थियो। गुठीले धर्मशाला रेखदेख र सरसफाइको काम उहाँलाई दिएको थियो। अहिले पनि गङ्गामाया धर्मशाला रेखदेख र सरसफाइकै काम गर्नुहुन्छ।
मानव अधिकारको संरक्षणमा राज्य गम्भीर हुनुपर्छ
मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुघन महतोले मानव अधिकारसँग सम्बन्धित समस्याहरुको समाधानका लागि तीनवटै तहका सरकार जिम्मेबार बन्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
मिथिलाञ्चलमा जितिया पर्वको रौनक
वित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आज (शुक्रबार)देखि धार्मिक विधिअनुसार सुरु भएको छ ।
जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्र
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ ।
स्थानीय न्यायिक समितिमा उजुरीका चाङ
न्यायलाई छिटो छरितो र सर्वसुलभ बनाउने उद्देश्यले गठन भएका ‘स्थानीय न्यायिक समिति’ ले संविधानको परिकल्पना अनुसार जिम्मेवारी बहन गर्न नसक्दा यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठ्न थालेको छ । समयमै न्याय निरूपण नहुँदा समितिमा उजुरीको चाङ लागेको छ ।
मालपोतबाट एक अर्ब बढी राजस्व संङ्कलन
मालपोत कार्यालय कलैया र सिमरा बाराले आर्थिकबर्ष ०७८/७९ मा एक अर्ब छ करोड १७ लाख ८२ हजार २८३ रुपियाँ राजस्व संङ्कलन गरेको जनाएको छ ।
लागूऔषधमुक्त समाज बनाउन कार्यक्रम ल्याइने
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले लागूऔषधमुक्त समाज बनाउन नगरपालिकाले कार्यक्रम ल्याउने बताउनुभएको छ। भौतिक विकास सबै थोक होइन, समाजका युवा विद्यालय जाने उमेरका विद्यार्थीसमेत लागूऔषध सेवनमा लागेर बर्बाद हुन थाले भनेर लहानका सहरी क्षेत्रका वडाबाट यस समस्यालाई समाधान गर्न गुहार्न थालेपछि समस्या समाधान गर्न गृहकार्यमा लागेको नगरप्रमुख चौधरीले बताउनुभयो।
बच्चा चोरीको अफवाह नरोकिँदा प्रहरी हैरान
सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान भएका छन्। गाउँघर तथा बजार क्षेत्रमा यसअघिदेखि नै मागेर खाँदै हिँड्ने मानिसलाई समेत अहिले हल्लाकै भरमा ‘बच्चा चोर’को आरोप लगाई कुटपिट गरेर प्रहरीलाई बुझाउने क्रम बढ्दो छ। बुधबार राति मात्रै लालबन्दी नगरपालिका–९, बस्तीपुर क्षेत्रबाट स्थानीयले ‘बच्चा चोर’ भन्दै एक पुरुषलाई प्रहरीको जिम्मा लगाएका थिए तर सोधखोज गर्दा ती व्यक्ति ‘बच्चा चोर’ नभई एक/डेढ महिनादेखि लालबन्दी बजार क्षेत्रमा मागेर खाँदै हिँड्ने बेवारिसे मानिस भएको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
हिरिरे डाँडामा पनि बिजुली
चुरे भेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, हिरिरे डाँडामा पनि बिजुली पुगेको छ। कच्ची गोरेटो बाटो भएर पैदल हिँडेर जानुपर्ने हिरिरे डाँडामा बिजुलीबाट ६० भन्दा बढी घरधुरी लाभान्वित भएको वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले जानकारी दिनुभयो।
उखुको अनुदान रकम व्यवस्था, कृषकहरू खुसी
सर्लाहीको चिनी उद्योगमा गएको वर्ष उखु बिक्री गरेका किसानका लागि सरकारी अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ ।
छाडा पशुचौपाया नियन्त्रण गर्न गौशाला निर्माण गरिँदै
बजार क्षेत्रमा छाडारूपमा छाडिने पशु चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (काजी हाउस) निर्माण गर्ने भएको छ । सडकको व्यवस्थापन तथा छाडा पशु चौपाया नियन्त्रणका लागि उपमहानगरपालिकाले वडा नं १२ कुवामा गुठी संस्थानको एक बिघा जग्गा भाडामा लिएर गौशाला निर्माण गर्न लागेको हो ।
धनुषामा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रका बनाउन विवरण सङ्कलन
राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको छ । बुधबारदेखि क्षीरेश्वरनाथ नगरपालिकाबाट विवरण सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले जानकारी दिनुभयो । मिश्राले सेवाग्राहीलाई सहज हुने हिसाबले टोकन वितरण गरेर सोहीअनुसार आवश्यक विवरण जुटाउने काम भइरहेको बताउनुभयो । जिल्लाको १६ वटा स्थानीय तहबाट विवरण सङ्कलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो ।
पुरोहितलाई भ्याइनभ्याइ
सोह्रश्राद्ध गराउने पुरोहितको चरम अभावका कारण आफ्ना पितृलाई पिण्ड दान गर्नेलाई समस्या उत्पन्न भएको छ। सोह्रश्राद्धको समयमा पितृलाई पिण्ड दान गर्नाले मृतात्माको चिरशान्ति मिल्ने विश्वास गरिन्छ। पिण्ड दान गराउने कर्मकाण्डी पण्डितको अभावका कारण पिण्ड दान गर्नेलाई समस्या उत्पन्न भएको हो। पिण्ड दान गराउने पुरोहितको गाउँगाउँमा चरम अभाव तथा उपलब्ध पुरोहितमध्ये नयाँ पुस्ताका कर्मकाण्डी तथा ज्योतिषीले पूजा पाठ, सोह्रश्राद्ध गराउन रुचि नराख्ने, तथा आफ्ना घर परिवारको गुजारा चलाउन गाह्रो हुनेभएको र अन्य पेसामा समेत लागेका कारण पुरोहितको अभाव भएको हो। प्रत्येक वर्ष भदौ महिनाको पूर्णिमाको दिन अगस्तमुनिलाई पानी दिएर त्यसको भोलिपल्ट अर्थात् असोज महिनाको कृष्णपक्ष प्रतिपदा तिथिदेखि आफ्ना पितृको सम्झनाको तिथिमा असोज महिनाको अमावश्यासम्म पितृ तर्पणसँगै पिण्डदान गर्ने गरेको अर्का पण्डित पवन
मुसहर बालबालिका पढाइबाट वञ्चित
सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीका श्यामपरी देवीका दुई छोरी र एक छोरा गरी तीन सन्तान छन्। नौ र सात वर्षकी छोरी र पाँच वर्षका छोरामध्ये उहाँका कुनै पनि सन्तान विद्यालय जाँदैनन्। जन्मदर्ता नबन्दा छोराछोरीलाई विद्यालय पठाउन नपाएको श्यामपरीले बताउनुभयो। जन्मदर्ता नभएकै कारण छोराछोरीलाई विद्यालयले भर्ना गर्न नमानेको उहाँको गुनासो छ। “हाम्रो नागरिकता नभएका कारण छोराछोरीको जन्मदर्ता बनेको छैन। जन्मदर्ता नहुँदा यिनीलाई विद्यालयले भर्ना लिएको छैन,” श्यामपरीले भन्नुभयो, “रहर हुँदाहुँदै पनि छोरा छोरीलाई पढाउन पाएका छैनौँ। विद्यालयले भर्ना लिइदिए बनिबुतो गरेर भए पनि पढाउँथ्यौँ।”
महोत्तरीमा तीन हजार भर्ना गरिने
जिल्ला प्रहरी महोत्तरीले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना लिने प्रक्रिया सुरु गरेको छ। जिल्ला प्रहरीले सार्वजनिक सूचना प्रकाशित गरी आगामी मङ्सिरमा हुने निर्वाचनका लागि करिब तीन हजार म्यादी प्रहरी भर्ना गर्न लागेको हो। प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले भर्ना प्रक्रियाका लागि सूचना जारी गरेको जानकारी दिनुभयो। “भर्ना हुन चाहनेले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन बुझाइसक्नु पर्नेछ,” उहाँले भन्नुभयो। प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि करिब तीन हजार भर्ना गरिने उहाँले जानकारी दिनुभयो। गत स्थानीय तह निर्वाचनका लागि महोत्तरीमा ४९८ महिलासहित दुई हजार ४७४ जना म्यादी प्रहरी भर्ना गरिएको थियो। यो पटकको भर्नामा पनि पुरानै अनुभवीलाई प्राथमिकतामा राखिएको छ।
दशगजा क्षेत्रमा एक जनाको लास फेला
सप्तरी जिल्लाकाे तिलाठी कोईलाडी सीमामा पर्ने दशगजा क्षेत्रमा एकजनाको लास फेला परेको छ ।
गहवामाई मन्दिरको सौन्दर्यीकरण
गहवामाई मन्दिर परिसरको सौन्दर्यीकरण कार्यले गति लिएको छ। अत्यन्त प्राचीन र तराई मधेशलगायतका अन्य जिल्ला र सीमावर्ती क्षेत्र भारतमा समेत शक्तिपीठका रूपमा ख्याति पाएको गहवामाई मन्दिर परिसरको सौन्दर्यीकरण गर्ने काम वीरगञ्ज महानगरपालिकाले सुरु गरेको हो।