दोलखामा चुनावी चहलपहल सुरु
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै दोलखामा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरूले निर्वाचन क्षेत्रस्तरमै भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने कतिपय उम्मेदवारले घरदैलो सुरु गरिसकेका छन् ।
सत्यमोहन जोशीलाई पुनः आईसीयूमा सारियो
शताब्दीपुरुष सत्यमोहन जोशीलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।
आयात रोकिएन, चितवनका केराले बजार पाएन
भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् ।
चितवनमा त्रिपालमुनि कैदीबन्दी
चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ । कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको साहरा लिनुपरेको छ ।
प्रत्यक्षमा महिला उम्मेदवार
सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा प्रत्यक्षमा महिला उम्मेदवारहरू प्रतिस्पर्धा गर्दै छन्। नेपाली कांगे्रसले प्रदेश सभा सदस्यमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (क)मा सामाजिक क्षेत्रबाट राजनीतिमा आएकी मनकुमारी खड्का (मसिना)लाई उम्मेदवार बनाएको छ।
सेवाग्राहीलाई निःशुल्क पेय सुविधा
सिन्धुली जिल्लाका दुईवटा स्थानीय तहले नागरिकमैत्री सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन नयाँ कार्य सुरु गरेका छन्। जिल्लाका मरिण गाउँपालिका र दुधौली नगरपालिकाले कार्यालयभित्रै सेवाग्राहीलाई चिया, पानी र सर्वत उपलब्ध गराएर सहज सेवा प्रवाह गर्न सुरु गरेका हुन्। मरिण गाउँपालिकाले कार्यालयमा प्रवेश गर्ने मूल गेटअगाडि सेवाग्राही सहायता कक्ष स्थापना गरी सर्वत र चिया व्यवस्था गरेको छ।
नागरिकता बनाउनेको भीड
जिल्ला प्रशासन कार्यालय दोलखामा नागरिकता बनाउनेको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलाखबहादुर आलेले नागरिकतामा रहेको विवरण धमिलो वा फोटो स्पष्ट नभएमा स्क्यानरले लिन मान्दैन त्यसैले नयाँभन्दा पनि प्रतिलिपि लिन आउनेको सङ्ख्या बढी भएको बताउनुभयो । अहिले दिनमा सयभन्दा बढी नागरिकता बनाउन आउने गरेको उहाँको भनाइ छ ।
थामिएन डेङ्गु सङ्क्रमण
विगतका वर्षहरूमा दशैँमा प्रभाव कम देखिएको डेङ्गु रोगको सङ्क्रमण यो पटक दशैँमा रोकिएन। गत साउनदेखि देखिन थालेको डेङ्गु सङ्क्रमण दशैँको समयमा मकवानपुरलगायतका जिल्लामा यो वर्ष सङ्क्रमण दर झन्डै उच्च रह्यो। डेङ्गु सङ्क्रमणबाट यो वर्ष बागमती प्रदेशको काठमाडौँ, ललितपुरपछि मकवानपुर प्रभावित बनेको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयको सोमबार साँझसम्मको तथ्याङ्कअनुसार डेङ्गु सङ्क्रमण भएका बिरामी २६ हजार ४९४ जना पुगेका छन्। १० दिनअघि प्रदेशका १३ जिल्लामा गरी २३ हजार २७० जनालाई डेङ्गु सङ्क्रमण भएको थियो।
उम्मेदवार बन्न नपाएको महिलाको गुनासो
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मनोनयन पत्र दर्ता सकिएलगत्तै अहिले अधिकांश दोलखाली महिलाको आवाज एउटै बनेको छ– महिलालाई अवसर दिन किन कन्जुस्याइँ ? साक्षरता दर, उच्च शिक्षामा पहुँचको कमी र सार्वजनिक पदमा पुरुषसरह महिलाको सहभागिता हुन नसक्दा महिलाको अवस्था पुरुषको तुलनामा पछाडि पर्न गएको हो त भन्ने साझा प्रश्न छ।