घर नक्सा पास अनिवार्य
डडेल्धुराको आलीताल गाउँपालिकाले नक्सा पास नगरी भौतिक निर्माण गर्ने व्यक्ति तथा संस्थालाई कारबाही गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकबाट सो निर्णय गरेर मङ्गलबार सूचना सार्वजनिक गरिएको छ ।
अध्यापन अनुमतिपत्र अनिवार्य
यस जिल्लाको मेल्लेख गाउँपालिकाले अध्यापन अनुमतिपत्रको (लाइसेन्स) परीक्षामा उत्तीर्ण नभएका शिक्षकहरूको म्याद थप नगर्ने भएको छ। गाउँपालिकाको आर्थिक स्रोतबाट विभिन्न विद्यालयमा शिक्षक राखिएका छन्। अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई गाउँपालिकाले यसअघि नै हटाउने निर्णय गरिसकेको छ। सो गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र खड्काका अनुसार अनुमतिपत्र नभएर अध्यापन गराइरहेका १५ जना शिक्षक हट्न सक्नेछन्। यद्यपि विज्ञान विषयका शिक्षकहरूको हकमा यो निर्णय लागू नहुने बताइन्छ।
दशैँको मुखमा दोब्बर भाडा
जिल्ला प्रशासन कार्यालय बैतडी र यातायात व्यवसायीको बैठकले जिल्लाभित्र चल्ने सवारीसाधनको भाडादर निर्धारण गरेको भए पनि पाटन–पञ्चेश्वर सडकमा चल्ने सवारीसाधनले दोब्बर भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन्। बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको मेलौलीसम्म २५० रुपियाँ भाडा कायम गरिएको भए पनि जिप चालकले पाँच सय रुपियाँ असुल गर्ने गरेका यात्रुले गुनासो गरेका हुन्। जिपले व्यवसायीले टिकटसमेत नदिने गरेको सर्वसाधारणको गुनासो छ।
ट्युबवेल मर्मत नहुँदा पानीको समस्या
कैलालीको मोहन्याल गाउँपालिका–७ ओखडेकोटवासीलाई खानेपानीको जोहो गर्न समस्या भएको छ। गाउँमा निर्माण भएको डिप ट्युबवेल बनेको दुई वर्षमै बिग्रेपछि ओखडेकोटमा खानेपानीको हाहाकार भएको हो। उनीहरू टाढाबाट मूलको पानी ल्याएर खान बाध्य भएका छन्। “खानेपानी छैन, धेरै दुःख लागेको छ,” स्थानीय सन्यासी बोहराले भन्नुभयो, “डिप बोरिङ बन्दा खुसी लागेको थियो तर त्यो बोरिङ दुई वर्ष मात्रै चल्यो। एक वर्षभन्दा बढी समयदेखि बन्द छ।”
कृषि र पशुसेवा कार्यालय खण्डहर
स्थानीय तहको पुनर्संरचनापछि पशु र कृषिसेवा दिँदै आइरहेका इलाका कार्यालयको सेवा बन्द हुँदा सरकारी भवन खण्डहर बनेका छन्। कार्यालयसँगै सेवासमेत बन्द हुँदा पशुमा गर्भाधान गराउने र पशुरोगको उपचार गराउँदै आएका हजारौँ किसान मर्कामा परेका छन्। बैतडीको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिका–२ मा रहेका कृषिसेवा र पशुसेवा कार्यालय बन्द हुँदा सरकारी भवन खण्डहर बनेपछि यहाँका किसान पशुसेवा लिन छिमेकी पाटन नगरपालिकातर्फ धाउन बाध्य छन्।
उपचारका लागि डा. केसी काठमाडौं प्रस्थान
स्वास्थ्य अवस्था जटिल बनेपछि धनगढीमा अनशनरत डा. गोविन्द केसी थप उपचारका लागि बुधबार काठमाडौं प्रस्थान गर्नुभएको छ । आफ्नै खर्चमा उहाँ काठमाडौं जान तयार हुनु भएपछि उहाँलाई आज बुधबार काठमाडौं लगिएको हो ।
सुदूरपश्चिम प्रदेशसभाको पाँचवर्ष : सङ्घीयतालाई संस्थागत गर्ने नयाँ सिकाइ
प्रदेशस्तरमा व्यवस्थापिकाका–संसद्को भूमिका निर्वाह गर्ने सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकाल पूरा हुने चरणमा छ ।
अछामका ५३ जना प्रमुख र उपप्रमुखका उम्मेदवारलाई निर्वाचन आयोगको जरिवाना
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएर वेवास्ता गरेका अछामका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । निर्वाचन खर्च विवरण सम्बन्धि प्रावधान अनुसार खर्च विवरण नबुझाउने अछामका स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्म जरिवाना तोकेको छ ।
विपत् पूर्वतयारी र प्रतिकार्यमा ड्रोनको प्रयोग
विपत् पूर्वतयारी र प्रतिकार्यमा छिटो र सहज कार्यका लागि मानवरहित हवाई उपकरण (ड्रोन)को प्रयोग गर्न विपत् व्यवस्थापनमा खटिने निकायहरूले तालिम लिन थालेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा मङ्गलबारदेखि टीकापुरमा तीनदिने तालिम सुरु भएको हो।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता
कैलालीको बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाइएको छ। डुबानपछि फोहोर, लामखुट्टे र दूषित पानीका कारण विभिन्न रोग लाग्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाइएको हो। गत शनिबार विभिन्न नदीमा आएको बाढीका कारण जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा बढी डुबान भएको थियो। डुबानका कारण करिब पाँच हजार परिवार विस्थापित भएकामा धेरैजसो अझै घर फर्कन सकेका छैनन्। उनीहरू हुलाकी सडक, सुरक्षित भवन, विद्यालयलगायतमा बसिरहेका छन्।
३० वर्षदेखि पाउँदै आएको कृषि र पशु सेवा बन्द, कार्यालय खण्डहर
३० वर्षभन्दा लामो समयदेखि कृषि र पशु सेवा दिदैं आईरहेका इलाका कार्यालयको सेवा बन्द हुँदा सरकारी भवन खण्डहर बनेका छन् । कार्यालयसँगै सेवासमेत बन्द हुँदा कृषि र पशु रोगको उपचार गर्ने हजारौं किसान मर्कामा परेका छन् ।
धारामा पानी नआए कालोपत्रे सडक फोड्छन् खलङ्गावासी
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ खलङ्गा लगायतका क्षेत्रमा मिटर धारा जडान गरेको पाँच वर्ष पुग्न लागेको छ । साढे ३१ करोड रुपियाँ लागतमा नयाँ खानेपानि योजना सम्पन्न गरिएको थियो । यसै क्षेत्रमा खडक विस्तार गरि कालोपत्रे गरेको दुई वर्ष पुग्यो । तिन करोड बढी रुपियाँ लागतमा सडक तिस्तार गरि कालोपत्रे गरिएको हो ।
‘जनता आवास’ अनुदानका घर प्रयोग विहीन
निम्न आय स्तर भएका दलित समुदायका लागि सरकारले जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरे पनि प्रयोग नहुँदा करिब छ करोड ५० लाख लगानी बालुवामा पानी जस्तै बनेको छ ।
“आकाश हेरेर सुत्ने समय यकिन हुन्छ”
खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नै हुन्न तर्सिहाल्नुहुन्छ । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहनुहुन्छ ।
डडेल्धुराका १२ उम्मेदवारलाई जरिवाना
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने डडेल्धुराका अधिकांश उम्मेदवारलाई जरिवना तोकेको छ । खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकिएको हो ।
विपद्को पूर्वतयारी र प्रतिकार्यमा ड्रोन प्रयोग
विपद्को पूर्वतयारी र प्रतिकार्यमा छिटो र सहज कार्यका लागि मानवरहित हवाई उपकरण (ड्रोन)को प्रयोग गर्न विपद् व्यवस्थापनमा खटिने निकायहरु तालिम लिन लागेका छन् ।
महाकालीमा पक्की पुल शिलान्यास
दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको पिथौरागढ जिल्लाको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुलको शिलान्यास गरिएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालतर्फ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारततर्फको पिल्लरमा सोमबार शिलान्यास गर्नुभएको थियो। सो अवसरमा महाकाली नदीको समेत पूजा गरिएको थियो।
आत्महत्याको विकृति बढ्दै
डडेल्धुरामा आत्महत्याका घटना बढ्न थालेपछि नेपाल प्रहरीले त्यसको न्यूनीकरण गर्न सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालयले जिल्लाभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर आत्महत्याका घटना रोक्न सचेतनामा जोड दिइरहेको हो। डडेल्धुरामा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३० जनाले आत्महत्या गरेका थिए। जसमा १५ जना महिला र १५ जना नै पुरुष थिए। सो वर्ष सबैभन्दा बढी अमरगढी नगरपालिकामा आठ जनाले आत्महत्या गरेको डडेल्धुराका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक २०७७/७८ मा ४२ जनाले आत्महत्या गरेका छन्। जसमा २३ जना महिला र १९ जना पुरुष छन्। आव २०७७/७८ मा सबैभन्दा बढी आलिताल गाउँपालिका १३ जनाले आफैँले देहत्याग गरेको तथ्याङ्क रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा २७ जनाले आत्महत्या गरेका छन्। जसमा १८ जना महिला र नौ जना पुरुष रहेका छन्। गत आव २०७८/७९ मा पनि आलितालमै सबैभन्दा बढी १३ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो। चालू आवको साउन र भदौ महिनामा छ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो। उहाँका अनुसार आत्महत्या गर्नेमा चार महिला र दुई पुरुष छन्। दुई महिनाको अन्तरालमा छ जनाले आत्महत्या गर्नु गम्भीर विषय भएको बताउँदै उहाँले भन्नुभयो, “आत्महत्याको घटना रोक्न नागरिक समाज र स्थानीय तहको विशेष सहयोग आवश्यक छ। ’’ आत्महत्या समाजमा डरलाग्दो रूपमा विकसित हुँदै गएको बताउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले समाजको विकृतिका रूपमा सिर्जित अपराध रोक्न स्थानीय तह र नेपाल प्रहरीले सक्रियता बढाउनुपर्ने बताउनुभयो।
कैलाली बाढी : वस्तुभाउ पनि खान नपाएर मर्ने भए
कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् ।
बैतडीमा बन्द हवाई सेवा पुनः सञ्चालनको तयारी
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो ।
बाढी पहिरो पीडितलाई प्रदेश सरकारले सहयोग गर्ने
सुदूरपश्चिममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश विपद कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख रुपियाँ र कृयाखर्च २० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
पहिरोमा ज्यान गुमाएकाको तीन दिनपछि दाहसंस्कार
पहिरोमा पुरिएर मृत्यु भएका तुर्माखाँद गाउँपालिका –५ नाडाको काँडाकोटका नौ जनाको आज सोमबार कर्णाली नदीमा परम्पराअनुसार सामुहिक दाहसंस्कार गरिने भएको छ । मृत्यु भएको स्थानबाट तीन घण्टा पैदलमा शव लिएर कर्णाली नदी छेउमा दाहसंस्कार गरिने स्थानीय नरेशकुमार शाहीले जानकारी दिनुभयो ।
‘संविधानको पूर्ण कार्यान्वयनले मात्रै समृद्धि: मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको विकास समृद्धि र समुन्नतिप्रतिको अभिलाषा पुरा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ । धनगढीमा आयोजित संविधान दिवस २०७९ मुल समारोह कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताउनु भएको हो ।
कैलाली भजनीमा अझै घर डुबानमै
कैलालीको भजनी नगरपालिकामा तेस्रो दिनसम्म अझै केही गाउँका घरहरू डुबानमै रहेका छन् । नदीहरूमै पानीको सतह धेरै नघटेकाले भजनी नगरपालिका–३ र ८ का केही गाउँ अझै डुबानमा रहेको छ । डुबानका कारण अझै पनि प्रभावितहरू घरसम्म जान सक्ने अवस्था नरहेको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले जानकारी दिनुभयो ।