जिल्लाभर एक मात्रा महिला अध्यक्षमा निर्वाचित
बागलुङको बडिगाड गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकीा गण्डकी थापा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
दुई वडाको गणना अगावै भानु नगर प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी
दुई वडाको मत गन्न बाँकी छँदै तनहुँको भानु नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । सो नगरपालिकामा अधिकांश वडा पनि काँग्रेसले नै जितेको छ ।
स्याङ्जाको नगरमा काँग्रेस, गाउँमा एमालेको दबदबा
स्थानीय तह निर्वाचन २०७९ मा स्याङ्जामा रहेका सबै ११ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकामध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली काँग्रेस तथा एक नगरपालिका र पाँच गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
गोरखा नगर प्रमुखमा माओवादी केन्द्रका राना र उपप्रमुखमा थोकर विजयी
गोरखा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर रानामगर विजयी हुनुभएको छ । उपप्रमुख भने नेपाली काँग्रेसकी मसलीमायाँ थोकर (सपना पुन) ले जित्नुभएको छ । नगरप्रमुखमा विजयी रानाले ८ हजार ९६४ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजनराज पन्तले ७ हजार १०८ मत प्राप्त गर्नुभएको छ ।
पालुङटार नगरपालिकामा माओवादी केन्द्रका चिन्तन र पाण्डे विजयी
गोरखाको पालुङटार नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जनता समाजवादी पार्टी र एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी भएको हो ।
काठेखोलामा पाँच वर्षमै उल्टियो नतिजा
बागलुङको काठेखोला गाउँपालिकामा पहिलो स्थानीय तह निर्वाचनमा (नेकपा एमाल)ले पालिका प्रमुखसहित बहुमत वडा जितेको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता
पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता रहेको छ । हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गर्नुभएको छ ।
अधिकांश स्थानीय तहमा गठबन्धन सफल
स्थानीय तह निर्वाचनमा वडा तहसम्म चुनावी एकता गरेका पाँच दलीय गठबन्धन अधिकांश स्थानीय तहमा सफल भएको छ । जिल्लाको १० वटा स्थानीय तह र ८५ वटा वडामध्ये अधिकांश पालिका र वडा गठबन्धनका साझा उम्मेदवारले जितेका हुन् ।