अभिभावकबिहीन बालबालिकाको सम्पूर्ण शैक्षिक खर्च पालिकाले बेहोर्ने : अध्यक्ष
पाल्पाको माथागढी गाउँपालिकाका नवनियुक्त अध्यक्ष यमबहादुर चिदीले अभिभावकबिहीन बालबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारी पालिकाले लिने निर्णय गर्नुभएको छ ।
प्रधानसेनापति अन्तर्राष्ट्रिय उच्च उचाइ साहसी खेल प्रतियोगिता (फोटो फिचर)
नेपाली सेनाले शनिबार मुस्ताङको जोमसोममा आयोजना गरेको प्रथम प्रधानसेनापति हाई अल्टिच्युट ट्रि–एड्भान्चर कम्पिटिसन (प्रधानसेनापति अन्तर्राष्ट्रिय उच्च उचाई साहसी खेल प्रतियोगिता) मा सहभागि खेलाडीहरु ।
पोखरा महानगरपालिकाको प्रमुखमा धनराज आचार्यको अग्रता
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३२ हजार ४८० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले तीन हजार ४३९ मतान्तरसहित अग्रता हासिल गर्नुभएको हो ।
तीन पालिका प्रमुखमा महिला निर्वाचित
गण्डकी प्रदेशमा रहेका ८५ पालिकामध्ये १५ वटामा प्रमुखमा महिलाको उम्मेदवारी परेकोमा तीनवटा पालिकामा मात्र महिला प्रमुख निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार मोदी गाउँपालिका पर्वतमा नेकपा एमालेकी उम्मेदवार हीरादेवी शर्मा छ हजार १९ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
नवलपुरका प्रमुख तथा अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
मीना कंडेलकावासोती, जेठ ६ गते । पूर्वी नवलपरासी जिल्लाको आठ वटा स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा जिल्ला न्यायाधीश अर्जुन अधिकारीले नवनिर्वाचित पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९ अनुसूची २ अनुसार पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई शपथ गराउनुभएको हो । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको जिल्लाको चार वटा नगरपालिका र चार वटा गाउँपालिका प्रमुख तथा अध्यक्षहरुले शपथ लिनुभयो । सवै पालिकाका प्रमुख तथा अध्यक्षले शपथ लिएपछि शुक्रबार नै आफ्ना स्थानीय तहमा वडा अध्यक्ष तथा सदस्यहरुलाई शपथ खुवाउनुभयो । शुक्रवारदेखि नवनिर्वाचित स्थानीय तहका पदाधिकारीको कार्य सुरु भएको छ । जिल्लाको आठ वटा पालिकामध्ये दुई वटा पालिकामा नेपाली कांग्रेस र छ वटा पालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ । जिल्लामा पाँच दलीय गठबन्धन गरी निर्वाचनमा होमिएका भएपनि कावासोती र देवचुली नगरपालिकामा एमालेले जितेको छ । गठबन्धन गरी निर्वाचनमा होमिएको भएपनि मतदाता शिक्षामा कमी भएका कारण दुई नगरपालिकामा एमालेले विजयी हासिल गरेको छ । शपथ ग्रहण गरेपपछि नगरपालिकाको प्रतिनिधित्व गर्दै कावासोती नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विष्णु भुषालले जनताले दिएको मतको कदर गर्दै उहाँहरुको अपेक्षाअनुसार कार्य गर्नुपर्ने बताउनुभयो । नगरको समग्र विकासका लागि चुनिएका प्रतिनिधि मात्र नभई सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
तनहुँमा पालिका प्रमुख तथा अध्यक्षहरुले लिए शपथ
तनहुँका आठ पालिकाका जनप्रतिनिधिले शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।
महानगरबाहेकका परिणाम अन्तिम चरणमा
हाम्रा पूर्वी नवलपरासी समाचारदाता होमराज रानाभाट/मीना कँडेलका अनुसार, पूर्वी नवलपरासीका आठ स्थानीय तह सबैको नतिजा सार्वजनिक भइसकेको छ । आठ पालिकामध्ये हुप्सेकोट र गैँडाकोटमा नेपाली काँग्रेस विजयी भएको छ भने देवचुली, कावासोती, मध्यबिन्दु, बौदीकाली, बुलिङ्टार र विनयीमा एमाले विजयी भएको छ । २०७४ सालको निर्वाचनमा काँग्रेसले जितेका पाँच पालिका गुमाएर यस पटक दुई पालिकामा मात्र जित हासिल गरेको छ । ९२ वडा रहेको पूर्वी नवलपरासीमा ४२ वटामा काँग्रेस, ४८ वटामा एमाले, १ राप्रपा र १ माओवादीले हात पारेका छन् ।
पोखरा महानगरपालिकामा धनराज आचार्यको अग्रता कायमै
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गर्नुभएको छ । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गर्नुभएको छ ।
गोरखाको सिरानचोक गाउँपालिकामा पुनः कांग्रेस विजयी
सिरानचोक गाउँपालिकामा पुनः नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतका विजयी बन्नु भएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत ल्याउनु भएको छ ।