बेँसीसहरको कार्यपालिका सदस्यहरु निर्विरोध
बेलिना थापालमजुङ, जेठ ११ गते । लमजुङको बेँसीसहर नगरपालिकाको कार्यापालिका सदस्यमा आठ उम्मेदवार निर्विरोध चयन हुनुभएको छ । पालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ कल्पना थापा बोहरा, बुनादेवी रिमाल, विमला न्यौपाने अधिकारी, सुकमाया गुरुङ, मनिता परियारको उम्मेदवारी परेको छ । दलित तथा अल्पसङ्ख्यकबाट हिरालाल विश्वकर्मा, श्रीनाथ सार्की र सुकमाया घर्तीको उम्मेदवारी परेको छ । सबै सदस्य सर्वसम्मत हुनुभएपछि उहाँहरुलाई अर्को कार्यक्रममा प्रमाणपत्र प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गठबन्धन दलहरुले मनोनयन दर्ताको समयसम्म उम्मेदवारी दर्ता नगराएको सो कार्यालयले जनाएका छ । मनोनयन दर्ताको समय विहान १० बजेदेखि ३ः३० बजेसम्म तोकिएको थियो । गठबन्धनको तर्फबाट उम्मेदवारी नआएपछि एमालेका उम्मेदवार निर्विरोध हुनुभएको सो कार्यालयले जनाएको छ । कार्यपालिका निर्वाचन जेठ १७ गतेका लागि तय गरिएको छ ।
अवैध सालको काठसहित दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध सालको काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मकैबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित
पाल्पाका किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पु-याएको छ । जिल्लाको रामपुर, गेझा, कसेनी माडी क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढेको हो ।
मुख्यमन्त्री पोखरेल र भारतीय कार्यवाहक राजदूतबीच भेट
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेट गर्नुभएको छ ।
कालीगण्डकी गाउँपालिकाले इन्डक्शन चुल्हो वितरण गर्ने
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो, “घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय गरेका छौँ ।” यसलाई आगामी गाउँसभाबाट पारित गरेर लागू गर्ने उहाँले बताउनुभयो ।
पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य
पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिलो काम पोखरालाई सुशासनको प्रत्याभुत दिने हुनेछ, महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन्झट प्रदान गर्छौँ ।”
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।
नगरप्रमुखको तलब–भत्ता सहायता कोषमा
समाजसेवीका रूपमा परिचित तनहुँ शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णराज पण्डितले तलब–भत्ता नलिने घोषणा गर्नुभएको छ । विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध समाजसेवी पण्डितले विभिन्न सङ्घ संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आउनुभएको छ । स्वच्छ छवि, मिलनसार र प्रस्ट वक्ताका रूपमा परिचित नगरप्रमुख पण्डितले धेरैजसो जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप लागिरहेको बेला आफूले भने तलब–भत्ता नलिने घोषणा गर्नुभएको हो ।
सम्मानपछि ज्येष्ठ नागरिक हर्षित
अर्जुनचौपारी गाउँपालिका–१ का ९२ वर्षीय छबीलाल अर्यालले गाउँपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभएको छ ।