गोरखामा मतदान जारी, ४ सय ७९ मत खस्यो
गोरखामा उपनिर्वाचन भइरहेको गोरखा नगरपालिका – ५ मा मतदान जारी छ । वडाध्यक्षको लागि भएको निर्वाचनमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । दुवै मतदान स्थलमा बिहान ८ बजेसम्म मतदाताको उपस्थिति बाक्लो नभए पनि ९ बजेबाट मतदाताहरू मतदान स्थलमा बाक्लो उपस्थिति देखिएको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिनुभयो ।
उपनिर्वाचनका लागि शान्तिपूर्ण मतदान (फोटो फिचर)
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।
बाजुरामा पनि शान्तिपूर्वक मतदान सुरु, ६५० मत खस्यो
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा शान्तिपूर्वक मतदान सुरु भएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको बिहान सात बजे देखि शान्तिपूर्वकबाट मतदान सुरु भएको हो ।
पुलको शिलान्यास
पुतलीबजार नगरपालिका–५ मा शनिबार मोटरेबल पुलको शिलान्यास गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।
नक्कली मह बिक्री गर्ने १३ जना पक्राउ
गाउँ गाउँ घुमेर मह बेच्ने १३ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी बसपार्क नजिकैको आँधी खोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच क्विन्टल भन्दा बढी मह बरामद गरेको छ ।
बेचबिखनको जोखिममा रहेकालाई उद्धार
मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापनागृह बाँकेले जोखिममा रहेका २९८ जनालाई नेपाल–भारत नाकाबाट उद्धार गरेको छ ।
घोराही–तुलसीपुर सडकमा पुल निर्माण हुँदै
दाङको घोराही–तुलसीपुर सडकखण्डमा थप तीन पुल निर्माण हुने भएका छन् ।
थ्रिडी पार्क बर्सौंदेखि प्रयोगविहीन
राज्यले लाखौँ रुपियाँ खर्चेर बनाएका सरकारी सम्पत्तिको संरक्षण हुन सकेको छैन । सदरमुकाम तम्घासको मुटुमै रहेको थ्रिडी पार्क बर्सौंदेखि प्रयोगविहीन छ ।
फोन र इन्टरनेटबाट वञ्चित
मोबाइल फोनको टावरले काम नगर्दा दुर्गम भेगका बासिन्दा फोन र इन्टरनेट सेवाबाट वञ्चित भएका छन् ।
बालबालिकालाई जाडोमा सकस
आमाबुवा गुमाएपछि बेसहारा बनेका यहाँका बालबालिकालाई जाडो छल्ने न्यानो लुगा नहुँदा कठ्याङ्ग्रिन थालेका छन् ।
चिसो छल्न गाउँ छोड्दै घुन्साका बासिन्दा
ताप्लेजुङको हिमाली बस्ती लेलेप घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न सुरु गरेका छन् । जाडो बढ्न सुरु भएपछि चिसो छल्न अर्थात् चिसोबाट जोगिनलाई घुन्साका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।
फेवाताल मिचेको रिसोर्टको पर्खाल भत्काइयो
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता, कार्यकर्ताले पोखराको फेवाताल किनारमा रहेको वाटर फ्रन्ट रिसोर्टको पर्खाल भत्काएका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता, कार्यकर्ताले शनिवार साँझ कर्ण शाक्यको रिपोर्टको पर्खालको केही भाग भत्काएका हुन् ।
नवलपुरमा एचआइभी एड्सबाट आठ जनाको मृत्यु, १४४ जनामा सङ्क्रमण
नवलपुरमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ४४ जनालाई एचआइभी एड्स सङ्क्रमण देखिएको पुष्टि भएको छ । ११ जना नवलपुर बाहिरका व्यक्ति हुन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की टीकापुर सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
कञ्चनपुरमा एक पुरुषले धारिलो हतियार प्रहार गरेर आफ्नो श्रीमतीको हत्या गरेका छन् ।
‘स्थानीय सेवा कानुन ल्याउन ढिलाइ गर्नु हुँदैन’
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न आवश्यक कानुन ल्याउन ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
लोपोन्मुख रेड पान्डाको संरक्षण
लोपोन्मुख अवस्थामा रहेको हाब्रे (रेड पान्डा) संरक्षण गर्न जुम्लामा विभिन्न कार्यक्रम सुरु गरिएको छ । जु
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
निर्वाचनमा तिनै निकायका सुरक्षाकर्मी परिचालन
हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दुई वटै मतदान स्थलमा मतदान केन्द्र निर्माण, निर्वाचन
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ ।
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सवको तयारी तीव्र
प्राचीन मिथिलाको राजधानी एवं मधेश प्रदेशको राजधानी जनकपुरधाममा विवाहपञ्चमीको रौनक सुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक महìवको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहपूर्वक तयारीमा जुटेका छन् ।
सडक नहुँदा किसानलाई समस्या
उखु पेलेर स्थानीय प्रविधिबाट गुड (सखर) उत्पादनका लागि प्रसिद्ध मानिएको गाउँमा छ किलोमिटर सडक नहुँदा बजारीकरण गर्न समस्या भएको छ ।
क्रिकेट ‘क्रेज’ मा एनपिएल
खेलकुद क्षेत्र देशकै गौरव हो । खेलबाटै कतिपय मुलुकले विश्वभर आफूलाई चिनाएका छन् ।