दैलेखमा ग्यास उत्पादनको पूर्वतयारीबारे स्थलगत अध्ययन
दैलेखको जलजले भूसतहमा पत्ता लागेको मिथेन ग्यास उत्पादन, प्रशोधन र उपयोगको खाका तय गर्ने पूर्वतयारी थालिएको छ । त्यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको प्राविधिक सामितिले ग्यास उत्खनन हुने स्थलको अध्ययन अवलोकन गरी उत्पादन, प्रशोधन र ढुवानीका लागि आर्थिक र प्राविधिक पक्षको जानकारी लिएको छ ।
सङ्घीय संरचना जस्तै तहगत नगदे बाली
घरसँगैको बारीमा धान खेती हुँदैन । अलि डाँडो बारी भएकाले पहिले १६ कट्ठा बारीमा उखु थियो । उखुलाई स्याहार बढी चाहिने तर गाउँमा कृषि मजदुरको अभाव हुने ।
उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने प्रतिबद्धता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरणलगायतका विषयमा छलफल भएको छ ।
वैदेशिक रोजगारीमा महिलाको आकर्षण बढ्दो
वैदेशिक रोजगारीका लागि विदेश जाने महिला बर्सेनि बढेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०७७/७८ देखि वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढ्दै गएको हो । विभागका अनुसार आव २०८०/८१ मा ८० हजार १७२ र आव २०८१/८२ मा ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश गएका छन् ।
सबै कूटनीतिक ढोका खोलेर संवाद गर्न सुझाव
नेपाल र भारतबिचको सीमा विवाद सुल्झाउन सबै तहका कूटनीतिक संयन्त्रले सक्रियता बढाउनुपर्ने विज्ञहरूले सुझाएका छन् । चीन र भारतबिच लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने समझदारीले नेपाल–भारत सीमा विवाद थप उकासिए पनि कूटनीतिक संवादका माध्यमबाट यसको सहज समाधान खोजिनुपर्ने उहाँहरूको भनाइ छ । यसैबिच समझदारीका मामिलामा चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपतिसमक्ष चीन–भारत सम्झौताप्रति आपत्ति प्रकट गरिसक्नुभएको छ ।
विदेशीको निगरानी गरिने
अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकमाथि निगरानी गर्ने भएको छ । विभागले विदेशी पर्यटकको दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको बसोबास तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने भएको हो ।
ज्यानको बाजी लगाएर खोज, उद्धार गर्ने नायक
कैलालीको गोदावरी नगरपालिका–९, भल्कास्थित खुटिया नदीमा बिहीबार एकै घरका दुई दाजुभाइसहित चार किशोर डुबेर बेपत्ता हुनुभयो । घटना भएको आसपास अन्यत्र गहिराइ नरहेको सो नदीमा करिब २० मिटर भाग मात्रै गहिरो छ । त्यसमा किशोरहरू डुबेपछि दगुरेर उद्धारका लागि पुगेका सर्वसाधारणले गहिरोमा गएर खोज्न आँट गर्नै सकेनन् ।
विश्वासको मतको विवाद पूर्ण इजलासमा
प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी विवादमा संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै सर्वोच्च अदालतको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश गरेको छ ।
सङ्घीय निजामती विधेयक : राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक–२०८० संशोधनसहित सर्वसम्मतिबाट पारित गरेको छ । यो विधेयक अब प्रतिनिधि सभामा जाने छ ।
परराष्ट्रविद्को प्रस्टोक्ति ‘अकाट्य प्रमाण छन् लिपुलेक हाम्रो हो’
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग नेपालको भूमि लिपुलेकका सन्दर्भमा संवाद अघि बढाएको स्वागत गर्दै विज्ञहरूले प्रमाणका आधारमा त्रिपक्षीय विमर्श गर्न सुझाव दिएका छन् ।
विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्
भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी र गुञ्जीसहित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको प्रमाण दार्चुलाको मालपोत कार्यालयमा सुरक्षित छ ।
‘प्रधानमन्त्रीको चीन भ्रमण नेपालको लागि माइलस्टोन’
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र साङ्घाइ सहयोग संगठन (एससिओ) कार्यक्रममा खेल्नु भएको भूमिका नेपाल र नेपालीका लागि कोशेढुंगा (माइलस्टोन) भएको परराष्ट्रविदहरुको विश्लेषण छ ।
महिला आन्दोलनका साझा एजेण्डामा एकताबद्ध हुनुपर्छ – उपाध्यक्ष शाक्य
नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलनका साझा एजेण्डामा एकताबद्ध हुनपर्ने बताउनुभएको छ ।
संविधानले दिएका अधिकार अझै अभ्यास हुन बाँकी : मन्त्री लेखी
मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले संविधानले दिएका कतिपय अधिकार अझै पनि अभ्यास हुन बाँकी रहेको बताउनु भएको छ ।
सम्पदा संरक्षणमा सहजीकरण गर्ने प्रजिअको प्रतिवद्धता
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सेवा प्रवाहलाई सहज बनाउँदै संस्कृति, सम्पदाको संरक्षणमा सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अस्ट्रेलियाको प्रविधि नीतिमा परिवर्तन, दुर्व्यवहार रोक्न कडा कदम
अस्ट्रेलियाली सरकारले सामाजिक मर्यादा र नागरिक सुरक्षालाई मध्यनजर गर्दै प्रविधिको दुरुपयोग रोक्नका लागि आवश्यक कदम चाल्ने घोषणा गरेको छ ।
गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति इजरायली आक्रमणमा अपार्टमेन्ट र आवासीय भवनमा १३ जनाको मृत्यु भएको जनाएको छ ।
सुडानको डार्फरमा भूस्खलन, १,००० भन्दा बढीको मृत्यु
सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ‘ठुलो’ भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले सोमबार ढिलो जानकारी दिएको छ ।
इन्डोनेसियामा विरोध प्रदर्शनपछि २० जना बेपत्ता
इन्डोनेसियामा हिंसात्मक विरोध प्रदर्शनपछि कम्तीमा २० जना बेपत्ता भएका छन् ।
‘लम्पी स्किन’बाट १० वटा गाई मरे
पशुहरूमा लाग्ने लम्पी स्किन सङ्क्रमणबाट नवलपरासी पश्चिममा १० वटा गाई मरेका छन् ।
जापानको सत्तारुढ दलका महासचिव मोरियामाको राजीनामा प्रस्ताव
जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का महासचिव हिरोसी मोरियामाले जुलाईमा भएको विनाशकारी माथिल्लो सदनको चुनावी परिणामपछि मङ्गलबार पद त्याग्ने प्रस्ताव गर्नुभएको छ ।
नेप्से परिसूचक १९ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ७४१ दशमलव ९७ विन्दुमा कायम भएको छ ।
मदुरोको चेतावनी : भेनेजुएला क्यारेबियनमा अमेरिकी सैन्य उपस्थितिको जवाफ दिन तयार
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिनुभएको छ ।
म्यान्मामा सन् २०१७ को अत्याचार दोहोरिएको जस्तो अवस्था, संयुक्त राष्ट्रसङ्घको गम्भीर चेतावनी
म्यान्माको मानवीय अवस्था दिनप्रतिदिन बिग्रँदै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले मङ्गलबार गम्भीर चिन्ता व्यक्त गरेको छ ।