बसबाट लडेर युवकको मृत्यु
सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बसबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकाको सुदामा गाउँबाट सदरमुकाम मलङ्गवा आउँदैगरेको ग १ ख ९४५२ नम्वरको बसबाट लडेर कौडेना गाउँपालिका –३, बस्ने ३५ वर्षीय चन्दन चौधरीको मृत्यु भएको हो ।
फुटेज गायब हुनु गलत हो : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको छानवीनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदएिर छानविन कार्यलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ । समिति भित्रै रहेका सत्तारुढ दलका सांसदले छानविन समितिलाई कल डिटेल हेर्न नदिएको टिप्पणी गर्नुभयो ।
निगमलाई निजीकरण गर्ने सोंच छैन : मन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको स्पट पार्नु भएको छ । अर्बौको कमिशन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा सञ्चार माध्यममा भइरहेकाबेला मन्त्री बडूले आफू सो पक्षमा नरहेको बताउनुभएको हो ।
वितरण नहुँदै हरायो १५९ क्विन्टल अनुदानको नुन
सरकारले मुगुमा बिक्री वितरणका लागि अनुदानमा उपलब्ध गराएको नुन जिल्ला सदरमुकाम गमगढी बजारबाट हराएको छ । छायाँनाथ रारा एयर कार्गो ढुवानी सेवाले ढुवानी जिम्मा लिएको १ सय ५९ क्वीन्टल नुन सदरमुकाम गमगढीबाट हराएको हो ।
दलित र न्यून आय भएकालाई खाद्यान्न सहयोग
खार्पुनाथ गाउँपालिका वडा नं. ५ का अध्यक्ष भरतजंग शाहीले आफूले राज्यबाट पाउने पहिलो सेवा र सुविधाबाट खाद्ायन्न सहयोग गर्नुभएको छ । वडाका दलित, एकल महिला र पुुरुष तथा आफ्नै आम्दानीबाट खाना नपुग्नेलाई सो खाद्यान्न सहयोग गरिएको उहाँले बताउनुभयो ।
खजुरा खोलामा चोरी निकासी बढ्यो, स्थानीय चिन्तामा
नवलपरासी –४ खजुरा खोला खनेर खाल्डो परेपछि नहरमा पानी नचढेको स्थानीय रामकली गिरिले गुनासो गर्नुभयो । नहरको डिलमा घाँस काट्दै गर्नुभएकी खोलातिर देखाउँदै उहाँले भन्नुभयो, “पानी नचढेपछि खेतमा सिँचाइ हुन पाएन ।” पानी चढ्दैन आलीमा घास काट्दै गरेकी रामकली गिरीले वाध तिर देखाउँदै भनिन्” । वर्दघाट नगरपालिका १६ स्थायी निवास ७५ वर्षिया गिरिले थप्नुभयो, “लामो खडेरीले खेतको धान सुक्यो, खोलामा अलिअलि पानी भएपनि खोलाको उत्खनन्ले गहिराइँ बढेपछि नहरमा पानी चढेन ।”
कर्णाली करिडोर एक सातादेखि बन्द
कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो ।
साउन १५ खीर खाएर मनाइँदै
साउन १५ गते आज नेपालीले खीर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो ।
खीर खाने परम्परा खुसियालीको प्रतीक
हरेक वर्ष साउन १५ गते खीर खाएर रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ। आइतबार साउन १५, घर–घरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरू बताउनुहुन्छ।