सुपथ मूल्य पसल सञ्चालन
कैलालीको धनगढीमा चाडपर्वलक्षित सुपथ मूल्यको सहुलियत पसल सञ्चालन गरिएको छ ।
दसैँमा १८ लाखले काठमाडौँ छाड्ने अनुमान
यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८ लाख मानिसले काठमाडौँबाट बाहिरिने अनुमान रहेको जनाएको छ । यो अघिल्लो वर्षको तुनामा धेरै हो । अघिल्लो वर्ष करिब १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए ।
रैथाने बाली सङ्कटमा
जिल्लाको भगवतीमाई गाउँपालिका–२ का ६३ वर्षीय प्रभाखर जैसीले आफ्नो बारीमा स्थानीय जातको मकैको बिउ लगाउँदा तीन मुरी उत्पादन हुन्थ्यो ।
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ ।
खादा मालामा नअल्मलिन निर्देशन
बागमती प्रदेशका मन्त्रीहरू मन्त्रालयमा नबस्ने गरेको गुनासोका बिच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मन्त्रीहरूलाई खादा मालामा नअल्मलिन निर्देशन दिनुभएको छ ।
वर्षभरि काम, छ महिना माम
झिसमिसेमै उठ्यो, बिहानदेखि बेलुकासम्म बारीको काममा लाग्यो ।
आफ्नै जग्गाबारे बेखबर कार्यालय
धनकुटाको हिले बजारनजिक टिमुरेमा पर्यटन विभागको १३२ रोपनी जग्गा छ । धनकुटा नगरपालिका–१ मा रहेको पर्यटकीय दृष्टिकोणले अति महìवपूर्ण सो जग्गा प्रयोग नहुँदा बेवारिसे बनेको छ । २०३५ सालमा चन्द्रबहादुर कार्कीको नाममा रहेको १३२ रोपनी जग्गा पर्यटन विभाग त्रिपुरेश्वरको नाममा सारिएको नापी कार्यालय धनकुटाको कागजातमा देखिन्छ ।
मधेश प्रदेश सरकारको सय दिने कार्य सार्वजनिक हुँदै
मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिकीकरण गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश सरकारको सय दिने कार्य सार्वजनिक गर्न लागेको हो ।
भैरवनाथ मन्दिरमा चढाइन्छ हजारौं रोटी
पाल्पा–पाल्पाको सदरमुकाम तानसेनबाट झण्डै ९ किलोमिटरको दूरीमा अवस्थित छ, भैरवनाथको मन्दिर । यस मन्दिर रिब्दिकोट गाउँपालिकाको पर्यटकिय र धार्मिक दृष्टिकोणले समेत प्रख्यात छ । रिब्दीकोट गाउँपालिका–१ मा रहेको भैरव मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन पूजा गर्न पुग्ने गर्दछन् । जसले गर्दा रिब्दिकोट गाउँपालिका धेरैले चिन्ने गरेका छन् ।
परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता
संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विभिन्न देशका विदेशमन्त्री लगायतसँगको द्विपक्षीय भेटवार्तालाई जारी राख्नुभएको छ । यसैक्रममा मङ्गलबार उहाँले दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभयो ।
बन्दै आकर्षक प्रशासनिक भवन
दाङको राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेशका प्रशासनिक भवन हेर्दा मन लोभ्याउने छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
सस्तोमा पानी वितरण गर्ने प्रतिस्पर्धा
दाङको लमही नगरपालिका–१, २ र ३ का बस्तीलाई लक्षित गरेर स्थापना गरिएको कौडिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले १५ हजार लिटर खानेपानीको न्यूनतम शुल्क १५० रुपियाँ मात्र लिने गरेको छ ।
भेरी अस्पतालमा जटिल शल्यक्रिया
नेपालगन्जस्थित भेरी अस्पतालमा एक वर्षमा दुई हजार आठ सयभन्दा बढी जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।
बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन
काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
बागलुङमा सात सय ९८ जनामा डेंगु सङ्क्रमण
बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगु परीक्षणको हो ।
एमसिसि परियोजनाबाट प्रभावित बासिन्दा आन्दोलित
उचित मूल्य निर्धारण नभएको भन्दै तनहुँमा एमसिसि परियोजनाबाट प्रभावित बासिन्दा आन्दोलित भएका छन् । परियोजनाअन्तर्गतको ४०० केभी विद्युत प्रसारण लाइनका लागि विद्युत टावर रहने जग्गाको जग्गाधनीहरु आन्दोलित भएका हुन् ।
श्रीलङ्काको नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ मन्त्रीमण्डल गठन
आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मङ्गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै आफ्नो मन्त्रीमण्डल गठन गर्नुभएको छ ।
हिजबुल्लाह इजरायलविरुद्ध एक्लै खडा हुन सक्दैनः इरानी राष्ट्रपति
इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताउनुभएको छ ।
‘नियत सफा राखौँ, आचारण सुधारौँ’
लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ ।
‘मिटरब्याजी विद्यालय’ लाई कारबाही सिफारिस
नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ शङ्खदेवमा रहेको श्री शिक्षाबोधनी (सामुदायिक) माध्यमिक विद्यालयलाई कारबाही सिफारिस भएको छ ।
कोरला नाकामा सञ्चार सुविधा विस्तार
बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे ।
चोरीमा संलग्न व्यक्ति प्रहरी नियन्त्रणमा
गोरखामा योजनाबद्ध ढङ्गबाट सुनको सिक्री चोर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिक्री लुटपाटमा संग्लग्न गोरखाको शहिद लखन गाउँपालिका – ९ नाम्जुङका ३८ वर्षीय सुनिल बिक र ललितपुर उपमहानगरपालिका – १६ का ३७ वर्षीय शैलेश ताम्रकारलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।