नेपाल आज ओमानको सामना गर्दै
यस सिरिजमा लगातार तेस्रो हार खेपेको नेपाललाई साख जोगाउन पनि आजको खेल जित्नै पर्ने दबाब छ ।
हाटबजार साँघुरिएपछि सडक तथा फुटपाथमा पसल राख्न बाध्य व्यापारी
झण्डै पाँच दशकदेखि लाग्दै आएको हाटबजारको जमिन अतिक्रमण भएपछि स्थान अभावका कारण व्यापारी सडक तथा फुटपाथमा पसल राख्न बाध्य भएका छन् ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा मङ्गलबार शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ५९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार चार सय ७० दशमलव ३९ मा सिमित भएको छ ।
पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव
पोप फ्रान्सिसले हिरासतमा रहनुभएकी म्यानमारकी पूर्वनेता आङ सान सुकीलाई भ्याटिकन क्षेत्रमा शरण दिने प्रस्ताव गर्नुभएको इटालेली सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।
सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला
दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले मङ्गलबार बताएको छ ।
वालिङमाथि आर्मीको फराकिलो जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फुटबलमा वालिङ नगरपालिकामाथि फराकिलो जित निकलेको छ ।
नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिनुभएको छ ।
सर्वोच्चद्वारा दुर्गा प्रसाईँको रिटमा कारण देखाऊ आदेश जारी
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
नेपालगन्ज भन्सार, नाका र आइसिपीको स्थलगत अनुगमन
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले नेपालगन्जस्थित भन्सार कार्यालय, नेपाल भारत नाका र आईसिपीको स्थलगत अनुगमन निरीक्षण गरेको छ ।
गुरुकुल र संस्कृत मावि बन्द हुँदा पुरोहितको अभाव
एकातर्फ गुरुकुल र संस्कृत मावि बन्द भएका छन् भने नयाँ पुस्तामा गुरूकुलीय शिक्षाप्रति आकर्षण छैन।
विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन
सानो भवन साँघुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दुधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ ।
श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का प्रवक्ताले श्रीलङ्काका लागि आफ्नो विवादास्पद दुई अर्ब ९० करोड डलरको उद्धार कार्यक्रमबारे मुलुकको नयाँ सरकारसँग छलफल गर्न तयार रहेको बताएका छन् ।
ओखलढुङ्गाको पहिरे खोलामा बेलिब्रिज राखिने
ओखलढुङ्गाको पहिरे खोलामा अस्थायी बेलिब्रिज राखिने भएको छ ।
त्रिविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिविवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठककाले सो निर्णय गरेको हो ।
आफ्नै लगानीमा स्थानीयले बनाए काठे पुल
कैलालीको एक गाउँका स्थानीयले तीन लाख रुपियाँ आफ्नै लगानीमा कटैनी नदीमा काठे पुल निर्माण गरेका छन्।
चोटका कारण स्वर्ण जित्न असहज भयो : एरिका गुरुङ
एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताउनुभएको छ ।
कार्यवाहक प्रधानमन्त्री र सहरी विकासका सचिवबिच कार्यसम्पादन सम्झौता
कार्यवाहक प्रधानमन्त्री समेत रहनुभएका उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ ।
हवाई उडानको चाप बढ्दै, कस्तो छ सुरक्षा व्यवस्था
चाडपर्व नजिकिँदै जाँदा विदेशबाट स्वदेश र शहरबाट गाउँघर फर्कने क्रम बढ्ने गर्दछ ।
विषादी बिनै फलाउँछन् तरकारी
दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ का ५० वर्षीया नगेन्द्र खड्का १७ वर्षअघि घरबारीको माटोको उब्जाउ देखेर मख्ख पर्थे। त्यतिबेला परम्परागत रूपमा नगदेबाली खेती हुन्थ्यो ।
फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।
चाडपर्वको नाममा हुने तडकभडक अन्त्य हुनुपर्छ : पूर्वमन्त्री चौधरी
पूर्वमन्त्री भगवती चौधरीले चाडपर्वको नाममा हुने अनावश्यक तडकभडक अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ
झुट्टो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।
पुरुषको शव फेला
तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार नजिकै मङ्गलबार बिहान पुरुषको शव फेला परेको छ ।
दलित गाउँका पहिलो शिक्षक
बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठुलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् ।