वैदेशिक लगानी प्रवर्द्धनमा नेपाली राजदूतले अग्रसरता लिनुपर्छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन नेपाली राजदूतहरुले अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।
पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप
सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ ।
वैकुण्ठ चतुर्दशीको दिन मुसिकोटमा सार्वजनिक बिदा
वैकुण्ठ चतुर्दशीको दिन मुसिकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
उपनिर्वाचन : गुल्मीमा वडा अध्यक्ष पदमा कांग्रेस–एमालेबिच प्रतिस्पर्धा
मुसिकोट वडा नम्बर १ का वडा अध्यक्ष मोहन घिमिरेको निधन भएपश्चात रिक्त रहेको पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ । सो उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच प्रतिस्पर्धा हुने भएको छ ।
सामा चकेवा : दाजुभाइ सम्झदै मिथिलानी
पोखरी खनेर जगतको आवश्यकता पूर्ति गर्न र त्यसको डिलमा रोपिएको चम्पाको सुवासले गाउँ नै सुवासित बनाउने मेरा दाजु हुन् भन्ने भावको यो गीत सुन्दा यसअघि कुनैबेला दिदीबहिनीसँग ठ्याकठुक परेको रहेछ भने पनि दाजुभाइले पुरानो कुरा भुल्छन्
सुनसरीमा उपनिर्वाचनको सरगर्मी बढ्दै
सुनसरीको गढी गाउँपालिका ६ मा मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ ।
जिसस प्रमुखका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रुख काट्न वनले माग्यो मन्त्रालयको सहमति
नवलपुरको कावासोतीमा बन्ने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा भएका रुखहरु काट्नका लागि वन तथा वातावरण मन्त्रालयले फेरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पनि सहमति मागेको छ ।
होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै
नेपालगन्जबाट २४ किलोमिटर उत्तर सुर्खेत रोडको नजिकमा रहेको गाभर भ्याली होमस्टे पश्चिम नेपालका थारु समुदायको कला र संस्कृतिको अध्ययन अनुसन्धान केन्द्रका रुपमा बिकसित हुँदै गएको छ ।
सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो
स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६० हजार निर्धारण भएको छ ।
विश्व मधुमेह दिवसमा घोराहीमा प्रभातफेरी
विश्व मधुमेह दिवसका अवसरमा घोराहीमा सचेतनामूलक र्याली गरिएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतको सहभागीतामा सचेतनामुलक र्याली गरिएको हो ।
जाडो छल्न आगन्तुक चरा चितवनमा
जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् ।
कात्तिक नाचमा वराह र हिरण्याक्षको युद्ध
हिजो बुधबार द्वादशीका दिन कात्तिक नाचको क्रममा वराह अवतार नाच देखाइएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा हुने कात्तिक नाचको बराह अवतारमा कृष्ण र इन्द्रको प्रस्तुती हुन्छ ।
कर्मचारी महासङ्घद्वारा बाढी पहिरो पीडितका लागि आठ लाख सहयोग
नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढी पहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ ।
सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना
प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगङ्गा आँखा प्रतिस्ठानको साझेदारीमा आँखाका रोगीलाई लक्षित गरी केन्द्र स्थापना गरिएको पालिकाका पदाधिकारीको भनाइ छ ।
एमाले इलामको ११ औँ जिल्ला अधिवेशन सुरु
नेकपा एमाले इलामको ११ औँ जिल्ला अधिवेशन आज इलाम सदरमुकाममा हुँदै छ । सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा दिउसो १२ बजे सुरु हुने अधिवेशनको एमाले पाटी उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला सचिव उमेश गुरुङले बताउनुभयो ।
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
विसंं २०२० मा त्रिशूली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु. आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो ।
चार हजार क्विन्टल किसानको धान खाद्यले किन्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरूसँग धमाधम धान खरिद गरिरहेको छ ।
कमलको फूल
पश्चिम नवलपरासीको परासीभुमही सडकखण्डको किनारामा पानीमा फुलेको कमलको फूल ।
सागको मुठा बनाउँदै
भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित बाेडेमा बिक्रीका लागि बजार पठाउन सागको मुठा बनाउँदै स्थानीय किसान ।
नागसहितको शिवलिङ्ग
धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित ऐतिहासिक, सांस्कृतिक एवम् आध्यात्मिक सरोवर परशुराम तलाउको मध्यभागमा रहेको कमलको फूलमा नागसहित शिवलिङ्गको प्रतिमा ।
ट्रम्प सरकारको विदेश मन्त्रीमा मार्को रुबियो
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधवार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेश मन्त्री हुने घोषणा गर्नुभएको छ ।
‘तालिमले छात्राको मनोबल उच्च हुने’
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमले छात्राहरूको मनोबल उच्च हुने तथा आत्मविश्वास बढाउन सहयोग हुने बताउनुभएको छ । मन्त्री यादवले बुधबार वीरगन्ज आदर्शनगर रङ्गशालामा वीरगन्ज महानगरपालिकाले छात्राहरूका लागि आयोजना गरेको आत्मरक्षा तालिमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
सूचनाको हक कार्यान्वयनमा
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।