निर्वाचनको दिन मौसम सफा रहने
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ ।
छोटो समयको रोजगारीबाट सन्तुष्टि
नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिनुभएकी सरिता भुजेल सडकमा सवारीसाधनको अत्यधिक चाप हँुदा आकाशे पुल प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्नुहुन्छ । उहाँको अचेलको दैनिकी म्यादी प्रहरीको पोसाकमा हातमा लट्ठी समातेर नयाँबानेश्वर चोकमा ट्राफिक व्यवस्थापन गर्न र नजिकै रहेको आकाशे पुल चढ्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सघाउने गर्दा बित्ने गरेको छ ।
उपत्यकाबाट बाहिरिने बढे
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै काठमाडौँबाट बाहिरिने सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ। जिल्लामा जाने अधिकांश बस रिजर्व भइसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। मङ्सिर ४ गतेको निर्वाचन अघिसम्म करिब पाँच लाख यात्रु बाहिरिने महासङ्घको अनुमान छ।
‘राष्ट्रपति संस्थाप्रतिकै अपमान’
नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई जवाफ पठाएको छ। महान्यायाधिवक्ता कार्यालयमार्फत कार्यालयका सचिव यादवप्रसाद कोइरालाले जवाफ पठाउनुभएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले अदालतमा जवाफ प्राप्त भएको जानकारी दिनुभयो।
विश्वकप प्रसारणको कानुनी बाटो खुल्यो
नेपालमा विश्वकप फुटबल प्रसारणको कानुनी बाटो खुलेको छ। अतिरिक्त शुल्क लिएर खेलको प्रसारण गर्न लागेको भन्दै दायर रिटको अल्पकालीन आदेशलाई अदालतले निरन्तरता नदिएपछि कानुनी बाटो खुलेको हो। कतारमा हुने विश्वकपको प्रत्यक्ष प्रसारणको ‘एक्सक्लुसिभ राइट’ यो पटक मेडिया हबले पाएको छ। मिडिया हबले प्रसारणका लागि हिमालय टेलिभिजन नेटवर्कको हिमालय प्रिमियमसँग सम्झौता गरेको छ। अदालतले अन्तरिम आदेश खारेज गरेपछि विश्वकपको नयाँ प्याकेजको शुल्क पाँच सय भने कायम हुने भएको छ। यसमा कर लागू हुनेछ।
देशभर यान्त्रिक परीक्षण उडान
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा बिहीबारदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाईको टोली नेपाल आइसकेको छ । कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने उक्त नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडित जहाजसहितको टोली बुधबार भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । उक्त टोलीमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिक छन् । भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार एरोथाईको टोलीले बिहीबार गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ ।
आयोगको टोली अनुगमन गर्न कपिलवस्तुमा
संवैधानिक आयोगको टोली चुनावको अनुगमन गर्न कपिलवस्तु आइपुगेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा टोली बुधबार कपिलवस्तु पुगेको हो ।
नौ वर्षदेखि पालमुनिको बसाइ
निर्वाचन माहौल तातिएका बेला गिरीघाटस्थित बाढी प्रभावितका छाप्रोमा भने चिसो सिरेटो चलेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता रिझाउन व्यस्त नेताहरू एकपछि अर्को यो शिविरमा पुगे पनि समस्या समाधानको आश्वासन मात्र दिएको पीडितको भनाइ छ ।
२४ घण्टामा थप नौ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ६२० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको हो ।
रेल सेवा चार दिन बन्द हुने
नेपाल रेल सेवा चार दिन बन्द हुने भएको छ । जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा भोलि बिहीबार मङसिर १ गतेदेखि ४ गतेसम्म सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो ।
जङ्गली हात्ती मृत फेला
झापाको कचनकवलमा बुधबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ । कचनकवल –१ घेरावारीमा दारा नभएको एउटा जङ्गली हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गठबन्धन उम्मेदवार रावललाई टक्कर दिँदै चौधरी र न्यौपाने
कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा (ख) निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।
कैलाली –३ (ख) मा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती
कैलाली क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्यमा गठबन्धनका उम्मेदवार समाजवादीका अमरबहादुर साउदलाई यस पटक स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् । साउदलाई सहज जित निकाल्न गाह्रो हुने आङ्कलन गरिएको छ ।
सीमा नाका आजबाट र प्रचारप्रसार भोलि मध्यरातिदेखि बन्द
कात्तिक १७ गतेदेखि सुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका आज बुधबारदेखि बन्द गरिनेछ । मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु
पशुपति क्षेत्रमा बालाचतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ ।
निर्धक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह
गृह मन्त्रालयले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।
सगरमाथा विमानस्थलका लागि ७० प्रतिशत रुख कटान
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ को जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्ने क्षेत्रमा रहेका रुख कटान गरिएको छ ।
उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान
चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ ।
चार महिनामा ४९ वन्यजन्तुको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् ।
विश्वमा आठ अर्ब मानिस
संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार मङ्गलबारबाट विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ। गत जुलाई ११ तारिखमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको थियो। सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो। विश्व जनसङ्ख्या कोषले चार महिनाअघि सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस् २०२२’ले विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहने प्रक्षेपण गरेको छ।
निर्वाचन सुरक्षा तयारीबारे छलफल
मङ्सिर ४ गते हुने निर्वाचनका लागि भइरहेको सुरक्षा तयारी र भावी रणनीतिबारे निर्वाचन आयोग र सुरक्षा निकायका उच्च अधिकारीबीच छलफल भएको छ । सङ्घीय तथा प्रदेश तह निर्वाचनको मितिभन्दा छ दिनअघि मङ्गलबार आयोगले सुरक्षा तयारीबारे जानकारी लिएको हो । छलफलका क्रममा निर्वाचन सुरक्षाको तयारी सँगै सम्भावित सुरक्षा चुनौतीको सामना गर्ने गरी भइरहेको तयारी र भावी सुरक्षा रणनीतिबारे आयोगले चासो व्यक्त गरेको थियो ।
पोखरा–जोमसोम हवाई रुटमा मौसमी क्यामरा
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरअन्तर्गत माहुरेडाँडा, कुटुका र लेतेमा मौसमबारे जानकारी दिने क्यामरा जडान गर्न लागेको हो । क्यामरा जडानका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । माहुरीडाँडा, कटुका र लेतेमा जडान गरिने मौसमी जानकारी दिने क्यामराको परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तार गरिने उहाँले बताउनुभयो ।
निर्वाचनमा आ–आफ्नै बिदा
आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न निकायले आ–आफ्नै तरिकाले बिदा घोषणा गरेका छन् । सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयमा मङ्सिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै सरकारी कार्यालयलाई भने मङ्सिर ४ गते र ५ गते मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनमा निष्ठा कायम गर्न अनुरोध
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संयमित र संवेदनशील भई मताधिकार प्रयोग गरेर निर्वाचनमा निष्ठा कायम गर्न सबै मतदातालाई अनुरोध गर्नुभएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु सार्वभौम अधिकार भएको उल्लेख गर्नुभयो । कसैले पनि यसविपरीत काम गरे दण्डनीय हुने उहाँले उल्लेख गर्नुभयो ।