लिबाङको हाँडीखोलामा मोटरेवल पुल बन्ने
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ३ लिबाङस्थित हाँडीखोलामा मोटरेवल पुल निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङ जोड्ने सडकअन्तर्गत पर्ने हाँडीखोलामा मोटरेवल पुल निर्माण गरिने भएको हो ।
जनकपुरधामका अतिक्रमित जग्गा कानुनी रुपमा खाली गराइने
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित गुठी संस्थानअन्तर्गत बेलाकुट्टीको जग्गामा बनाइएका टहरा तथा भवन हटाउन वडा कार्यालयले सूचना जारी गर्ने भएको छ ।
टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बेलिना थापा लमजुङ, जेठ १५ गते। लमजुङको मध्यनेपाल नगरपालिका ७ कोइलिनेमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कल्याङबेंसीबाट रामबजारतर्फ आउँदै गरेको बा ४ ख ७७८१ नम्बरको टिपर कोइलिनेमा दुर्घटना भएको प्रहरीले जनाएको छ। आइतबार दिउँसो अन्दाजी ३ बजेतिर दुर्घटना हुँदा चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार टिपर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो। मृत्यु हुने मध्यपहाडी लोकमार्गमा कार्यरत कामदार छन्। मृत्यु हुनेमा चालक धादिङको गजुरी नगरपालिका ६ का २६ वर्षीय आकाश घिमिरे छन्। टिपरले च्यापिएका अन्य तीन जनाको सनाखत हुनसकेको छैन।
भूमिहीन र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने तयारी
राष्ट्रिय भूमि आयोग पाल्पाले सुकुमवासी, दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्न काम अगाडि बढाएको छ ।
पाँच कैदीबन्दी जेलमुक्त
ओखलढुङ्गामा पाँच जना कैदीबन्दी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार पाँच कैदीबन्दी जेलमुक्त भएका हुन् ।
बजेट भाषणको ब्रिफकेस बोकेर अर्थमन्त्री शर्मा संसद् भवनमा
आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुतिका लागि अर्थमन्त्री जनार्दन शर्मा संघीय संसद् भवनमा प्रवेश गर्नुभएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा ४ बजे बजेट भाषण
आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ।सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो।
बागलुङ नगरपालिकामा नयाँ सडक खन्न निषेध
बागलुङ नगरपालिकामा बागलुङमा नवनिर्वाचित जनप्रतिनिधिले नगर क्षेत्रको कुनै पनि स्थानमा नयाँ सडक विस्तार गर्न कामलाई निषेध गरेका छन् ।
हराएकाे विमान खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर सम्भावित क्षेत्रमा
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ । जहाज खोजीका लागि दुर्घटना आशङ्का रहेको क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टर पोखराबाट मुस्ताङतर्फ उडेको छ ।