आइसिपीसम्म कार्गो रेल चलाउन माग
विराटनगरका उद्योगीले भारतको बथनाहा–आइसिपी कार्गो रेल उद्घाटनपछि सञ्चालनमा देखिएको समस्या हल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
सुकाइँदै खाना पकाउने गुइँठा
सुनसरीको गढी गाउँपालिका –६ मा घाममा सुकाइएको गोबरबाट बनाइएका गुइँठा । गुइँठा खाना पकाउन र गाईवस्तुलाई कुडो पकाउन प्रयोग गरिन्छ ।
पर्यटकीय स्थल सताक्षीधाममा ८७ धारा
झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा ८७ धारा स्थापना गरिएको छ ।
बिहीबारे हटियामा जम्दै घोङ्घीको व्यापार
सुनसरीको इनरुवा नगरपालिका –२ स्थित बिहीबारे हटियामा घुँगी खरिद बिक्री गर्दै स्थानीय । पौष्टिक तत्वले भरिपूर्ण घोङ्घी स्थानीय बजारमा प्रतिकिलो ८० मा बिक्री हुने व्यापारीहरु बताउँछन् ।
तिम्बुङ पोखरी
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र तिम्बुङ पोखरी । धार्मिक रुपमा महत्वपूर्ण र प्राकृतिक सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको स्थानीयवासी बताउँछन् ।
ओखलढुङ्गा कांग्रेस सङ्गठन सुदृढीकरणमा केन्द्रित
नेपाली कांग्रेस ओखलढुङ्गाको सयदिने अभियान सङ्गठन सुदृढीकरणमा केन्द्रित गरेर सञ्चालन गरिएको छ ।
विद्यार्थीलाई शुद्ध खानेपानी
च्यास्मिटार भन्ने बित्तिकै झट्ट दिमागमा आउने शब्द सुख्खा, पानी नपाइने ठाउँ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार सुख्खा ठाउँ हो । नगरपालिकाको प्राय सबै वडा नै सुख्खा क्षेत्र हो । यहाँ हरेक मानिस पानीको सङ्कट भोगिरहेका छन् ।
चुरेका बासिन्दालाई लक्षित खानेपानी योजना लथालिङ्ग
झापाको दमक र इलामको चुलाचुलीमा पर्ने चुरे क्षेत्रका बासिन्दालाई लक्षित गरेर सुरु गरिएको खानेपानी योजनामा बाढीले क्षति पुर्याएपछि स्थानीयहरु प्रभावित बनेका छन्।
एक सयभन्दा बढी रैथाने धानखेतीको नमुना प्रयोग
झापाको शिवसताक्षी नगरपालिकामा एकैसाथ एक सयभन्दा बढी प्रजातिका रैथाने धानको बीउको प्रयोगबाट धान उत्पादन गरिएको छ ।
फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ ।
सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदाता आफ्नै काममा व्यस्त
सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै हुनुहुन्थो । विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो ।
सरकारी निकायबाटै सार्वजनिक जग्गा अतिक्रमण
ताप्लेजुङमा सरकारी निकायबाटै सार्वजनिक जग्गा अतिक्रमण भएको छ । पर्यटन पूर्वाधार तथा संरचना निर्माणका नाममा सरकारी निकायबाट नै जग्गा अतिक्रमण भएको हो ।
श्रीमान् र छोरोको बाटो हेर्दै बित्यो अठार वर्ष
सशस्त्र द्वन्द्वपछि मानसिक समस्या भोगिरेहका २१ वर्षीय छोराको उपचारका लागि १८ वर्षअघि भारतको राँची लैजान भन्दै घरबाट हिँडेका देउमाई नगरपालिकाको धुुसेनीका पदम चापागाईं अहिलेसम्म घर फर्कनुभएको छैन ।
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ ।
गाउँमै डेरी खुल्दा किसानलाई फाइदा
गाउँमै डेरी उद्योग सञ्चालनमा ल्याएपछि कृषक विभिन्न समस्याबाट मुक्त भएका छन् ।
उदयपुर सिमेन्टका कर्मचारी चार महिनादेखि तलबविहीन
उदयपुर सिमेन्ट उद्योग तीन महिनादेखि बन्द छ ।
पिकेडाँडा सञ्चार सुविधा विहीन, स्थानीय र पर्यटक मर्का
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो ।
मोटरसाइकल दुर्घटनामा घाइते कटुवालको मृत्यु
मोटरसाइकल दुर्घटनामा घाइते भएका रिजन कटुवालको विराटनगरस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
५५ करोडको अनलाइन जुवा खेलाउने सुनील पक्राउ
बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन खेलअन्तर्गत जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैर कानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राई पक्राउ परेका छन् ।
विदेशी नागरिक पनि पाथीभरा दर्शनमा
ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभराको दर्शन गर्दै नेदरल्याण्डका नागरिक । पछिल्लो समय पाथीभरामा विदेशी नागरिकको आगमन बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारीले जनाएका छन्
झापामा गोरक्षा महोत्सवमा तयारी भइरहँदा गौहत्या भएपछि धार्मिक अगुवा आन्दोलित
झापाको शिवसताक्षी नगरपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र शिताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सवको तयारी भइरहदा गौहत्या हुनु दुर्भाग्य भएको गौ संरक्षण अभियान्ता तथा शताक्षीधाम गोलोक गोवर्धन गौशालाका संस्थापक तथा संरक्षक आचार्य पं. नन्दकिशोर भारद्धाजले बताउनुभएको छ।
मञ्जुश्री गुफा जाने पदमार्ग निर्माण भएपछि पर्यटकलाई सहज
हलेसी क्षेत्रमा रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण गरिएको छ। त्रि–धार्मिक स्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण भएपछि भक्तजनलाई सहज भएको छ।
महिलालाई निःशुल्क ‘सेनिटरी प्याड’
झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रूपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ ।
संविधानको मूलभूत विषयमा संशोधन गर्न नसक्ने : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठुला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच राजनीतिक संयन्त्र बनेको बताउनुभएको छ ।