फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु
सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा २४ घण्टामा २० हजारभन्दा बढी सङ्क्रमित
दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमित पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढी देखिएका छन् ।
भारतमा तीन हजार ३२४ जना नयाँ सङ्क्रमित
भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।
अफगानिस्तानमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा
अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ ।
न्यु मेक्सिकोमा भीषण आगलागी
संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन् ।
अमेरिकी दूतावासद्वारा श्रीलङ्कामा हुने विरोध प्रदर्शन अघि ‘प्रदर्शन चेतावनी’ जारी
श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि ‘प्रदर्शन चेतावनी’ जारी गरेको छ ।
बाह्र महिला कामदारको मृत्यु
इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने बाह्र जना महिला कामदारको मृत्यु भएको छ ।
क्यानाडाले युक्रेनस्थित आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने
क्यानाडाले युक्रेनमा पुनः राजदूतावास खोल्ने भएको छ । क्यानाडाका विदेश मन्त्रीले अब चाँडै नै युक्रेनमा क्यानाडाले दूतावास पुनः सञ्चालनमा ल्याउन लागेको बताउनुभएको जनाइएको छ ।
अमेरिकाले क्वाड बैठकमा रुसविरुद्ध संयुक्त प्रतिक्रियाको लागि आह्वान गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउनुहुने बताइएको छ ।