• ८ जेठ २०८१, मङ्गलबार

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु

blog

साङ्केतिक तस्बिर

मनिला, वैशाख १९ गते । सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए। मृत्यु हुनेमा बालबालिकासहित छ जना छन् ।

आगलागीबाट करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको  जनाइएको छ । आगलागीबाट बच्न केही बासिन्दा जलिरहेको घरबाट हामफालेर  भाग्दा घाइते भएका छन् ।

करिब दुई घण्टापछि दमकलले आगो निभाएको थियो । ब्युरोले आगलागीको कारण बारे आधिकारिक सूचना जारी गरेको छैन ।