अफगानिस्तानमा चरम भोकमरी
अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।
चीनमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो
चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो ।
भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार
तीमध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानीसँग भेटवार्ता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितीयासँग भेटवार्ता गर्नुभएको छ । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नुभएको हो ।
युक्रेनमा बस दुर्घटना हुँदा १६ को मृत्यु
पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए ।
भारतमा २४ घण्टामा दुई हजार ५६८ जना सङ्क्रमित
भारत २४ घण्टाको समयावधि अर्थात् सोमबार मधयरातिसम्म दुई हजार ५६८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८४ हजार ९१३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।
जापानद्वारा थाइल्याण्डसँग रक्षा हस्तान्तरण सम्झौता
जापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
युक्रेनको द्वन्द्वले अफ्रिकामा सङ्कट
युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न सङ्कट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो ।
साङ्घाइमा घटे कोरोनाका सङ्क्रमित
चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका सङ्क्रमित घटेका छन् । साङ्घाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र सङ्क्रमण देखिएको बताएका छन् ।