कोलम्बिया जेल दङ्गाः एकाउन्न जनाको मृत्यु
पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।
राष्ट्रपति बाइडेनलाई रुसमा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।
वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिएका छन् ।
अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग
अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो ।
सान एन्टोनियोमा निसास्सिएर छयालीस आप्रवासीको मृत्यु
टेक्सास राज्यको सान एन्टोनियोमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ भने गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ ।
पाकिस्तानमा अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्यामा वृद्धि
किस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।
सरकारकाे निर्देशनमा जापानमा आज ३ घण्टा लोडसेडिङ्ग
जापान सरकारले राजधानी टोक्योसहित आसपासका तीन करोड ७० लाख ग्राहकसँग सोमबार न्यून विद्युत खपत गर्न निर्देशन दिएको छ ।
भारतमा सत्र हजारभन्दा बढी कोरोना सङ्क्रमित
आइतबार मध्यराति अर्थात २४ घण्टाको समयमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता
साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ ।