सिनेमाको सुटिङ यसरी गरिन्छ
भाइबहिनीहरू, चलचित्र (सिनेमा) हेर्न मजा हुन्छ है ? सिनेमा तयार गर्दा कति मेहनत पर्छ भन्ने कमैलाई थाहा हुन सक्छ । चलचित्र बनाउन निर्माता, निर्देशक, कलाकार र प्राविधिकको भूमिका हुन्छ । निर्देशकले चलचित्र निर्माण गर्न राम्रो कथा छान्छन् । कथामा लगानी गर्न सक्ने निर्मातालाई उनले लाग्ने खर्चका बारेमा भन्छन् । निर्माताले आफूले रकम खर्च गर्न तयार भएको निर्णय गरेपछि निर्देशकले कलाकार र प्राविधिक छनोट गर्छन् । त्यसैले सिनेमाका निर्देशकलाई क्याप्टेन अफ दी सी अर्थात् जहाजको कप्तान पनि भनिन्छ ।
लामो झोलुङ्गे पुल
भाइबहिनीहरू, झोलुङ्गे पुल देख्नुभएको छ ? नदी वा खोला तर्नका लागि लच्किने वा हल्लिने खालका फलामे वस्तु प्रयोग गरेर पुल बनाइएका हुन्छन् । फलामका ठुला खम्बामा पुल अड्याइएको हुन्छ । बच्चालाई सुताउन घरमा तन्ना वा पछ्यौराको झोलुङ्गो बनाउने गरिन्छ । ठ्याक्कै झोलुङ्गो जस्तै हुने भएकाले यस्ता पुललाई झोलुङ्गे पुल भनिएको हो । अब भन्नुहोस् त नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल कुन होला ? पक्कै पनि हामी सबैले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदीमा बनेको झोलुङ्गे पुल सबैभन्दा लामो हो भनी पढ्दै र सुन्दै आ
क्याप्टेन छान्न चुनाव
साथीहरू, सांसद छान्ने चुनाव देख्नुभएको छ ? चुनावका लागि मतपत्र तयार गरिन्छ । मतदातासँग मत माग्नका लागि चुनाव प्रचार गरिन्छ । तोकिएको दिनमा मतदाता मतदान स्थलमा पुग्छन् । सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको हुन्छ । कर्मचारी पनि हुन्छन् । मतदाताले जसलाई जिताउन चाहन्छन् उनको चुनाव चिह्नमा स्वस्तिक चिह्न भएको छाप लगाउँछन् । त्यसपछि बडेमानको बाकसको प्वालबाट मतपत्रलाई खसालिन्छ । अन्तिममा मत गनिन्छ र सबैभन्दा बढी मत ल्याउनेले चुनाव जित्छन् । ठिक त्यसै गरी कास्की पोखरा–१६, बाटुलेचौरको विन्ध्यवासिनी माध्यमिक विद्यालयले क्याप्टेन र सहायक क्याप्टेन छान्न चुनाव नै गराएको छ ।
अनुशासन (निबन्ध)
अनुशासन ‘शासन’ शब्दको अगाडि ‘अनु’ उपसर्ग लागेर बनेको हो । अनुशासन भनेको आफूले आफैँलाई नियममा बाँध्नु हो । हामी विद्यार्थीका लागि अनुशासन गहना हो । अनुशासन पालना गर्ने विद्यार्थी असल हुन्छ । हामीले विद्यालयमा होस् वा घरमा अनुशासन पालना गर्नु पर्छ । जसले हामीलाई सफल बनाउन सहयोग गर्छ ।
मनसुनलाई यसरी बुझौँ
हामी सबैले मनसुन भन्ने शब्द त सुनेकै छौँ । यो शब्द अरबी भाषाको ‘मवसिम’ बाट आएको हो । सामान्यतया मनसुन आयो भन्नेबित्तिकै हामीले अब वर्षा लाग्यो, पानी पर्ने भयो भनेर बुझ्छौँ तर मनसुन भन्नाले पानी पार्ने मात्र नभई सुक्खा पनि पर्न सक्छ । मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बङ्गालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट प्रवेश गर्छ । दक्षिणपूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दा त्यसले वायुमण्डलको तल्लो भागमा अस
आर्थिक वर्ष भनेको के हो ?
भाइबहिनीलाई हाम्रो दैनिक जीवनका धेरै तिथिमिति १२ महिनाको आधारमा तय हुन्छन् । देश अनुसार वर्ष सुरु हुने र अन्त्य हुने महिना पनि फरक हुन सक्छ । विक्रम संवत्को पात्रो प्रयोग गर्ने नेपालमा वैशाखबाट वर्षको सुरुवात भएर चैतमा अन्त्य हुन्छ । इस्वी संवत्को पात्रो प्रयोग गर्ने धेरै देशमा जनवरीमा वर्षको सुरुवात भएर डिसेम्बरमा अन्त्य हुन्छ ।
मेरी सानी बहिनी (कविता)
मेरी सानी बाहिनी सबैभन्दा ज्ञानी । मेरोभन्दा राम्रो उसको आनीबानी ।। मुसुमुसु हाँस्छे । गीत गाउँदै नाच्छे ।।
कलम मेरो साथी (कविता)
साना साना हातले कलम समाउने, पढ्न लेख्न पाउँदा मन रमाउने । स्कुलमा साथीभाइ खेली हाँसेको,
मखन चोर कृष्ण (कविता)
बाँसुरीको धुनले सबलाई आनन्द दिलाउँछ । चकचक गरी गोकुलमा खुसियाली ल्याउँछ ।। राति हुँदा जन्मेकोले कृष्ण हुन्छ काले । उसको कथा सुनाउँदै भन्नुहुन्छ बाले ।।
कम्प्युटरको सुरक्षा कसरी गर्ने ?
भाइबहिनीहरू, अहिले पनि विद्यालयको कम्प्युटर ल्याब (कोठा) मा जाँदा जुत्ता खोल्नु पर्छ होला, हैन ? कम्प्युटर ल्याबमा जुत्ता लगाएर जाँदैमा के होला भन्ने मनमा लाग्न सक्ला । कम्प्युटर ल्याबमा जुत्ता लगाएर गयौँ भने जुत्तासँगै धुलो र अन्य फोहोर प्रवेश गर्न सक्छन् । कम्प्युटर ल्याबभित्र फोहोर जान नपाओस् भनेर बाहिर जुत्ता खोल्ने गरिएको हो । कम्प्युटर ल्याबमा जुत्ता लगाएर गयो भने भाइरस सर्छ भन्ने कुरा सरासर गलत हो । त्यसैले कम्प्युटर ल्याबमा धुलो नहोस् भनेर
नारायणहिटी दरबार सङ्ग्रहालय पुग्दा
काठमाडौँमा धेरै वटा सङ्ग्रहालय छन् । तीमध्ये नारायणहिटी दरबार सङ्ग्रहालय पनि चर्चित छ । त्यहाँ दैनिक सयौँ मानिस अवलोकनका लागि पुग्ने गरेका छन् । हाम्रो विद्यालयले कक्षा ५ का विद्यार्थीलाई नारायणहिटी दरबार सङ्ग्रहालयमा लैजाने निर्णय ग¥यो । विद्यालयको निर्णयबाट हामी खुसी भयौँ । शैक्षिक भ्रमणका लागि भनेर गत २०८० साल मङ्सिर २८ गते नारायणहिटी दरबार सङ्ग्रहालयमा हामीलाई लगिएको थियो । शैक्षिक भ्रमणमा लैजाने दिन हामी सबै जना विद्यालयमा जम्मा भएका थियौँ । हाम्रो टोलीमा ३३ जना थियौँ ।
संसार देख्ने आशा (बालकथा)
“सर, तपाईं हाम्रो किताबको लेखक हो ?” एउटा बालकले मेरो हात समाएर सोधे । “किन सोध्नुभयो बाबु ? हो म लेखक त हुँ तर तपाईं कुन कक्षामा पढ्नु हुन्छ ?” उनले मेरो उत्तर दिएनन्, केबल आँखा झिमझिम पारिरहे । मैले नियालेर हेरेँ, उनी दृष्टिविहीन रहेछन् । मैले फेरि सोधेँ, “किन बाबु, के सोध्न मन छ, भन्नुहोस् न । म लेखक नै हुँ । मलाई जे सोधे पनि हुन्छ । म तपाईं जस्तै बालबालिकाका लागि लेख्ने लेखक हुँ ।” “मेरो साथीले भन्थ्यो लेखकहरूले मात्र हाम्रा कुरा बुझ्छन् । अरू कसैले हाम्रा कुरा बुझ्दैनन्” उनले आफ्नै लबजमा कुरा सुनाए । उनले एक वाक्य मात्र बोले तर उनको यस कुराले मलाई केही भावुक बनायो । म उनका छेउमा बसेँ । मसँग झोलामा केही दाना लिची थिएँ । उनलाई पनि दिएँ । मैले पनि खाएँ । हामी कुरा गर्न थाल्यौँ ।
गणितलाई सजिलो बनाउने उपाय
प्यारा भाइबहिनीहरू, तपाईंहरू आवश्यक परेको सामान किन्न पसल जाने गर्नुभएको छ होला, हैन त ? पक्कै पनि सामान किनेपछि तपाईंहरूले पसलेलाई पैसा दिनुहुन्छ । पसलेले सामानको मूल्य कटाएर बाँकी पैसा फिर्ता दिनु हुन्छ । तपाईंले फिर्ता आएको पैसा गन्ने गर्नुभएको छ कि छैन ? छ नि है ? यस्ता हिसाब गर्न तपाईंले कसरी सिक्नुभयो ? यी सबै कुरामा गणित प्रयोग भएका छन्, हैन त ? हो, गणित विषय हाम्रो जीवनमा सधैँ प्रयोग हुन्छ । यो व्यावहारिक विषय हो । गणितबिना हाम्रो दैनिकी चल्न पनि मुस्किल हुन्छ । त्यसैले गणित विषयलाई विद्यालय तहदेखि नै राखिएको छ । तपाईंलाई गणित विषय कस्तो लाग्छ ? तपाईं
विद्यालयको असल अभ्यास
विद्यार्थी जीवन निकै रमाइलो हुन्छ । पढाइको परिश्रम सँगसँगै खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गर्दा अझ कति रमाइलो हुन्छ है ? सबैलाई आफ्नो विद्यालय निकै सुन्दर लाग्छ । विद्यालयमा हुने गरेका सबै गतिविधि मन पर्छ । कास्कीको भुर्जुङखोलाको माछापुच्छ«े माध्यमिक विद्यालयका कक्षा १० का साथीहरूसँग भेट भयो । उहाँहरू फरक फरक सेक्सनका भए पनि सँगै बसेर विद्यालयका बारेमा कुराकानी गर्ने अवसर मिल्यो । पुस्तकालयमा बसेर रमाइला कुराकानी ग¥यौँ । साथीहरूले सुनाउनुभएका कुरा मोबाइल फोनमा रेकर्ड गरेँ । विद्यालयका असल अभ्यासका बारेमा सबैले
चिटिक्क कक्षाकोठा
मुनाको अघिल्लो अङ्कमा ‘मैले देखेको कक्षाकोठा’ भन्ने लेख प्रकाशित भएको थियो । दार्चुलाको नौगाड गाउँपालिका–५ स्थित नौगडेश्वरी आधारभूत विद्यालयको लेख थियो । कक्षाकोठामा फोहोरको डङ्गुर थियो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई एउटै कक्षामा राखिएको थियो । शिक्षकहरू पढाउनुको सट्टा गफ गरेर बस्नुभएको थियो । मुनामा लेख छापिएको थाहा पाएपछि विद्यालयका प्रधानाध्यापक चन्द्रराम टमटाले केही फोटो ह्वाट्स एपमा पठाउनुभयो । गत वैशाख २३ गते हामी
डोपिङ एक अभिशाप
खेल क्षेत्रमा आधुनिक डोपिङ अवास्तविक कृत्रिम प्रतिस्पर्धाको पर्याय बन्दै गएको देखिन्छ । यो नतिजामूलकसमेत बन्ने गरेको छ, तथापि कतिपय खेलाडीले पछि जाँचबाट लज्जित हुने र कारबाहीमा समेत परेका छन् । सत्य कुरा के हो भने यसका कारणले असल र प्रतिभाशाली खेलाडीले अर्को खेलाडीसँग होइन डोपिङसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ । यसैले डोपिङ खेल क्षेत्रका लागि एउटा अभिशाप र ठूलो सङ्कट हो । त्यसमाथि विज्ञानले डोपिङलाई अभेद बनाउँदै लगेको छ ।
ओलम्पिकमा प्रविधिको प्रयोग
अन्तर्राष्ट्रिय खेलको महामञ्च सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक नजिकिँदै गर्दा खेलाडीहरू मात्र नभई प्रत्येक पटक दर्शकलाई प्रविधिका नयाँ आविष्कारले ध्यान आकर्षित गर्ने गरेका छन् । ओलम्पिक खेलमा खेलाडीको कार्यकुशलता प्रदर्शन मात्र नभई नतिजाको शुद्धता र दर्शकको अनुभवलाई समेत प्रविधिले अझ यादगार र रोमाञ्चक बनाउँदै आएको छ । अहिले विश्व पेरिस– २०२४ ओलम्पिकको तयारी गर्दै छ ।
नेपालको सहभागिता
प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिकमा सन् १९६४ देखि नेपालले सहभागिता जनाउँदै आएको छ । अहिलेसम्म भाग लिएका हरेक ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित छ । ओलम्पिकमा नेपालले अहिलेसम्म पदक जितेको छैन । यस पटक पेरिस ओलम्पिकमा पनि नेपालले सहभागिता जनाउने छ । नेपालले प्रथम पटक सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजना गरिएको १८ औँ ओलम्पिकमा सहभागिता जनाएको थियो । सो ऐतिहासिक सहभागितामा छ जना खेलाडीले दुई खेलमा प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा नेपालका भूपेन्द्रबहादुर केसी र ग
आधुनिक ओलम्पिकको पूर्ववर्ती मच वेनलक खेल
प्राचीन ओलम्पिक खेल मुख्यतया शासक वर्गको युद्ध समाप्तपछिको उत्सव र युद्धको तयारीका सन्दर्भमा हुन्थ्यो । रोमनहरूले बन्द गरिदिएको ओलम्पिकको आधुनिक यात्रा एकै दिनको प्रयासले सम्भव भएको थिएन । यसमा शृङ्खलाबद्ध घटनाक्रम र अनेक व्यक्तिको योगदान रहेको छ । ग्रिसमा प्राचीन ओलम्पिकको जन्म भयो तर ओलम्पिकको आधुनिक यात्रा सुरु गर्नमा युरोपको मुख्य योगदान रहेको छ । विशेष गरी फ्रान्स र इङ्ग्ल्यान्डमा भएका खेल गतिविधिले ओलम्पिकलाई पुनर्जीवित गराएका हुन् । फ्रान्सका पियरे डी कुबर्टिनलाई आधुनिक ओलम्पिकको जन्मदाता मानिएको छ तर उनको एकल प्रयासले मात्र यो सम्भव भएको
विश्वभरि मनाइने ओलम्पिक डे
फ्रान्स सरकारले विश्व सभ्यताको शारीरिक एवं सांस्कृतिक पक्षमाथि विस्तृत अध्ययन गरेर एक प्रतिवेदन पेस गर्न फ्रान्सका उद्योगपति, खेलकुदप्रेमी, भद्र व्यक्ति पियरे डी कुबर्टिन (सन् १८६३–१९३७) लाई मनोनयन गरेको थियो । सन् १८८९ मा पियरे डी कुबर्टिनको अध्ययन प्रतिवेदनले खेलकुद–राष्ट्र–खेलकुदको गरिमालाई धेरै महत्व दियो । त्यसपछि उनले पेरिसको सरबोनेमा आधुनिक शैलीमा प्राचीन ओलम्पिकलाई पुनर्जीवित गर्नु पर्छ भन्दै सन् १८९२ नोभेम्बर २५ मा एक ‘लेक्चर’ दिए । उनका कुरामा उपस्थित सबैले ताली बजाएर समर्थन गरे ।
म्युनिख काण्डका प्रत्यक्षदर्शी
जितबहादुर केसीलाई नेपालको एथलेटिक्स क्षेत्रमा कहिल्यै बिर्सन सकिँदैन । उनले ट्र्याक एन्ड फिल्डमा नेपालका लागि सर्वाधिक ठूलो पदक जितेका छन् । सन् १९७३ मा मनिलामा सम्पन्न एसियन ट्र्याक एन्ड फिल्ड इभेन्ट्समा उनले तेस्रो स्थान प्राप्त गरेका थिए । एसियालीस्तरमा प्राप्त गरेको यो उपलब्धि हालसम्म कसैले पनि तोड्न सकेको छैन । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा म्याराथन दौड पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् । अझ योभन्दा पनि सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित २० औँ ओलम्पिकमा म्याराथन जित्ने धावकका रूपमा उनलाई हेरिएको थियो । यसबारे अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले समाचार नै प्रकाशित ग¥यो तर दुर्भाग्य म्युनिख ओलम्पिकमा भएको दुःखदायी घटना र शारीरिक अवस्थाले उनलाई यो लक्ष्यमा पुग्न दिएन ।
स्पिज, कोमानेसी र फेल्प्स
आधुनिक ओलम्पिकको इतिहासमा हजारौँ खेलाडीले प्रतिस्पर्धा गरेर आफूलाई ओलम्पियन भनाउने सौभाग्य पाएका छन् । यीमध्ये केही खेलाडीको अहिले पनि सम्झना गरिन्छ । यिनीहरूलाई ओलम्पिकका महान् खेलाडीका रूपमा लिइन्छ । जसमध्ये अमेरिकाका पौडी खेलाडीद्वय माइकल फेल्प्स, मार्क स्पिज र रोमानियाकी जिम्न्यास्ट नादिया कोमानेसी पनि हुन् ।
पेशेवर बनेको ओलम्पिक !
पियरे डी कुबर्टिनले आधुनिक ओलम्पिकको जग बसाल्ने बेलामा अहिलेको जस्तो प्रतियोगिताको कल्पना गरेका थिएनन् । उनले यस्तो ओलम्पिकको परिकल्पना गरेका थिए जहाँ युवाले आर्थिक लाभको आशाबिना खेल भावनाले ओतप्रोत भएर आपसमा प्रतिस्पर्धा गरून्, जहाँ कुनै किसिमको छलकपट नहोस्, प्राकृतिक क्षमता र सामथ्र्यको मूल्याङ्कन होस् । कुबर्टिनको यस्तो परिकल्पनालाई धेरथोर आत्मसात् गर्दै ओलम्पिक अभियानले १३० वर्ष पार गरेको छ ।
ओलम्पिक यात्रामा वैकुण्ठको सकस
नेपालका म्याराथन धावक वैकुण्ठ मानन्धरको पहिलो ओलम्पिक यात्रा कुनै चलचित्रको कथाभन्दा कम छैन । सन् १९७६ क्यानडाको मोन्ट्रियलमा आयोजना भएको ओलम्पिकमा भाग लिन उनी एक्लै नेपालबाट उडेका थिए । त्यतिबेला भएको के थियो भने ओलम्पिकमा वैकुण्ठ र जितबहादुर केसीलाई पठाउने निधो भयो तर पछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बजेट अभाव देखाउँदै वैकुण्ठलाई मात्र ओलम्पिकमा भाग लिन पठायो । किनभने वैकुण्ठले छनोट खेलमा सन् १९७२ को म्युनिख ओलम्पिकमा भाग लिएका जितबहादुरलाई पहिलो पल्ट उछिनेका थिए ।