सलिना महर्जनलाई मिस नेवा:को उपाधि
काठमाडौं, वैशाख १९ गते । १६ औँ संस्करणको मिस नेवा : को उपाधि काठमाडौं चःमतीकी सलिना महर्जनले जित्नुभएको छ । 'नेप्लिज फेसन होम'द्वारा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उहाँले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जित्नुभएको हो ।सलिनालाई उपाधिसँगै एक लाख नगद र 'नेपाल क्योकुसिन सेइसिन काइकान कराँते'को सद्भावना दूत पनि नियुक्त गरिएको छ । उहाँलाई गत वर्षकी मिस नेवाः कृषा महर्जनले ताज पहिराइदिनुभएको हो । यस्तै, ठमेलकी सबिना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिना प्रजापतिले सेकेन्ड रनरअपकाे उपाधि जित्नुभएकाे छ । रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा पूर्व उद्योगमन्त्री रविभक्त श्रेष्ठ अतिथिको रूपमा सहभागी हुनुहुन्थ्याे । प्रतियोगितामा मुख्य निर्णायकको रुपमा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ र नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे हुनुहुन्थ्यो ।
कुशल पाइलटको कथा रनवे ३४
बलिउड अभिनेता अजय देवगनले फेरि एक पटक चलचित्र ‘रनवे ३४’ बाट आफ्नो निर्देशकीय क्षमता देखाएका छन् । चलचित्रको कथा सन् २०१५ मा दोहाबाट कोचिन आउँदै गरेको जेट एयरवेजको विमानसँग भएको सत्य घटनामा आधारित छ । एउटा पाइलटले खराब मौसम हुँदाहुँदै पनि कसरी जोखिम उठाएर यात्रुहरूको बचाव गर्छन् भन्ने कुरा चलचित्रमा देखाइएको छ ।
ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत
काठमाडौं, वैशाख १८ गते । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाममा रहेको ७.२७ करोड (भारु) बराबरको सम्पत्ति जफत गरिएको छ । यो सम्पत्तिमध्ये ५.७१ करोड (भारु) सुकेश चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिएकोसमेत बताइएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको हो ।यस्तै, चन्द्रशेखरले ज्याकलिनलाई एक लाख ७३ हजार अमेरिकी डलरदेखि २७ हजार डलरसम्म रकम दिएको बताइएको छ । यसअघि पनि सुकेशले बयानमा ज्याकलिनलाई गुसी च्यानलमार्फत १५ जोडी इयररिङ, मूल्यवान ब्याग र अन्य विलासी सामग्री उपहार दिएका थिए । साथै, सात करोड बराबरको गहना र अन्य उपहार पनि दिएको सुकेशले बताएकाे भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।
कंगना रनौतको 'धाकड'
काठमाडौं, वैशाख १७ गते । बलिउड अभिनेत्री कंगना रनौत अभिनित फिल्म 'धाकड'को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कंगनाको एक्सनसँगै अर्जुन रामपाल र दिव्या दत्तालाई पनि देख्न सकिन्छ ।रजनीश राजी घईले निर्देशन गर्नुभएको 'धाकड' आगामी मे २० मा रिलिज हुने भएको छ । यस्तै, फिल्म हिन्दीका साथै तेलुगू, तमिल र मलायलम भाषामा पनि रिलिज गरिने बताइएको छ ।'धाकड' मा रितेश शाहको लेखन र फिल्मका निर्माता दीपक मुकुट र सोहेल मक्लै हुनुहुन्छ ।
विश्व नृत्य दिवस : नृत्य विधा सृष्टिकै सुन्दर उपहार
नृत्य एक कला हो, जसले लयबद्ध वा सङ्गीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस वर्ष अप्रिल महिनाको २९ तारिखमा संसारभर नृत्यसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
सौगात र दीयाको 'मन्त्र' प्रदर्शनमा
काठमाडौं, वैशाख १६ गते । आजबाट नयाँ नेपाली फिल्म 'मन्त्र' प्रदर्शनमा आएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित फिल्मले ट्रेलरबाट नै राम्रो प्रतिक्रिया पाएको थियो । 'मन्त्र'सँगै बलिउड फिल्म 'हिरोपन्ती २' र 'रनवे ३४' पनि आजबाट प्रदर्शनमा आएको हो ।खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको यो फिल्म मनास्लु हिमालको फेदमा खिचिएको छ । सुरेश कार्की, रवि राज कार्की र सुभा श्रेष्ठले निर्माण गर्नुभएको फिल्ममा बुद्धि तामाङ, नमिता तामाङ, वीरबहादुर लामा र पासाङ छिरिङ शेर्पाको यसमा अभिनय छ ।यस्तै, फिल्ममा परिछेद सेनको कथा, सञ्जय लामाको छायाङ्कन र मित्र डी गुरुङकाे सम्पादन छ ।
साउनमा आँधी तुफान २
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १६ गते । चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र साउनमा प्रदर्शनमा आउने भएको छ भने चलचित्रको पोस्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ । लेडिज एक्सन चलचित्रले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनुभयो । २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गर्दै हुनुहुन्छ ।ओम साई भक्त मुभी प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा रवि गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बीसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रूपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय छ ।चलचित्रमा निर्देशक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायाङ्कन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको सङ्गीत, हरि उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बूको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।
दुई दिन बिदाले हलमा दर्शक बढ्ने विश्वास
सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले चलचित्र क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीले धरापमा परेको चलचित्र क्षेत्र दुई दिन बिदा दिने निर्णयले चलचित्रकर्मी खुसी भएका छन् । निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले लामो समयदेखिको आफूहरूको माग पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । “चलचित्र हेर्ने समय भनेको बिदाको दिनमा हो । हप्तामा एक दिन बिदामा मानिसले के मात्र गरोस् तर दुई दिन बिदा भएपछि एक दिन त मनोरञ्जनलाई छुट्याउँछ । चलचित्र हेर्न समय प्राप्त होस् भनेर चलचित्र प्रदर्शनी कुनै बिदा वा पर्वलाई लक्षित गर्ने गर्छौं । निर्णय स्वागतयोग्य छ,” अधिकारी थप्नुभयो, “पटक–पटक सरकारलाई दबाब दिएका थियौँ ।”
'अवतार : द वे अफ वाटर' काे प्रदर्शन मिति सार्वजनिक
काठमाडौं, वैशाख १५ गते । हलिउडको चर्चित फिल्म 'अवतार'को दोस्रो भागको प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता जेम्स क्यामरुनले सिनेमा कन्भेन्सनको मञ्चमा उक्त घोषणा गर्नुभएको हो ।योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ । 'अवतार'को दोस्रो भाग अर्थात् सिक्वेलको आधिकारिक शीर्षक 'अवतारः द वे अफ वाटर' राखिएको छ । फिल्म १६ डिसेम्बरमा विश्वभरका सिनेमाघरमा रिलिज हुँदैछ । रिलिज मितिसँगै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको हाे ।फिल्ममा केट विन्सलेट, साम वर्थिंगटन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिसी, मिशेल येओह, जर्मेन क्लेमेन्ट, उना च्याप्लिन र थप कलाकारहरूको अभिनय रहेको छ । 'अवतार २' को बजेट २५० मिलियन अमेरिकी डलर (३० अर्ब २५ करोड रुपियाँ) रहेको छ । यस्तै, फिल्म विश्वका १६० भाषामा रिलिज हुने बताइएको छ ।