परिवर्तनको संवाहक जितिया पर्व
सन्तती स्नेह एवम् उत्सर्गको पवित्र पर्व जीतिया सुरु भएको छ । मधेश तराईका आमाहरुले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घन्टाभन्दा बढी समय निराहार व्रत बसेर यो पर्व मनाउने परम्परा छ ।
आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै
आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् ।
टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
मिथिलाञ्चलमा जितिया पर्वको रौनक
वित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आज (शुक्रबार)देखि धार्मिक विधिअनुसार सुरु भएको छ ।
राष्ट्रपति भण्डारीद्वारा कुमारीको हातबाट टीका ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ हनुमान ढोकास्थित कुमारी घरमा गई कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।
जहाँ छ्याङ खान महिलाको भीड लाग्छ
आज इन्द्रजात्राको अन्तिम दिन 'नानीचा : या' जात्रा गरेर महिलाहरू रथ तान्ने चलन छ। संयोजक छोरी डंगोलका अनुसार विगत नौ वर्षदेखि इन्द्रजात्राको आठौं दिन अर्थात् अन्तिम दिन महिलाले रथ तान्ने चलन सुरु भएको हो।
हराउन लाग्यो सम्बन्ध जोड्ने ‘मित’ प्रचलन
म्याग्दीको राजनीतिक माहौलमा भीमप्रसाद गौचन र पदमबहादुर आचार्यबीच दुस्मनी थियो । पदमबहादुर पण्डित कृष्णप्रसाद आचार्यका दाजु हुनुहुन्थ्यो । कृष्णप्रसाद र पदमबहादुरका दुई आमा हुनुहुन्थ्यो । कृष्णप्रसादलाई प्रधानपञ्चको चुनावी मैदानमा पदमबहादुरकै बिरुद्ध उठाएर भीमप्रसादले हराइदिनुभयो । कृष्णप्रसादले भीमप्रसाद गौचनका भाइ जगतप्रसाद गौचनसँग पदमबहादुरको मित लाइदिएपछि उहाँहरुबीच मित्रता गाधा भयो ।
इन्द्र खोज्न निस्किएको ऐरावत हात्ती, 'वल वल पुलुकिसी ...'
लाः छकु वय्क सम्य बजि, वल वल पुलुकिसी...इन्द्रजात्रा सुरु भएसँगै काठमाडौंका टोल र गल्लीमा यही स्वर गुन्जिन्छ। जब बाटो मा ’पुलुकिसि’ निकालिन्छ उनको पछाडि केटाहरुले ‘लाःछकु वय्क समयबजि वल वल पुलुकिसि...’ भनेर गाउँने गर्छन्।।
लोप हुँदै थकाई मेटाउने चौतारी
थाकेको बेला, गर्मीले उकुसमुकुस हुँदा एकै छिन मात्रै टुसुक्क चौतारीमा बस्ने हो भने थकान मेटाउन सकिन्छ । तनहुँमा थकाई भुलाउनको लागि पूर्खाले बनाएको चौतारी मासिँदै जान थालकोे छ ।