वर्षाले नारायणघाट–बुटबलको दाउन्ने सडकखण्ड ठप्प
शुक्रबार दिउँसोदेखि परेको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलको दाउन्ने सडकखण्ड ठप्प भएको छ। लगातारको वर्षाका कारण सडक अत्यधिक चिप्लो र हिलाम्य बनेपछि उक्त खण्ड शुक्रबारदेखि नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।
अवरुद्ध बीपी राजमार्ग पुनः सुचारु
वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग शनिबार बिहान सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिहान साढे ३ बजे अवरुद्ध बनेको राजमार्ग बिहान ९ः३० बजेदेखि सुचारु भएको हो।
इद–उल–फित्रले सद्भाव र एकता बढाउँछः प्रधानमन्त्री
प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले इद–उल–फित्रको अवसरमा नेपालीबिच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याओस् भन्ने कामना गर्नुभएको छ ।
ईदले एकता र सद्भाव बढाओस् : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’ भनी कामना गर्नु भएको छ ।
आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।
आइतबारसम्म हावाहुरीसहित वर्षा हुने पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार पनि मेघगर्जन चट्याङ्ग र असिनासहित हावाहुरी हुने पूर्वानुमान गरेको छ ।
लेकाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
कालीकोटको पहाडी क्षेत्रमा हिमपात हुन थालेपछि चिसो बढेको छ । डाँडामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।
पहिरोले कान्ति लोकपथ अवरुद्ध
हावाहुरीसहित परेको वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।
शनिवार इदको सार्वजनिक बिदा
सरकारले ईस्लाम धर्मावलम्बीको पर्व ईद (ईद्–उल–फित्र) का अवसरमा चैत ७ गते शनिवार सार्वजनिक बिदा दिएको छ ।
'क्षमता र पारदर्शिताका आधारमा न्यायाधीश नियुक्ति हुनुपर्छ'
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभएको छ ।
बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ
सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
कांग्रेस बैठक सुरु, सभापति थापा अनुपस्थित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक सुरु भएको हो।
सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान र संकलित प्रमाणको प्रतिकूल बकपत्र गरेको अभियोगमा सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
हावाहुरीको पूर्वानुमानपछि डुडुवाका विद्यालयमा शुक्रबार सार्वजनिक बिदा
बाँकेको डुडुवा गाउँपालिकाले हावाहुरी र आँधीबेहरीको पूर्वानुमानका कारण शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा विदा दिएको छ।
आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
निर्वाचन खर्च तीन अर्ब ५४ करोड २८ लाख
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा उच्च मितव्ययिता र वित्तीय अनुशासन कायम गर्दै अर्बौँ रुपैयाँ बचत गर्न सफल भएको छ।
ढकारी गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु
कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ ।
लमजुङमा एसइईका तीनवटा केन्द्र घटाएर १३ वटा कायम
चैतको १९ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि लमजुङका १३ वटा विद्यालयमा परीक्षा केन्द्र कायम भएको छ ।
प्रधानमन्त्री कार्की जुम्लामा
प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणमा आउनु जुम्ला भएको छ । उहाँ बिहानै काठमाडौंबाट मुगुको राराताल भ्रमण सकेर अहिले मुगुबाट जुम्ला पुग्नु भएको हो ।
गुडिरहेको बसबाट खसेर विद्यार्थीको मृत्यु
उदयपुरको बेलका नगरपालिका वडा ४ हरीपुर शिसवारीस्थित भित्रि सडक खण्डमा गुडिरहेकाे बसबाट खसेर एक विद्यार्थीकाेको मृत्यु भएको छ ।