एमाले अध्यक्ष ओलीलाई पितृ शोक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि
सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।
निर्वाचन आयोग समानुपातिकले सिट सङ्ख्या टुङ्गो लाग्यो, कुन दललाई कति सिट ?
निर्वाचन आयोगले समानुपातिकतर्फकाे मत परिणाम सार्वजनिक गरेकाे छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फकाे एक सय १० सिटकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
एमाले केन्द्रीय सदस्य थापाको निधन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।
कम्बोडियामा अलपत्र १६ नेपालीको उद्धार, स्वदेश फिर्ता
मानव तस्करको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ।
जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
स्कार्पिओको ठक्करबाट एकको मृत्यु, एक घाइते
सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो ।
साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध
साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचाररनिर्देशनरसूचना बमोजिम सजग रहन अनुरोध गरेको छ ।
मध्यपूर्वमा रहेका पाँच हजार नेपालीले गराए असुरक्षित रहेको जानकारी
मध्यपूर्वमा बढ्दो तनावका बिच पाँच हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सिरहामा बार एसोसिएसन कार्यालयमा बम विष्फोट
सिरहा जिल्ला सदरमुकामस्थित जिल्ला अदालत बार एसोसिएसनको कार्यालय रहेको भवनमा बम विष्फोट भएको छ । विष्फोटमा परेर एक जना सहयोगी घाइते भएका छन्।
समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ ।
सकियो समानुपातिकतर्फको मतगणना
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।
दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।