राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ ।
देसीखोला जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
चङ्खेली गाउँपालिका– ४ को देसीखोलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा घाइते दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो ।
अझै खुलेन मेची राजमार्ग
गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।
झापामा बाढीको कहर : चार करोड बराबरको क्षति
अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन् ।
विद्युत् सर्ट भई आगलागी, घर जलेर नष्ट
पूर्वी मकवानपुरको बकैयामा विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ । बकैया गाउँपालिका –५ श्रीपुरमा शनिवार साँझ ६ बजेर २० मिनेटको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय शेरटाव घिसिङको घर जलेर नष्ट भएको हो ।
राष्ट्रपति पौडेल अस्पताल भर्ना
राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा. रत्नमणि गजुरेलले जानकारी दिनुभयो।
बस र स्कुटर ठोक्किँदा एकको मृत्यु, एक घाइते
तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित पृथ्वीराजमार्गमा शनिबार दिउँसो बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्को एकजना गम्भीर घाइते भएका छन् ।
सूचना नदिएपछि गाउँपालिकामा तालाबन्दी
सूचना माग गर्दा नदिएपछि युवाहरूको समूहले गाउँपालिकामा तालाबन्दी गरेको छ । जिल्लाको सूर्नया गाउँपालिकाका युवाहरूले गत जेठ महिनामै सूचनाको हक प्रयोग गरी दुई पटक निवेदन दिँदा पनि सूचना नदिएको भन्दै तालाबन्दी गरेको बताएका छन् ।
ढिस्कोमा च्यापिएर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते
छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए ।
डोटीमा इभी हाइस दुर्घटना : एकको मृत्यु, १८ घाइते
डोटीको जोरायलमा इभी हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
घोडाघोडीमा घाँटी रेटी हत्या, टाउको लिएर प्रहरीमा पुगे हत्यामा संलग्न
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरैमा गए राती एकजनाको घाँटी रेटी हत्या गरिएको छ ।
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ ।अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य सुरु हुनेछ ।
बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग शनिबारदेखि खुलाइएको छ ।
 
                                     
                                             
                                             
                                             
                                             
                                            -original-thumb.jpg) 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            